विश्व नेपाली, छापा संस्करणमा तपाईलाई स्वागत छ
 

तपाई पढ्दै हुनुहुन्छ : कविता

उसको हा“सो
–जीवन शर्मा
मेरो कपाल फूल्न थालेको देखेर
उ हर्षित भएको होला ¤
मैले चपाउने धारिला दा“तहरू
फुस्केको देखेर
अझ खुशी भएको होला
अनि मैले टेक्दै हिंड्ने
वैशाखी भा“चिन थालेको देखेर
दुईचार फन्का ना“चेको पनि होला ¤

सायद, उसलाई थाहा छैन
उठाउनुपर्ने मेरा कदमहरू उठिसकेका छन्
बुझाउ“दा खर्चिनुपर्ने पसिनाहरू
यही माटोमाथि खसिसकेका छन्
दुईचार पोका रगतहरू पनि बगिसकेको छ
म मात्र होइन अब त,
आफू भन्दा ठूलो भारी बोक्ने
मेरो भुन्टे नातिले पनि बुझिसकेको छ
मेरा जेठी नातिनीका हातहरू
पहिलाभन्दा कडा भइसकेका छन्
औलाहरूले बारूद र बन्दुक
खेलाउन सिकिसकेका छन्

मेरी अर्धा·ीनी पनि आवश्यक परे
आफ्नो सिउ“दो समेत बगाउन तत्पर छे
अनि छोरो ढुंगा, मुडा र इट्टास“ग
लड्न तालिम प्राप्त भइसकेको छ

तर ऊ मेरो चाउरिएको छाला देखेर
फिस्स मुस्काउन भने छाडेको छैन
मेरो गिदी तातेको उसले के देख्छ ?
मेरो आ“खाले हल्ला गरेको के देख्छ ?
मेरो नाकले सबैलाई व्यूूझाएको के देख्छ ?

उसलाई के थाहा ?
उसले आराम गर्ने शिरानीमा
बारूद छ भन्ने कुरा
उसको गिदी भएको कन्चटमा
नालहरू तेर्सिएको कुरा
आ“खामा खुर्सानीको धुवा“
पस्दैछ भन्ने कुरा
सोझा जनतालाई कुट्ने हातहरू
टुक्राटुक्रा पर्दछन भन्ने कुरा
तर पनि ऊ
मेरो भौतिक रूप देखेर हा“सिरहेको छ
उसको हा“सो क्षणिक हो
उ फगत
हा“स्नका निम्ति हा“सेको छ ।

फोन्ट डाउनलोड
Kantipur , Kurti Dev 021, Himalli
How to Download and install font in your PC ? Please Click here
दस्तावेज

अन्तर्राष्ट्रिय एकता समाज

हाम्रोबारेमा

अभिलेखालय

तपाईको प्रतिक्रिया

हाम्रो सम्पर्क

विज्ञापनको लागि सम्पर्क
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com