तपाई पढ्दै हुनुहुन्छ– पाठक–पत्र
हो, हामी सङ्घीयताविरोधी हौँ
अहिले हाम्रो देश नेपाल नयाँप्रकारको
राष्ट्रिय सङ्कटबाट गुजि्ररहेको छ । एमाओवादीले एकलरुपमा जातीय गणराज्य
घोषणा गरेका छन् वा उनीहरुले सरकार अवरुद्ध र सदन बन्द गरेका थिए ।
एमाओवादीले सविधान सभामा अन्य दलहरुलाई यो स्वीकार गर्न बाध्य गराउँने
नीति अपनाइरहेका छन् । उनीहरुको निर्णयलाई स्वीकार गर्ने पार्टी वा
व्यक्तिलाई विषेश महत्व दिन्छन् जसले त्यो निर्णयलाई आलोचना वा स्वीकार
गर्दैन । त्यसलाई राजावादी विस्तारवादी प्रतिगामी आदीको दोसल्ला
ओडाइदिन्छन् ।
यो साँचो हो माओवादीले युद्ध न जिते नै न हारे । संसारको युद्धमा पुरानो
सत्ता र सेनालाई हराएर जनतासँग सम्झौता गरेको इतिहास छ तर नेपालमा ठीक
उल्टो भयो जनतालाई डर त्रास धम्की र घरजग्गा कब्जा साङ्घातिक आक्रमण
जोरजवरजस्ती चन्दा आतङ्क आदि गरिहेका छन् ।नेपालमा जातीयताको आधारमा
सङ्घीयता संविधानमा लेखियो भने देशमा ठुलो दुर्घटना हुँनेछ । हुन त
दोहामा यो धेरै पहिलैदेखि छलफल भएको हो तर केही जनजाति साथीहरु पहिला
सङ्घीयतामा जाने तर ठीक नलागे फर्किने भन्ने अभिव्यक्ति दिइरहेका छन् ।
हाम्रो समाजमा एउटा उखान छ भएको छोरा मारेर हुँने छोराको आशा गर्ने ।
मुख्य कुरा के हो भन्दा जसले सङ्घीयता देशमा बोर्डरको गोरेटो बाटो हुँदै
ल्यायो । सङ्घीयता केही जनजाति मित्रहरुलाई लोकपि्रयता बनाएका छन् वा
नेपालमा सङ्घीयता चाहनेहरुले जनजाति मित्रहरुलाई हतियार बनाइरहेका छन्
। हाम्रो देश नेपाल हिमालदेखि तराईसम्मका गाउँ सहरमा त्यस्तो कुनै जाति
छैन जहाँ एक जातिमात्र बसोवास गरोस् । यो जनतालाई जानकारी भएकै कुरा हो
। यहँँ गहिरिएर सोच्नुपर्नेछ । यस्तो अवस्थामा जातीय गणराज्य ठीक छ के
हाम्रो अधिकार सुनिश्चित होला त जातीय लडाईमा के नेपाली जनताले जातीय
राज्यको लागि सङ्घर्ष गरेका हुन् यही हो त महान् सहिदहरुको सपना हो हामी
सङ्घीयताविरोधी हौँ । हाम्रो नशा-नशामा रातो रगत रहँदासम्म विरोध गर्दछौँ
तर हाम्रो विरोध व्यक्तिगत स्वार्थका लागि होइन राष्ट्र बचाउनका लागि र
जातीय लडाई नहोस् भन्नका लागि मात्र हो । देश अब जातीय लडाईतिर जादैछ
तर हामी फलामे किल्ला बनेर वर्गीय लडाई लड्नेछौँ । गरिखाने वर्गको
मुक्ति जातीयतामा छैन । यो केवल सामन्तीहरुले सत्ता कसरी बचाएर लामो
समय शासन गर्ने वा चुनावी खेलमात्र हो । यो फोहरी खेलको विरुद्ध
सङ्घर्ष हुनैपर्दछ । यो भएन भने भविष्यमा हामी नेपाली हो भन्न पनि
पाउँने छैनौँ । २०४६ सालको संविधानलाई हामीले कालो संविधान हो भन्दा
प्रजातन्त्रविरोधीको आरोप लगाउँने पार्टीहरुले २०५८ सालमा तत्कालीन राजा
ज्ञानेन्द्रले सत्ता खोस्दामात्र होस् आयो । विदेशीलाई नागरिता दिने
विधेयक पारित गरेर रातारात लाखौँ विदेशीलाई नेपालको नागरिकता वितरण
गरियो । पछि एमाले सरकारले खारेज गर् यो । लाखौँको युवाहरु विदेशमा
श्रमसँग सङ्घर्ष गरिरहेका जनतालाई सविधानसभाको चुनावमा मताधिकारबाट
विभिन्न बहानामा बिाचत गरियो । ठूला राजनीतिक पार्टीहरुले इतिहास
कालदेखि नै जनचाहना विपरित काम गरिरहेका छन् । यसखाले परिस्थितिमा हामी
प्रवाशमा पनि नेपाली जनता एक ढिक्का हुँनैपर्ने आवश्यकता छ ।