विश्व नेपाली छापा संस्करण
 

तपाई पढ्दै हुनुहुन्छ : रिपोर्ट

पूर्वी सीमा अवलोकन प्रतिवेदन

  • सन्तबहादुर नेपाली सभासद् तथा सदस्य अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समिित

मिति ः २०६६ माघ १० गते
माननीय सभापतिज्यू
व्यवस्थापिका संसद
अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समिित
विषय ः पूर्वी सीमा अवलोकन प्रतिवेदन ।
अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिको तर्फबाट नेपालको दक्षिण पूर्वी सीमानाको अध्ययनका लागि माननीय रामप्रीत पासवास संयोजक रहेको १० सदस्यीय टोलीमा सहभागि भई ०६६ पौष १० गतेदेखि १९ गतेसम्म गरेको स्थलगत अध्ययन भ्रमणको प्रतिवेदन प्रस्तुत गर्दछु ।
परासीमा अन्तरकि्रया ः
मिति ०६६÷९÷१० गते नवलपरासीको सदरमुकाम परासीमा अन्तरकि्रयात्मक कार्यक्रम भयो । कार्यक्रममा स्थानीय राजनीतिक दल तथा समाजसेवी नागरिक समाज बुद्धिजीवी पत्रकार कर्मचारी प्रहरी अधीकृतलगायत स्थानीय जनताको उपस्थिति रहेको थियो । परासीमा माननीय पदमलाल विश्वकर्माको नेतृत्वमा पश्चिमी सीमाना अध्ययनमा जाने टोली तथा मा। रामप्रीत पासवानको नेतृत्व रहेको पूर्वी सीमाना अध्ययनमा जाने टोलीले संयुक्तरुपमा सुस्ताको अध्ययन गर्न जाने क्रममा संयुक्तरुपमा त्यहाँ पुगेको थियो । सो कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठ र पुण्यप्रसाद ओलीले सुस्ताको विषयमा ऐतिहासिक अवस्थाको जानकारी दिनुभएको थियो । अन्तरकि्रयामा वक्ताहरुले सुस्तामाथि भारतीय अतिक्रमणका विषयमा विभिन्न कोणबाट चर्चा गरे । सुस्ताको दुईवटा समस्या देखियो ः १ सुस्तामाथि भारतीय अतिक्रमणको समस्या २ सुस्तावासीहरुको समस्या ।
मिति ०६६÷९÷९÷११ मा संयुक्त टोली सुस्ता जाने क्रममा बाटोमा पर्ने कुडिया गाविस वार्ड नं। ३ सिखुवनवा भन्ने गाउँमा एमालेका तर्फबाट संविधानसभा उम्मेदवार रहेका रामलखन हरिजनद्वारा आयोजना गरिएको चियापान कार्यक्रममा उपस्थित भयौँ । चियापानपछि त्रिवेणी पुगेर खानाखाने क्रममा त्यहाँका जनतासित भेटघाट भयो । सो भेटघाटको सिलसिलामा सुस्ताबाट विस्थापित भई त्रिवेणी वार्ड नं। ८ मा वसोवास गरिरहेका वृद्ध बुद्धिसागर उपाध्याय पत्रकार प्रेम चन्द रौनियार वृजकुमार कुशवाहसँग कुराकानी भयो । कुराकानीको दौरानमा आएका तथ्यहरु यसप्रकार छन् ः
१। २०२१ सालदेखि सुस्तामा बसोवास सुरु भयो ।
२। २०२५ सालमा सुस्ता गाविस बन्यो ।
३। २०२९ सालमा नाप नक्सा भयो । २०३३ सालमा लालपुर्जा वितरण भयो । त्यतिबेला २५४ जनाले लालपुर्जा प्राप्त गरे ।
४। २०३५ सालमा बाढी आयो र त्यहाँ बस्न नसक्ने स्थिति आएपछि लुम्बिनी अाचल क्षेत्रीय वसोवास आयोगले त्रिवेणी गाविसको वार्ड नं। २ ७ र ८ मा एकदेखि डेढ विघा जमीन वितरण गरी २५४ परिवारलाई वसोवास गरायो ।
५। २०५ जनासँग अहिले पनि सुस्ताको लालपुर्जा छ ।
६। नदीले छोडेको खेतीयोग्य जमीनमा जान खोज्दा प्रशासनले जान रोकेको छ । जुन जमीन अहिले त्रिवेणीमा सरकारले उपलब्ध गराएको छ त्यो जमीन सुस्ताको आफ्नो जमीन खेतीयोग्य भएपछि फिर्ता गर्नेछौँ भनी सरकारले कबुलियतनामा गराएको छ ।
७। अहिलेसम्म त्रिवेणीमा करिब ५०० परिवार आइसकेका छन् । तर त्यहाँबाट एकजना पनि फर्केका छैनन् ।
८। ०४० साल पछि सुस्तालाई नदीले छाडेको छ । हामी त्यहाँ जान पाउनुपर्छ । हामीलाई जान नदिए पनि कुनै पनि नेपाली त्यहाँ बस्न पाउनुपर्छ । अहिले त्यहाँ १० प्रतिशत नेपाली छन् । ९० प्रतिशत भारतीय छन् । तीमध्ये २५ प्रतिशत अपराधी तत्व छन् । मोस्ट वान्टेडको सूचीमा परेका मुन्ना खाँ पनि त्यही छ तर उ सुस्ता बचाउ अभियानमा लागेको छ । मुन्ना खाँका कारणले भारतीय प्रहरीले बेलाबेलामा नेपाली भूभागमा आएर जनतालाई सास्ती दिने गर्छ ।
९। नागरिकता वितरण गर्दा धेरै भारतीयहरुले नेपाली नागरिकता पाए ।
सुस्ताको स्थलगत अध्ययन ः
त्रिवेणीबाट सुस्ता जानका लागि हामी भैसालोटन बाँध हुँदै भारतीय भुमिबाट सुस्तामा प्रवेश गर् यौँ । सुस्ताको प्रहरी चौकी प्राङ्गणमा सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँ लगायत रोज महमद खाँ लैला बेगम लगायतले त्यहाँ आफ्नो विचार राखे । अन्तरकि्रयामा प्राप्त तथ्यहरु यसप्रकार छन् ः
१। सुगौली सन्धिको बेला सीमा रहुवा घोलासम्म थियो तर पछि भारतले मिच्दै आयो ।
२। सुस्ता गाविसका ७ वटा वार्ड भारतले मिचिसकेको छ । दुईवटा वार्डमात्र बाँकी छ । सुस्ता अहिले त्रिवेणी गाविसअन्तर्गत पारिएको छ ।
३। ढोङ सोतासम्म वस्ति थियो । ढोङ सोतासम्मको जमीनको लालपुर्जा छ । ढोङसोता नारायणीले पुरिदियो ।
४। दुलहनीयाँ खोलामा कलबट राख्नका लागि सरकारबाट एक लाख चालिस हजार प्राप्त भएको थियो । कलवट राख्न लाग्दा भारतीय एसएसवीले रोक्यो ।
५। ०६३ सालमा भारतीय पक्षसित सीमाको विषयमा मौखिक सहमति भएको थियो । त्यसपछि पनि साढे चार हजार हेक्टर भुमि अतिक्रमण भयो ।
६। सुस्तामा नेपाल सरकारको उपस्थिति छैन । केही समयअगाडि प्रहरी चौकी राखिएको छ । तर प्रहरीलाई बस्ने खाने सुविधा छैन । विद्यालयको नाममा एउटा विदेशी सहयोगमा जनता दलित प्रा।वि। मात्र छ । खानेपानी तथा विद्युतको व्यवस्था छैन । बिरामी हुँदा उपचार गर्ने ठाउँ छैन ।
७। पटक-पटक काठमाडौँ डेलिगेशन जान्छौँ तर सरकारले कुनै कारवाही गरेको छैन ।
८। भारतीय अधिकारीहरु हामीलाई भन्ने गर्छन् ूतिमीहरु चुप लाग हामी एक मिनटमा कब्जा गर्छौंू तर हामी सुस्ताका लागि मर्न तयार छौँ सुस्ता कब्जा गर्न दिदैनौँ भन्दै लड्दै आएका छौँ । सरकारले अझै पनि ध्यान नदिने हो भने ४÷५ वर्षमा सुस्ता समाप्त हुन्छ । कुनै विवाद रहँदैन ।
९। सुस्तामा करिब सैतीस सयको आवादी छ । सरकारले अन्यत्र बाढी पीडितका नाममा सहयोग गर्छ तर सुस्तावासीलाई कुनै सहयोग गर्दैन । सुस्ताको समस्या प्रति सरकारको ध्यान पुगेन ।
१०। सुस्तालाई छुट्टै गाविस बनाइदिनुपर् यो । विवाह मृत्यु र जन्मदर्ता गर्न नारायणी तरेर त्रिवेणी जानुपर्छ ।
११। यहाँका जनतालाई नागरिकता दिनुपर् यो ।
१२। पक्लिहवा गाविसतिरबाट ठोकर हानेर भारतले सुस्तापट्टी नदी कटान गर्न लागेको छ । यदी ठोकर राख्ने हो भने दुवै किनारामा राख्नुपर् यो ।
१३। पक्लिहवामा भारतले बाँध बनाउने योजना बनाएको बुझिएको छ ।
१४। सुस्ता चौकी इन्चार्ज अशोक श्रीवास्तवका अनुसार थारु टोलको उत्तरी भागपट्टी ०२९ सालमा लालपुर्जा प्राप्त गरेको साढे बाह्र विघा जमीन भारतको एसएसवीको आड लिएर भारतीयहरुले कब्जा गरे ।
१५। ०२२ सालदेखि भोगचलन गरेको नापी भई लालपुर्जा भएको आदम खाँको जग्गा अहिले अतिक्रमणमा परेको छ । २६ जनाको परिवार अहिले भुमिहीन छ ।
१६। कमल हरिजनको डेढ विघा अतिक्रमणमा परेको बताउँछन् । मुन्ना खाँको ६ विघा अन्य ९ परिवारको २८ विघा जमीन अतिक्रमणमा परेको व्यथा त्यहाँ जाहेर गरे ।
१७। सुस्ता बचाउने लडाईमा लड्दा-लड्दै रामानन्द हरिजन काठमाडौँमा जाडोका कारण सहिद भए । सरकारले सहिद घोषणा गरेन ।
१८। स्थानीय वासीअनुसार १४ हजार हेक्टर जमीन सुस्तामा अतिक्रमण भएको छ । अझै पनि ध्यान नदिने हो भने ४÷५ वर्षमा सबै सिद्धिन्छ ।
सुझाव ः
१ सुस्ताका जनतालाई विद्यालय बाटो बिजुली अस्पताल जस्ता आधारभूत कुराको परिपूर्ति तत्काल गर्नुपर्दछ ।
२ सीमा विवादलाई हल गर्न भारतसित कुटनैतिक पहल गर्नुपर्छ । विस्थापित नेपालीहरुलाई आफ्नो जग्गामा फिर्ता हुन चाहेमा फिर्ता जान दिनुपर्छ ।
३ त्यहाँको उत्पादित उखु तथा अन्य खाद्यान्नको विक्री वितरणको व्यवस्था मिलाइदिनुपर्छ । आवश्यक सामान उपलब्ध गराउनका लागि बजारको व्यवस्था मिलाउनुपर्छ ।
४ भारतीयहरुद्वारा अतिक्रमित जग्गा नेपालीहरुलाई फिर्ता गराइदिनुपर्दछ ।
५ नागरिकताको समस्या समाधान गर्नुपर्छ ।
६ नदी नियन्त्रणको व्यवस्था गर्नुपर्छ ।
ठोरीको स्थलगत अध्ययन ः
मिति ०६६÷९÷१२ गते ठोरीको अतिक्रमित सीमाको स्थलगत अध्ययन गर्न मा। रामप्रीत पासवानको नेतृत्व रहेको हाम्रो टोली त्यहाँ पुग्यो । ठोरीको सीमाना एउटा खोला छ । खोलापारी भीखना ठोरी भारतीय सीमा छ । त्यहाँ भारतीय एसएसवी क्याम्प छ । ठोरीमा स्थानीय सुरक्षाकर्मी सीमा सुरक्षा बल राजनीतिक दलका कार्यकर्ता लगायत सामान्य नागरिकहरुको सहयोगमा सीमा अध्ययन गर्दा निम्न तथ्यहरु अगाडि आयो ः
१। पिलर नं ८३ पुरानो नयाँ ४३४÷६ लेखिएको पिलर हेर्दा बा·ाे गरी गाडिएको छ । डम्बरबहादुर गाइन भन्छन् ूयो पिलर ५÷६ वर्ष अगाडिसम्म पुर्व पश्चिम भएर गाडिएको थियो । भारतीयहरुले भत्काएर मर्मत गरी बाँगो बनाएर ठड्याए । तपाईहरु अनुमति दिनुहुन्छ भने मैले यो भत्काएर भित्रको आधार तपाईहरुलाई देखाउन सक्छु ।ू यो पिलरको एङ्गल हेर्दा सीधै नेपालतर्फ अवस्थित डाँडोतर्फ दिशा सङ्केत गर्छ । त्यो डाँडोमा जोगी बस्थ्यो । जोगीको कुटी छ । भारतले त्यसलाई कालो पहाड भन्छ । एसएसबी त्यहाँ गएर रुखहरुमा सेतो पोत्यो र आफ्नो दावी गर्न थाल्यो । सीधा सीमानालाई त्रिकोणात्मक बनाएर उक्त पहाडसमेत बीचको भागलाई आफ्नो जमीन भएको दावी गर्न थाल्यो । सीधा सीमानालाई पहाडतिर लगेपछि छोडिएको बीचको भुमिलाई भारतले आफ्नो भनेर दावी गर्न थाल्यो । त्यहाँ नेपालीहरुले विद्युतका लागि गाडेका तीनवटा पोलहरु भारतले ढालेको रहेछ । ठोरीका जनता कालो पहाडमा पोतेको सेतो मेटाएर कालो पोतेर नेपालको हक कायम गरेका छन् । ठोरी-७ का निमा लामा भन्छन् ू१८ वर्षपहिले खोलाको बीचमा पिलर थियो । अहिले छैन हरायो ।ू खोलामा पीलर नभएपछि पश्चिम पट्टिको डाँडोमाथि भारतले दावी गरेको छ । त्यहाँ सीतापाइला गुफा छ । त्यहाँ पनि भारतीयहरु गएर सेतो लगाएछन् । ठोरीका जनता त्यहाँ पनि गएर सेतोमाथि कालो लगाएर आफ्नो भुमिमाथि हक कायम गरेका छन् ।
२। ४३५÷१ नं। पिलर निर्माण गर्न बाँकी रहेको र ४३६÷१ नं। पारी पश्चिमपट्टी रहेको नापी अधीकृत डिल्लीराम वास्तोलाले बताउँनुभयो ।
सुझाव ः
१ खोलाले बगाएका पिलर पुनस्र्थापना गर्नुपर्ने ।
२ बाँगो पिलरलाई मिलाएर सीधै पूर्व पश्चिम सीमाना मिलाउँनुपर्ने ।
३ निर्माण गर्ने भनिएका पिलर तत्काल निर्माण गर्नुपर्ने ।
४ सीमा सुरक्षा बल सीमानामा तैनाथ गर्नुपर्ने ।
५ कालापहाडको डाँडो र सीतापाइला गुफाको सुरक्षाको प्रबन्ध तत्काल गरिनुपर्ने ।
वीरगाज अहिरवा टोल स्थलगत अध्ययन ः
वीरगाज भन्सारमा पर्ने अहिरवा टोलको स्थलगत अध्ययन गर्दा सीमा स्तम्भहरुलाई बीचमा पारेर दुवैतर्फ कच्ची घरहरु बनेका छन् । त्यहाँ दुसाध मल्लाह अहिर सबै जातिका समुदायले घर बनाएका छन् । १० वटा घर नेपालतर्फ बनेका छन् । ती सबै भारतीय नागरिक हुन् । सबसीडरी पिलरहरु भाँचिएका छन् र जमीनसित बराबर पारिएका छन् । नेपालतर्फ रहेको मोहन साहनीको घरमा भारत सरकारले घर नम्बार लेखेको छ ः ज्यगकभ ल्य टण् साठी त्।टएछद्दरटज्ञद्दण्ढ
सिरसिया पुल सीमामा पर्दछ । त्यो पुलको तीन भाग नेपाल र एक भाग भारतमा पर्ने कुरा त्यहाँका नागरिक तथा प्रहरी जवानबाट जानकारीमा आयो तर भारतले नेपाल तर्फको पुलको छेउसम्म कब्जा गरेको छ । भारत सरकारका साइनबोर्डहरु लगाएको छ ।
वीरगाज जिविस हलमा अन्तरकि्रया ः
अन्तरकि्रयामा विभिन्न राजनीतिक दल साचारकर्मी नागरिक समाजका व्यक्तिहरुले प्रकट गरेका विचारहरु यसप्रकार छन् ।
१। भारतले ठोरीमा भारततिर जाने कुलोको पानी फोहरो हुन्छ भनेर बाटो नै रोक्यो ।
२। मिर्जापुरमा भारतीय एसएसवी प्रवेश गरेर नेपालीहरुलाई दुःख दियो ।
३। सिक्टामा नोमेन्स लैण्ड कब्जा गरेर भारतीयहरु बसेका छन् । ४०९ ४११ नं। पिलर मिचेका छन् ।
४। भारतले प्रतिदिन २÷३ सय ट्रेक्टर गिटी बालुवा भारततिर लैजान्छ । कुनै हिसाब छैन । हामी आफ्नैबाट लैजाने गरेका छौँ भनेर जवाफ दिन्छ ।
५। यो सबै ठाउँको स्थलगत अध्ययन गरेर जानुपर्छ ।
६। नेपाली सीमा सुरक्षा बललाई सीमासम्बन्धी नक्सा उपलब्ध नगराएको । तैपनि आफ्नै अध्ययनबाट सीमा सुरक्षा बलले सीमाको पीलरसहितको नक्सा तयार गरेको ।
७।भत्केका पिलर मर्मत गर्न एकपक्षीयरुपले नपाइने भएपछि सरकारले ज्वाइन्ट कमिटीलाई पुनः गठन गरी मर्मत गर्नुपर्ने सीमा सुरक्षा बलको राय रहेको छ ।
८।सीमा सुरक्षा बलले दिएको रिपोर्टअनुसार ठूला पिलर ४७ मझौला पिलर ६१ र साना पिलर १४६ रहेको ।
सुझाव ः
१ घर छाप्रा हटाई दश गजा क्षेत्र खाली गराउँनुपर्ने ।
२ सिरसिया पुलको वास्तविक सीमा निर्धारण गर्नुपर्ने ।
३ सीमा सुरक्षा बललाई सीमा नक्सा उपलब्ध गराई सीमाको सुरक्षालाई कडा पार्ने ।
गौर नगरपालिकानजिक निर्मित बाँधको स्थलगत अध्ययन ः
गौर नगरपालिकाबाट करिब दुई किलोमीटर पश्चिमपट्टि बग्ने बकैया नदीमा भारतले उठाएको बाँधको स्थलगत अध्ययन गर्दा निम्नलिखित तथ्यहरु प्राप्त भयो ः
१। करिब दुई कि।मी। लामो बाध भारतले बनाएको छ । आधा जति भाग सन् २००८ सालमा र आधा भाग सन् २००९ मा निर्माण गरेको पाइयो । बाँध निर्माणको क्रम पूरा भएको छैन चालु छ । बाँध दशजगा भित्र निर्माण भएको छ । पिलरहरुबाट दुईदेखि चार मीटरको दूरीमा बाँधको आधार देखिन्छ । बाँधलाई पिलर नं। ३४७ लाई पुरेर अगाडि विस्तार गर्ने लक्ष्यसाथ काम गरेको देखियो । सीमा सुरक्षा बलका इन्सपेक्टर चङ्गबहादुर तामाङले निर्माण कार्य रोक्न दवाव दिएपछि हाललाई रोकिएको छ । बाँधमा एउटा अग्लो हनुमान मन्दिर पुरिन लागेको र माथिल्लो भागमात्र देखिएको छ । पिलरदेखि २० मिटरको दूरीसम्म बाँध उठाउँदै आएको छ । ३४७ नं। को पिलर त्यसरी नै निर्माण गर्दै जाँदा पुरिने देखिन्छ ।
२। ३४६÷८ नं। को पिलर बाँधको आधारबाट १२ मिटर दूरीमा छ तर अन्य साना पिलरहरु २ देखि १२ मिटरको दुरीमा छन् ।
३। ओरैयाका मखन शाह भन्छन् ः ओरैया बन्जाडा वैरिया पिपरा लगायत ६÷७ वटा गाउँ बाँधका कारण वर्षामा जलमग्न हुन्छन् ।
४। पुरिन लागेको मन्दिर नेर बाँधको आधारबाट पाँच मिटरको दूरीमा ३४६÷७ लेखिएको पिलर डुबानको कारण ढलेको छ ।
५। भारतीय नागरिक जमालुद्दिन भन्छन् ः वर्षामा बन्जाडा पूरै डुवानमा पर्छ । नेपालतिरका घर टहरा भत्कन्छन् । नेपालका मान्छे भारततर्फ आई आश्रय लिन्छन् । सीमादेखि दक्षिणतिर भारतको बलुवा गाउँ पर्छ ।
६। बाँधको आधारदेखि ४ मिटरको दूरीमा रहेको ३४६÷६ पिलर पनि ढलेको छ ।
७। भारतीय नागरिक जयमङ्गल चौधरी भन्छन् ः बाँधले हामी भारततर्फ बस्नेलाई त सुरक्षा भयो तर नेपालतिरका जनतालाई क्षति पुग्यो । वर्षामा सबै भारततिर आउँछ्न ।
८। हामीलाई सीमा देखाउँदै हिडेका सीमा सुरक्षा जवान हिक्मत साउत भन्छन् ः यस वर्ष बाढ आएर सारा गाउँ डुब्यो । हामी ३५ जना जवान आएर बाँध भत्काएर पानी बाहिर निकाल्यौँ । भत्काएर हामी गएको १० मिनेटपछि हामीलाई खोज्न गुण्डाहरु आए । यहाँ धान हुँदैन गहुँमात्र खेती हुन्छ ।
९। ३४६÷५ बाँधबाट ४ मिटरको दूरीमा छ ।
१०। ३४६÷३ पिलर ठीक छ । तर ३४६÷२ पुरिएको छ ।
११। गौरमा प्रशासनसित कुनै अन्तरकि्रया छलफल भएन ।
सुझाव ः
१ बकैया नदीमा भारतले बाँध बनाएर मानवताविरुद्धको अपराध गरेको छ । त्यो बाँध भारतसित वर्षा सुरु हुँनुभन्दा अगावै वार्ता गरी भत्काउँनुपर्छ । अन्तर्राष्ट्रिय मापदण्ड विपरीत बनाइएको बाँध भारतले नभत्काएमा अन्तर्राष्ट्रिय स्तरमा मुद्दा उठाउनुपर्छ । तत्काललाई भारतसित सम्पर्क गरी निर्माण कार्य रोक्नुपर्छ ।
२ ढलेका पिलर पुनः यथास्थानमा गाडिनुपर्छ ।
मलङ्गवामा अन्तरकि्रया ः
सर्लाहीको मलङ्गवा जिल्ला प्रशासन कार्यालयमा अन्तरकि्रया कार्यक्रम भयो । प्रजिअ वसन्तराज अधिकारीले कार्यक्रम आफै साचालन गर्नुभयो र सीमासम्बन्धी जानकारी पनि दिनुभयो । सीमा सुरक्षा बल एस।पी। चन्द्रप्रकाश गौतमले सीमाको अध्ययन गरी तयार पारेको रिपोर्ट आधारमा केही जानकारी दिनुभयो ः
१। ठुला पिलर ३२ मझौला ४० साना २१० हराएको १२ गरी २९४ पिलर रहेको ।
२। कतिपय स्थानमा नेपाली र कतिपयमा भारतीयहरुले सीमा मिचेर घर बनाएका छन् खेती गरेका छन् । कतिपय पिलर घरभित्रै पारिएका पनि छन् ।
अन्य वक्ताहरुले व्यक्त गरेका विचारअनुसार निम्नानुसारको तथ्य प्राप्त भयो ः
१। सर्लाहीमा त्यति धेरै अतिक्रमण छैन ।
२। सीमा वर्षेनी मेन्टीनेन्स गरिनुपर्छ । पिलर सबै ठूला बनाउँनुपर्छ ।
३। दशगजा व्यवस्थित छैन ।
४।भाडसरमा भारतीयहरुले सीमामा स्कूल बनाएको छ ।
५। सिमराको फेनहरामा बीच बोडरमा बजार छ । पक्की घर बनाएको छ । सर्लाहीमा भारतबाट बढी अतिक्रमण भएको छ ।
६। झीम नदीले बाटो फेरिरहँदा सीमा मिचिएको होला ।
७। दशजगा क्षेत्र सुरक्षित हुनुपर्छ ।
८। सीमामा गरीब सुकुम्बासी बसेका छन् । बढी भारतबाट मिचिएको छ । अहिले सीमा व्यवस्थित नगर्ने हो भने सीमामा पक्की घर बन्छन् । अहिले विवाद नदेखिए पनि २०÷२५ वर्षमा यो विकराल समस्या बन्छ ।
झीम नदी सीमाको स्थलगत अध्ययन ः
नेपालतर्फ त्रिभुवन नगर र भारततर्फ सोमवर्षा बजार छ । बीचमा नदीले नेपाल तर्फ कटान गर्दै आएको छ । नेपालतर्फ नदी कटान रोक्न खासै पहल गरेको देखिएन । केही बाँसका किला ठोकेको देखिन्छ । स्थानीय व्यक्तिहरु तार जाली पनि लगाउँने गरेको बताउँछन् तर देखिएन । सीमामा ५० वटा जति घर छन् । सीमामा भारतीय क्रसर उद्योगले गिटी बालुवा थुपारेको छ । पीलर गिटीले पुरिएको छ । नदी वारी नेपालतर्फ पिलर खेतमा छ । नदी नजिकै आएको छ । पारी ३२३ नं। को पिलर सीमानामा छ । भुमिको उपयोग नेपालले गरेको देखिएन ।
सुझाव ः
१ दशगजा तत्काल खाली गराउँनुपर्छ ।
२ सीमामा रहेको गिटी उद्योग हटाउँनुपर्छ ।
३ नदी नियन्त्रण गरी नेपालतर्फको कटान रोक्नुपर्छ ।
सम्सीको स्थलगत अध्ययन ः
पौष १५ गते महोत्तरीको सम्सी वार्ड नं। ५ को स्थलगत अध्ययन गरियो भारतको कन्हवा बजारसित जोडिएको सम्सी बजारको अध्ययन गर्दा निम्न कुरा जानकारी भयो ः
१। सम्सी सीमाको दशगजाभित्र नेपाल भारत दुवैतिर आवाद गरिएको छ ।
२। दशगजामा पर्ने नेपालतिर बनेको श्याम शाहको पसलको अगाडिको भाग भारतीय एसएसवीले ०६६÷८÷२० मा भत्काएको ।
३। साजय शाहको पसल पनि त्यतिबेला भत्काएको ।
४। इन्द्र मण्डलको घर पनि भत्काएको ।
५। नरेशरामको घर हटाउन भनी धम्की दिएको तर नरेशले प्रतिवाद गरेर घर नहटाएको ।
६। दशगजा क्षेत्रमा मन्दिर बनाइएको । दशगजासित जोडेर पीच सडक निर्माण भएको ।
७। ३१३÷३ को पूर्वपट्टिको पिलर माटोमा धसिएको नम्बर नदेखिएको । नजिकमा दशगजा क्षेत्रमा हाट बजार लाग्ने गरेको छ । त्यो हाट बजारको वार्षिक एक लाख भा।रु। कर भारतले लिने गरेको ।
सुझाव ः
१ सम्सी बजारको दशगजा खाली गराउँनुपर्ने ।
२ अवैधरुपले भारतले बनाएको पीच सडक बन्द गरिनुपर्ने ।
३ दशगजा क्षेत्रमा हाट बजार बन्द गरिनुपर्ने ।
४ भन्सार नाकालाई व्यवस्थित गरिनुपर्ने ।
बथनाहको स्थलगत अध्ययन
सम्सीको अध्ययन गरेपछि बथनाह गाउँको अध्ययन गरियो । बथनाह वार्ड नं। १ र भारतको सुन्दरपुर टोला बीच सीमा छ । दशगजा क्षँेत्रमा पूरै आवाद गरिएको छ ।
३०५÷१८ ३०५÷१९ र ३०५÷२० लेखिएका नेपाल भारत सीमा पिलरहरुको दक्षिणतिरको सुन्दरपुर टोलको घरपछाडि नेपालतिर नेपाल÷१० र भारततिर भारत÷१० लेखिएको पुरानो सीमा स्तम्भ छ । लेखिएका अक्षरलाई केही मेटिएको छ । यो स्तम्भ किन भारततिर सीमाभन्दा १०० मिटर पर गाडियो यो पिलर सीमा स्तम्भ भएपछि त्योभन्दा उत्तरमा अर्को सीमा पिलरहरु किन गाडियो भन्ने जिज्ञासामा नापीविद पूण्यप्रसाद ओलीले त्यो पुरानो पिलर हो । पछि नापनक्सा गर्दा यसलाई त्यत्तिकै छाडिएको बताउँनुभयो । स्थानीयवासीहरुका अनुसार २० वर्ष पहिले त्यो पुरानो पिलर गाडिएको थियो । पछि नेपालतिर ठूला र साना पिलरहरु १० वर्ष पहिले मात्र गाडिएको हो ।
सुझाव ः
१ बथनाहको दशगजामा भोगचलन बन्द गरिनुपर्छ ।
२ भारत १० लेखिएको पिलरको पश्चिमतिर बगैचाको छेउ हुँदै ४ वटा जति साना पिलरहरु गाडिएका छ । ती पुराना साना पिलर र नयाँ साना पिलरबीचको सम्बन्ध के हो त्यो स्पष्ट हुनुपर्दछ ।
नैनीको स्थलगत अध्ययन ः
नैनी गाउँको सीमानामा दशगजाभित्र भारतले पीच रोड बनाएको छ । ३०१÷२ ६ लेखिएको पिलर रोडभन्दा २ मिटर उत्तर साइडमा अवस्थित छ । जलेश्वर सदरमुकाम प्रवेशद्वार नेपालतिर छैन । भिट्टामोडमा पुरानो ५ नं। लेखिएको पिलर छ । सीमा दशगजाभित्र सीमागढी पुलिसको कम्पाउण्ड पर्छ । सीमाभन्दा करिब १५ मिटर उत्तरपट्टि भारतको बोर्ड राखिएको छ । त्यसमा लेखिएको छ ः ूबिहार शिक्षा परियोजना सीतामढी जिल्ला आपका हार्दिक स्वागत करता हैू त्यहाँ स्पष्टरुपले नेपालको भुमिमा भारतको साइन वोर्ड गाडेको देखिएको छ ।
जलेश्वरमा अन्तरकि्रया
जलेश्वरमा जिल्ला प्रशासनको कम्पाउण्डमा स्थानीय राजनीतिक दल नागरिक समाज स्थानीय बुद्धिजीवी कर्मचारीहरुसित अन्तरकि्रया कार्यक्रमको आयोजना गरियो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले अगाडि ल्याएका विचारका आधारमा निम्न कुरा जानकारीमा आयो ः
१। मटियानीमा कुन नेपाल हो कुन भारत चिनिदैन । एसएसपीले जोरजवजस्र्ती गर्छ ।
२। मजबुत संयन्त्र बनाएर सो सीमा समस्या समाधान गर्नुपर्छ ।
३। बथनाहमा मुसहर टोल छ । त्यहाँ बोर्डर कहाँ छ थाहा छैन ।
४। सीमा अतिक्रमित हुँदा प्रशासनले पनि ध्यान दिनुपर्छ ।
५। सीमामा भारतको प्रहरीले पैसा माग्छ नेपालकोले पनि माग्छ ।
६। सम्सीमा भारतका प्रहरी आएर घरहरु भत्काउने काम गरेको सुनेपछि नेपाली प्रहरी अधिकृत गएर वार्तागरी ३ बुँदे सहमति गरेर स्थिति सामान्य भएको ।
सुझाव ः
१सम्सीमा दशगजा सफा राख्नुपर्छ । दुवैपट्टिका अतिक्रमण हटाउँनुपर्छ ।
२हाट बजार लाग्ने सीमा दशगजा क्षेत्रको करको आधा हिस्सा नेपालले पनि पाउँनुपर्छ वा हाट बजार बन्द गराउँनुपर्छ ।
३जलेश्वर सीमामा नेपालतर्फ मूल गेट बनाउँनुपर्छ ।
४भारतीय पक्षले नेपालतर्फ ठड्याएको वोर्डहरु हटाउँनुपर्छ ।
४नैनीमा दशगजामा बनेको रोड कानुन विपरीत छ । रोड भारतबाट जाने बनाउन भारतलाई सुझाव दिनुपर्छ ।
राजविराजमा अन्तरकि्रया ः
मिति ०६६÷९÷१६ गते राजविराज जिल्ला प्रशासन कार्यालयमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो । अन्तरकि्रयामा राजनीतिक दल नागरिक समाज बुद्धिजीवी पत्रकार सीमा प्रहरी तथा कर्मचारीहरुको उपस्थिति रह्यो । वक्ताहरुले व्यक्त गरेका विचारबाट निम्न कुराहरु जानकारीमा आयो ः
१। सप्तरीमा लालपट्टी गोवरगढा तथा छिन्नामस्तीमा सीमा समस्या रहेको । नदीको कटानले गर्दा कमल पट्टी र लालपुरवामा विवाद रहेको । विवादका कारणले मर्डर केश पनि भएको ।
२। छोटो समयमा अध्ययन हुँदैन । औपचारिकतामात्र पूरा गर्ने काम हो । संसदीय टोली स्पटमा नै गएर हेर्नुपर्ने ।
३। तिलाडी रामपुर मलनिया सखरामा पनि सीमा मिचिएको । ती ठाउँमा पनि स्थलगत निरिक्षण गर्न जानुपर्ने वक्ताको जोड रहेको ।
४। कमलपुरसम्म पनि विवाद भएको छ । भारतीय पक्षले ज्यादति गरेको छ । महिलाहरु बलात्कृत भएका छन् ।
५। सीमा समस्या समाधान हुनेमा शङ्का ।
६। चुरे श्रेणीबाट गिटी बालुवा भारततिर निकासी गर्ने हो भने भोलि चुरे श्रेणी के होला त्यो निकासी रोक्नुपर् यो ।
७। सीमाप्रति सरकार गम्भीर भएन ।
८। दुई देश मिलेर वार्ताद्वारा सीमा समस्या समाधान गर्नुपर्छ ।
९। बोनिनियामा सीमा मिचिएको नक्शा हेरेर सीमा मिलाउँनुपर् यो ।
१०। सीमा सुरक्षाबलद्वारा सीमा नक्सा तयार पारिदै । १८२ थान नक्सा तयार । हस्ताक्षर हुन बाँकी रहेको जानकारी ।
११। भारत-नेपाल दुवैतर्फबाट अतिक्रमण भएको छ ।
सखराको स्थलगत अध्ययन ः
२२८÷१ २ लेखिएको पिलरको अध्ययन गरिएको । दशगजा छोडेर भारतले रोड बनाएको । सीमा नमिचिएको तर दशगजा मिचेर नेपालका बाढी पीडितले छाप्राहरु बनाएको ।
भन्टावारीको स्थलगत अध्ययन ः
कोशी वैरेजबाट दक्षिणतिर एउटा नम्बर मेटिएको पिलर रहेको । कोशी वैरेजबाट पूर्वपट्टी २०७÷३ र २०७÷४ ध्ए १०१ नम्बरको पिलर भारतले नहरको माटो लगेर पुरेको । पुरेको देखेर भन्टावारी चौकीका इन्सपेक्टर नरबहादुर थापाले बालुवा फालेर पिलर बाहिर देखिने बनाएको । वैरेजको दक्षिण पूर्वपट्टी भारतको रानीगाज कटैया पर्दछ । उत्तरपट्टी ठूलो समथर भागमा खेति गरिएको छ । त्यहाँ २०७÷२ ध्ए ९९ लेखेको पिलर छ । दशगजामा खेति गरिएको छ । केही पर २०७÷१ ध्ए ९८ लेखिएको पिलर खेतको बीचमा छ । पिलरको उत्तरतर्फको दशगजा भारतबाट अतिक्रमित छ । नेपालतिर छोडिएको छ । त्यहाँ निकै ठूलो सिमसार छ । कोशी सम्झौतानुसार भारतले भोगचलन गरेको छ । कोशी व्यारेज बनेको ५० वर्ष पुगेको छ । त्यो सिमसार फिर्ता गर्न सरकारले पहल गर्नुपर्दछ । हरिहरपुर-८ मा ८९ र ९० नं। को पिलर हराएको देखिन्छ । २०५ नम्बरको पिलर हुँनुपर्नेमा २०४÷२ लेखिएको हुँदा पिलरको लेखाई पनि गलत छ ।
विराटनगर भन्सारको स्थलगत अध्ययन                                      मिति ०६६÷९÷१७ विराटनगर जोगवनी सीमाको अध्ययन गरियो । सीमामा घर र पसल छ । नेपाल तर्फ विराटनगर वार्ड नं। २२ पर्छ । दशगजामा दुवैतर्फ घर छन् । १७९÷१ नं। को पिलरबाट पश्चिम अर्थात् भन्सारबाट पूर्वको भाग अतिक्रमित छ ।
भन्सारको पश्चिममा १८०÷६८ नं।sाे ठूलो पिलर छ । त्यो पिलरसित जोडेर दुईवटा विद्युत पोल राखेर भारतले विद्युत लाइन लगेको छ । केही पश्चिमपट्टी १८१÷६२ लेखिएको पिलरलाई भित्र पारेर भारत पक्षले चौपारी बनाएको छ । केही पश्चिम पट्टी एउटा छाप्रो र एउटा पक्की मन्दिर भारतले बनाएको छ । सीमा सुरक्षा बलले आपत्ति जनाएपछि बाँकी मन्दिर निर्माण कार्य रोकिएको छ ।
अन्तरकि्रया कार्यक्रम ः
विराटनगरमा अन्तरकि्रया कार्यक्रम सम्पन्न भयो । अन्तरकि्रयामा व्यक्त विचारबाट निम्न कुराहरु जानकारीमा आयो ः
१। बुद्धनगरमा सीमा नै छन ।
२। इण्डियाले भन्सार जस्तो मेन नाकामा मन्दिर बनाएको छ ।
सुझाव ः
१ विराटनगर भन्सार गेटको दशगजाभित्र बनेका मन्दिर पसल फलफूल पसल हटाउँनुपर्छ र सीमा सफा गर्नुपर्छ ।
२ भन्सारको पूर्वमा सीमा अतिक्रमण भएको छ । पश्चिममा पनि सीमा अतिक्रमण भएको छ । त्यो अतिक्रमणलाई दुवै देशको संयुक्त टोली बनाएर दशगजा सफा गर्नुपर्छ ।
मिति ०६६÷९÷१८ गते अध्ययन टोली झापाको आमगाछी कोरोवारी र पाठामारी गरी दुई स्थानको अध्ययन गर् यो ।
आमगाछी कोरोवारी स्थलगत अध्ययन ः
झापाको आमगाछी कोरोवारी अध्ययन गर्दा निम्न कुरा जानकारीमा आयो ः
१। कमला खोलाले गर्दा नेपालको जमीन वारी र पारी पर्न जाँदा सीमा पिलरहरु पनि वारिपारि भएका छ ।
२। वालुवा डाँगीको छेउमा २७ नं। को पुरानो पिलर १९७९ मा बनेको रहेछ । १४३ नं। को पिलर वालुवा डाँगीको नजिक छ । त्यसको अगाडि अर्को पिलर खोलाले बगाएको छ ।
३। डाकुपोरामा भारतको जग्गा नेपालमा परेको । नेपालको जग्गा भारतमा परेको । भारतमा भएपनि नेपालीहरुको नाममा लालपूर्जा छ । कमाई खान विवाद छैन । नयाँ सीमा कायम गरेपछि ३०÷३५ विघा जमीन भारततिर पर्न गएको छ ।
आमगाछीमा सीमाको एकातिर नेपाली र अर्कातिर भारतीय बनेर एउटै गाउँका मानिसहरु बसेका छन् । आँगनमा पिलर छ । पिलरले उनीहरुलाई अलग्याएको छ । एक-अर्कोमा अलगिनुपरेकोमा उनीहरुमा दुःख छ ।
पाठामारी स्थलगत अध्ययन ः
पाठामारी सीमामा भुमिहीन किसानहरु छन् । पहिले वार्ड नं। ११ मा बस्थे । बाढी आएपछि विस्थापित भई त्यहाँ आई बसेका हुन् । त्यहाँ पनि दशगजा अतिक्रमित भएको छ । पाठामारी वार्ड ७ र ८ मा २५÷२६ विघा जमीन भारत पक्षबाट भोगचलन भएको छ ।
अन्तरकि्रया कार्यक्रम ः
०६६÷९÷१९ मा झापा चन्द्रगढी जिविस हलमा पत्रकारसित अन्तरकि्रया कार्यक्रम भयो । उपस्थित राजनीतिक दलका प्रतिनिधि समाजसेवी नागरिक समाज बुद्धिजीवीहरुको सहभागिता रह्यो । अन्तरकि्रयामा व्यक्त विचारबाट निम्न कुरा जानकारीमा आयो ः
१। भान्सा खोलामा स्कुल स्थापना गर्ने ठाउँमा चर्को विवाद हँुनेवाला छ ।
२। एउटै जमीनमा नेपाल र भारत दुवैबाट लालपुर्जा दिने काम भएको छ ।
३। नदीलाई सीमा मान्ने कुरा वैज्ञानिक भएन ।
४। भारतले सीमा सारेर स्कूल बनाएपछि भोलि कुरा गरेर के गर्ने अहिले नै कुरा गर्नुपर्छ ।
५। सुगौली सन्धिको पिलर धेरै सारिसक्यो ।
६। भारततर्फ रहेका पिलर जति रेप्रेुन्स पिलर हुने नेपालतिरका सीमा पिलर हुने नेपालको पिलर रेप्रुेन्स पिलर नहुने यो के हो बुझ्न सकिएन । जनताको प्रश्न ।
७। वार्ड नं। ६ र ७ को बीचमा पिलर गाडिएको पुरानो पिलर छँदा छँदै नयाँ किन गाडियो बुझिएन ।
८। विष्णु चौधरीको १२० विघा जमिन भारततिर परेको छ । भोगचलन गर्न पाएको छैन । सीडीओलाई सोध्दा अहिले त्यहाँ नजानोस् भन्छ ।
९। दशगजामा वाढी पीडित बसालियो । विवाद हुनासाथ एसएसवी आएर कुट्छ । सीमा सफा गरिदिनुपर् यो ।
१०। झापामा ८० कि।मी। लामो बोर्डरमा ८ ठाउँमा विवाद छ । मर्मत गर्नुपर्ने १०१ पिलर छन ।
११। ज्वाइन्ट टोलीले सीमामा विवादित जग्गामा अहिले भोगचलन गर्ने सहमति भएपनि नेपालको जमीनमा भारतले भोगचलन गरेको छ तर भारततिरको जमीनमा नेपालले भोगचलन गर्न पाएको छैन ।
१२।महेशपुर वार्ड नं। ३ मा भारतीयहरुले सीमा पिलर उखेल्न थालेको रहेछ । सीमा सुरक्षा बलका जवान पुगेपछि उनीहरु भागेका रहेछन् तर भोलिपल्ट जाँदा १०७÷११ नंं। को पिलर लगिसके छन् ।
सुझाव ः
१ पाठामारीमा नेपालीहरुको जग्गा भारतले भोगचलन गर्न नदिएपछि विवाद उत्पन्न भएको छ । हल गर्नुपर्ने ।
२ हराएका सीमा पिलर पुनस्र्थापना गर्नुपर्ने ।
३ दशगजा सफा गर्नुपर्ने ।
अन्तमा सुस्तादेखि झापाको पाठामारीसम्मको १० वटा स्थानमा सीमा समस्याको अध्ययन गर्दा समष्टिरुपमा निम्नलिखित सुझाव राख्दछु ः
१। नेपाल तथा भारत सरकारबीच कुटनैतिक पहल गरी दुबै देशका सीमाविद् तथा प्राविधिक टोली बनाई सुगौली सन्धिको सीमाका आधारमा सीमाको पुर्नंनक्साङ्कन गर्नुपर्दछ ।
२। हराएका सीमा पिल्लरहरु यथास्थानमा गाडिनुपर्दछ ।
३। दशगजा क्षेत्रभित्र बनेका मन्दिर घर सडक तथा आवादी जग्गा भए त्यो सबै खालि गराई दशगजा सफा गरिनुपर्दछ ।
४। सीमामा सीमा सुरक्षा बल प्रत्येक पाँच किलोमिटरको अन्तरमा तैनाथ गरिनुपर्दछ ।
५। सिमाङ्कन गर्दा भारततिर पर्न गएको नेपालीहरुको जमीन र नेपालतर्फ पर्न आएको भारतीयहरुको जमीनको विवादलाई तत्काल टुङ्गाउँनुपर्दछ ।
६। सुस्ताको सीमा विवाद् राष्ट्रिय महत्वको भएको हुनाले सुगौली सन्धिदेखिका सीमा सम्बन्धि प्रमाणहरुका आधारमा टुङ्गाउनुपर्दछ ।
७। सीमाको नजिकमा कानुन विपरीत बनेका अवैध बाँधहरु वर्षा सुरुहुनुभन्दा अगाडि भत्काइँनुपर्दछ ।

फोन्ट डाउनलोड
Kantipur , Kurti Dev 021, Himalli
How to Download and install font in your PC ? Please Click here
दस्तावेज

अन्तर्राष्ट्रिय एकता समाज

हाम्रोबारेमा

अभिलेखालय

तपाईको प्रतिक्रिया

हाम्रो सम्पर्क

विज्ञापनको लागि सम्पर्क
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com