तपाई पढ्दै हुनुहुन्छ : रिपोर्ट
मेघालयमा नेपाली नागरिक के
भोगिरहेका छन्
दिनेश वाग्ले
लाम्पी । पूर्वोत्तर भारतका दुई राज्य असम र मेघालयको
सीमास्थित यो विवादस्पद गाउँ अचेल युद्धमोर्चा जस्तो देखिन्छ । जहाँ
दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेसा्रएर उभिएका
छन् । गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपाली
नागरिकहरु आफ्नापट्टिका सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने
अर्कोपट्टिलाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् । गोर्खाहरु असम
प्रहरीप्रति कृतज्ञ छन् भने खासीहरु मेघालय प्रहरीप्रित । खासी बाहुल्य
क्षेत्रमा प्रहरी उपस्थितिबाट पनि आश्वस्त हुन नसकेका गोर्खाहरु राति
हातमा लाठी कम्मरमा खुकुरी र काखीमुनि गुलेली बोकेर सामुहिक गस्ती
गर्छन् । ँगोर्खा हौँं हामी डराउँदैनौँं ।’ लाम्पी निवासी चक्रबहादुर
क्षेत्रीले कान्तिपुरसँग झर्रो नेपालमा भने ँजन्मेपछि मान्छे नमरेको
हामीले देखेका छैनौँं । मर्नु त छँदैछ त्यसले अन्याय किन सहने ’
ँयुद्धमोर्चा’ जस्तो गाउँमा बसेका छेत्री खासमा एकजना लडाकु सरदारजस्तै
छन् जसले बितेका तीन दशकदेखि आफ्नो जातिको नेतृत्व गरिरहेका छन् । उनी
लाम्पीका मुखिया हुन् जसलाई औँपचारिक रुपमा ँगाउँ बुढा’ भनिन्छ र
स्थानीयहरुले ँगाम्बुरा’ भनी बेलाउँछन् । गाउँमा सरकारको सबैभन्दा तल्लो
तहको तर अधिकार सम्पन्न प्रतिनिधि हो गाउँबुढा जसले स्थानीय समस्या
राज्यका सम्बन्धित निकायसम्म पुर् याउने सत्ताबाट गाउँमा आएको अनुदान
अनुगमन गर्ने र गाउँहरुको व्यवस्थापन गर्ने जिम्मा पाउँछ ।
ँहाम्रो स्वार्थ मिलेको छ’ गाउँबुढाले लाम्पीका नेपालीलाई सङ्केत गर्दै
भने ँमलाई खेतमा काम नगरी डुलिखान मनपर्ने यिनीहलाई आफ्ना कुरा
राज्यसम्म लगिदिने सकि्रय मान्छे चाहिने । म यिनीहरुको सहारा यिनीहरु
मेरा सहारा ।’
सकि्रयताका कारण छेत्री खासी समुदायमा राजनीतिक गर्नेहरुको तारो बनेका
थिए । मे १४ मा लाम्पी बाहिरका करिब एक हजार खासी खासमा छेत्रीलाई नै
सिध्याउन गाउँको बीचमा रहेका छाप्राहरुमा बस्ने सानो शुक्रबारे हाटमा
पुगेका थिए । हाटमा रहेका केही नेपालीलाई कुट्दै नेपाली बस्तीतिर बढ्दा
उनीहरु असम सीमा रक्षाबल सशस्त्र को क्याम्प पुगे । उनीहरुले
क्याम्पतिर पनि गुलेली तन्काउँदै मट्यांग्रा हान्न थाले । झोक्किएका
पुलिसले गोलीले त्यसको जवाफ दिए चार जना खासी चौँरमै ढले । दुई शव
उनीहरुले आफैसँग लिएर गए बाँकी दुईलाई सीमा प्रहरी नजिकै रहेको असमकै
जनपद प्रहरीले नियन्त्रणमा लियो ।
त्यो घटनाबाट विक्षिप्त भएका खासीहरुले तत्कालै आफ्नो रिस मेघालयभरी
बस्ने गोर्खा र नेपाली कामदारमाथि प्रकट गरे । त्यसयता खासीहरुको
कार्वाहीबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा झण्डै १७ जना गोर्खा र
नेपालीको ज्यान गएको रिपोर्टहरु सार्वजनिक भएका छन् जसलाई मेघालय
सरकारले अस्वीकार गरेको छ । उसले सिलाङबाट १५ किलोमिटर मुन्तिर असमतिर
जाने बाटोको छेवैमा रहेको बडापानी गाउँका धनपति बास्तोलालाई जिउँदै
जलाइएको घटना बाहेक अरु हत्या नभएको दाबी गरेको छ ।
मेघालयका मुख्यमन्त्री मुकुल साङ्माले ँअफवाह फैलाएको’ भन्दै नेपालका
मिडियाको बुधबार भत्स्रना गरेका छन् । उनले गोर्खा र नेपालीलाई मेघालय
छाड्न दिइएको सूचना कसैले नदिएको दाबी गरे । ँबढाईचढाई गरी आधारहित
समाचार नेपालका मिडियामा आएको छ’ साङ्माले सिलाङमा संवाददाताहरुसँग भने
ँयस सम्बन्धमा नेपालबाट कसैले पनि मेघालय सरकारसँग कुरा ल्याएको छैन ।
कु_ित्सत मनसायले नेपालका मिडियामा हल्ला फैलाइँदैछ । ’उनले मेघालय
छाड्ने चेतावनी नेपालीभाषीलाई केही खासी समूहहरुले दिएको सन्दर्भमा
गुनासो गर्न पनि कोही नआएको बताए । नेपाली भाषी गुनासो गर्न जाने
मनस्थितिमा पनि छैनन् । सिलाङका बारापथ्थर झालपाडा जस्ता बस्तीमा बस्ने
करिब २० हजार गोर्खाली ँहैन अब यो कुरालाई यहीं टुंग्याउँ भन्ने गर्दछन् ।’
अर्कातिर लाम्पीका झण्डै तीन हजार गोर्खाली भने डटेरै बस्ने अडानमा छन् ।
असम-गोर्खा भाई-भाई सन् १९७२ मा छुट्टै राज्य भएर असमबाट मेघालय
छुट्टिएदेखि न लाम्पी गाउँ दुई राज्यबीच झगडाको विषय भएको छ । घना
जंगलले भरिएका डाँडामा युरेनियम लुकेको लक्षण देखिएपछि दुवै राज्यका
शक्तिशाली राजनीतिज्ञले त्यो क्षेत्रलाई प्रतिष्ठाको विषय बनाएका छन् ।
मेघालय आफूसँग छुट्टिनासाथ असमले एक टोली सीमा प्रहरीलाई लाम्पी पठाएको
थियो । मूलधारका असमीहरु डाँडामा बस्न रुचाउँदैनन् भने खासीहरु डाँडामै
मात्र बस्न रुचाउँछन् ।
आफ्नो तर्फबाट पर्याप्त जनता डाँडामा नबसे गुहावटीबाट झण्डै एक सय १०
किलोमिटर परेको जङ्गली भू-भागमाथि नियन्त्रण कायम गरिरहन मुस्किल पर्ने
निष्कर्ष निकालेर असम सरकारले हालैका वर्षमा ती डाँडामा जान चाहने
जोकोहीलाई हार्दिक स्वागत गर्ने गरेको छ । डाँडामाथिको स्वामित्वको त्यो
लडाईमा असमले गोर्खालीमा भरपर्दो सहयोगी पाएको छ । १९ वर्षको उमेरमा
मेरा बा यहाँ आउनुभएको गाउँबुढा क्षेत्रीले भने ँत्यो एक सय एक वर्ष
अघिको कुरो हो । म कहिल्यै पुगेको छैन तर नेपालमा पूर्व तीन नम्बर
ओखलढुंगा लिखु खोला ठूलो बाम्ती गैह्री गाउँबाट आएका रे मेरा बा । आमा
त यहीं जन्मिनुभएको । सानामा खासीहरुसँग खुबै मित्रता हुन्थ्यो । तर जति
मित्रता भए पनि उनीहरुको घरमा जाँदा यो मेरो साथी भनेर चिनाउँदैन थिए ।
ऊ डखार विदेशी भन्थे त्यतिबेलै मैले बालाई भनेको जाउँ हामी हाम्रै देश ।
बाले भन्नुभयो हे चुपलाग । हेर कति धेरै भैंसी छन् यहाँ यत्रो जंगल र
चरन छ । खासीहरुले छुट्टै राज्य पाएपछि त बढी नै दुःख दिन थाले तर अब
छाडेर गइँदैन ।’
खासी र गोर्खा समुदायबीच भाषिक धार्मिक र सांस्कृतिक भिन्नताबाहेक
जग्गाको उपयोग गर्ने सन्दर्भमा पनि मतभिन्नता थियो । देवनागरी लिपिभन्दा
फरक कुनै निश्चित लिपि नै नभएको भाषा बोल्ने परम्परागत सैविक धर्म
छाडेर कि्रश्चियन भएका गाई खाने र पूर्णतः मातृसत्तात्मक खासीहरुसँग
नेपालीभाषी हिन्दु र पूर्णतः पितृसत्तात्मक गोर्खाहरु मिलेर बस्नु पनि
कतिपयका लागि अनौँठो लाग्न सक्छ । त्यसमाथि गोर्खाली खाली जग्गामा
जनावर पाल्न रुचाउने खासीहरु खेती गर्न ।
खासीहरुसँग त्यो भिन्नता भएका गोर्खाहरुको असमीसँग चािहं समानता बढी भए ।
भाषा दुवैको संस्कृतसँग नजिक धर्म एकै अनि पितृसत्तात्मक पिन । असमका
अन्य भागमा पनि मेघालय नागाल्याण्ड र अरुणाचलले दाबी गर्दै मिच्दै आएका
छन् । ती क्षेत्रका बासिन्दा असमीभन्दा बढी सम्बन्धित राज्यकै भएकाले
असमलाई सीमा जोगाउन सजिलो भएको छैन । ती क्षेत्रमा गार्खाजस्ता अडिग र
असमप्रति इमान्दार नागरिक पनि छैनन् । मेघालयसँगको सीमा विवादमा
लाम्पीका बासिन्दा असमका नागरिक सीमा प्रहरी भइदिए । ँमेघालयले
लाम्पीमात्रै दाबी गरेको हो र ’ छेत्रीले भने ँगुहावटीसम्मे मागेको छ ।
हामी यहाँबाट हटिदिउँ मात्रै खासीहरु ख्वार्रै तल झर्छन् । त्यसैले
हामीले असमको सीमा रक्षा गरिदिएका छौँं ।’
जातीयतामा आधारित सङ्घीयताले जनताविरुद्ध जनता कसरी भिडाउँछ भन्ने
कुराको उदाहरण भएको छ लाम्पी विवाद । असम सरकारले राज्यका अन्य भागका
गोर्खालीलाई त्यो क्षेत्रमा जान र खासीको प्रतिवाद गर्न प्रेरित गरेको
छ । लम्पीमा जानेलाई जग्गा निशुल्क मिल्छ र सरकारले त्यहाँ विकास
कार्यक्रमलाई तीब्र तुल्याएको छ । दुई वर्षअघि ३० किलोमिटर कच्ची बाटो
नबनुन्जेलसम्म गुहावटी पुग्न चार घण्टा िहंड्नुपथ्र्यो । अबका
दुईवर्षभित्र बाटो पक्की गराउने काम जारी छ ।
ँपक्की भएपछि यो गाउँमा हाम्रा दाजुभाईको संख्य बढाउन निकै सजिलो हुन्छ’
लाम्पी गाउँभन्दा १० किलोमिटर तल सडक बनाइरहेको ४७ वर्षे डम्बर
भट्टराईले भने ँजो आउन चाहन्छ त्यसलाई माटो जग्गा को व्यवस्था भइसकेको
छ ।’
लाम्पीका प्रायः सबै प्रौँढहरुले नेपालका कुनै न कुनै जिल्लाको नाम िलंदै
मेरा बाजे त्यहाँका भने गर्छन् तर नेपालसँगको त्यो सम्बन्ध उनीहरुले
अहिलेलाई त्यतिमै सीमित राख्न खोजेका छन् । ँकहिलेकाहीं मलाई गल्ती गरें
कि जस्तो लाग्छ’गाउँबुढा छेत्रीले गोर्खाहरुलाई सङ्केत गर्दै भने ँके
मैले पो यिनीहरुलाई विदेशी पारेको छैन म नभएको भए सायद यी मान्छे
उहिल्यै नेपाल गएर थन्किन्थे देश त पाउँथे तर अर्को मनले सोच्छु के भयो
त माटो त्यसै पाइन्छ सङ्घर्ष नगरी फेरि असम सरकारले त हामीले चाहेको
भन्दा बढी सहयोग गरिरहेको छ । अनि यस्तो ठण्डा माटो मज्जा छैन त बस्न
अब यो रास्ता पिच भएपछि त यो ठाउँ दार्जिलिङचभन्दा राम्रो हुँदैन
ँरास्ता’ पनि प्रतिस्पर्धाबाट बाहिर छैन । असमले लाम्पीसम्म बाटो खन्न
थालेपछि मेघालयले पनि त्यसलाई आफूतिर जोडन् गतवर्ष कच्ची सडक खन्यो ।
शुरुमा असम प्रहरीले मेघालयलाई बाटो खन्न दिएन तर पछि ँविकासकै काम त
हो’ भन्दै त्यो गर्न दिइयो । तर त्यो सानो सहमतिले गाउँमा खासी र
गोर्खाबीचकेा गहिरो खाडल पुरेको छैन । जस्तो कि खासीहरु प्रशासनिक कुनै
पनि काम असमतिर गर्दैनन् गराउँदैनन् । गाउँमै असम सरकारले खोलेका प्रावि
र निमाविमा उनीहरु बच्चा पठाउँदैनन् ।
मेघालयले उनीहरुलाई सय मिटर पल्तिर खासी माध्यममा पढाई हुने प्रावि
खोलिएको छ । यहाँसम्म कि एउटै चौँरमा खासी र गोर्खाका दुईवटा फुटबल
खेलिन्छन् । मेघालय राज्य बन्ने बित्तिकै साविकको चौँरमा खासीहरुले
गोर्खालाई खेल्न दिएनन् अनि गोर्खाहरुले अलि पल्तिरको चौँरमा खेल्न थाले ।
अचेल त्यो चौँरमै आएर खासीहरु खेल्न थालेका छन् ।
केही महिलाअघि त्यो क्षेत्रबाट मेघालयको विधानसभामा प्रतिनिधित्व गर्ने
विधायकले डोजर ल्याएर पछिल्लो चौँर सम्याएपछि खासीहरुले गोर्खालाई ँतिमीहरु
पुरानै चौँरमा गएर खेल’ भन्न थालेका छन् । ँअब हामी किन जाने पुरानोमा
’ गाउँबुढाले भने ँत्यसैले एउटा गोलपोष्टमा हाम्रा केटा खेल्छन् अर्कोमा
खासीहरु । हामीले सेतो बल ल्याउँदा उनीहरु कालो र हामीले कालो ल्याउँदा
हरियो ल्याउँछन् ।’
जनपदलाई सघाउन प्रहरीकै सहमति र स्वीकृतिमा गोर्खाले आफ्नो तन्नेरीलाई
भीडीपी भिलेज डिफेन्स पस्रन लेखिएको परिचयपत्र सहित पालैपालो गाउँ
डुलाउँछन् । ँखुकुरी र लाठी हाम्रै हतियार भइहाले’ भीडीपी गस्ती
गरिरहेका २६ वर्षे शिवराम शर्माले भने ँगुलेलीचािहं खासीहरुको हतियार
हो । अब उनीहरुकै विद्या समातेर उनीहरुलाई हराउने हो ।’
कान्तिपुर दैनिक १६ जेठ २०६७