fo'o usikyh] Nkik laLdj.kek rikbZykbZ Lokxr N

 
  तपाई पढ्दै हुनुहुन्छ : अन्तर्वार्ता
एकता समाज मजदुरहरूकै संगठन हो

– दलबहादुर गाहा मगर , कोषाध्यक्ष, बहराइन नेपाली एकता समाज, केन्द्रीय समिति

० तपाईको घर ?
–पाल्पा जिल्ला रि·नेरह गाविस, वडा नं. ५ रो·ढे·मा मेरो घर पर्छ ।
० तपाईको सांगठनिक जीवनबारे बताउनुस् न ?
–२०४८ सालमा नेकपा(मसाल)ले संविधानसभाको चुनाव माग गर्दैै संसदीय चुनाव बहिष्कार गरेको थियो ।
त्यतिबेलादेखि नै मसालप्रति मेरो आकर्षण थियो । २०५० सालतिर उद्बुद्ध मावि रि·नेरहमा कक्षा ९मा पढ्दा अनेरास्ववियु (छैठौं) इकाई समिति अध्यक्ष रही काम गरेको थिए“ । त्यतिबेला अनेरास्ववियु (छैठौं) पाल्पा जिल्ला समितिबाट रेवतीप्रसाद पाण्डे र हुमलाल रेग्मी समिति गठन गर्न जानु भएको थियो । एस.एल.सी. दिएपछि म भारत प्रवास तिर लागे । सात वर्षसम्म पंजाबको चण्डीगढमा बसी मूल प्रवाह एकता समाजमा काम गरें । त्यहा“ मैले एकता समाजको एरिया समितिमा रही काम गरें । अखिल नेपाल जनजाति सम्मेलनको भारत शाखाको सुुदुरपश्चिमोत्तर क्षेत्रीय समितिको बैकल्पिक सदस्यसम्म रही काम गरें । त्यसपछि म नेपाल फर्किएर राष्ट्रिय जनमोर्चामा रही लामो समयसम्म काम गरें । प्रतिगमन विरूद्धको संघर्ष र माओवादी ज्यादतीका विरूद्धमा पार्टीले सञ्चालन गरेको कार्यक्रममा क्रियाशील भइयो । राष्ट्रिय जनमोर्चा पाल्पाको जिल्ला समितिमा रही काम गरें । २०६४ सालमा संविधानसभाको निर्वाचनमा पाल्पा क्षेत्र न. १ बाट उम्मेदवारी दिएर पार्टीले दिएको जिम्मेवारी अनुसार चुनावी प्रतिस्पर्धा पनि गरें । त्यसपछि आफ्ना समस्याहरूका कारण बहराईन पुगियो । म बहराईन जानुभन्दा पहिले त्यहा“ एकता समाज थियो । बाग्लु·का शंकर श्रीस एकता समाजको सभापति हुनुहुन्थ्यो । अहिले म बहराई नेपाली एकता समाजको कोषाध्यक्ष पदमा रही काम गर्दैछु ।
० बहराईकै बारेमा केही बताइदिनुस न ?
–बहराई एउटा अरब मुलुक हो र यो भौगोलिकरूपले पनि निकै सानो छ । पूर्वी सीमानाबाट पश्चिम जानु पर्दा होस् वा उत्तरबाट दक्षिण जानुपर्दा होस् जम्मा डेढ डेढ घण्टामा गाडीबाट एउटा सिमानाबाट अर्को सिमानामा पुग्न सकिन्छ । यसको दक्षिणतिर समुन्द्रले घेरेको छ । हाम्रो पाल्पा जिल्ला जत्रो पनि छैन बहराईन । कतार, साउदी अरब, दुवई यसका छिमेकी मुलुकहरू हुन् । यो एउटा इस्लामिक राजतन्त्रात्मक मुलुक हो । शेख हमद बिसादिन खलिफा बहराइनका वर्तमान राजा हुन् । त्यहा“को जनसंख्या करिब चार लाखको हाराहारीमा छ । बाहिरबाट करिब आठ लाख मानिसहरू त्यहा“ पुगेका छन् । त्यहा“ ६० प्रतिशत शिया मुस्लिमहरू छन् भने ४० प्रतिशत सुन्नि मुस्लिमहरू छन् । अल्पमतमा रहेका सुन्नीहरूको राजा छ । १९ मन्त्रीहरू मध्ये १४ जना त राजाका नातापाता पर्ने सुन्नीहरू छन् भने ५ जना शियाका छन् । राजतन्त्रलाई हटाएर प्रजातन्त्र ल्याउनु पर्छ भनेर आन्दोलन चलिरहन्छ । आन्दोलन भयो कि त्यो आन्दोलन सिया र सुन्नीबीचको जातीय दंगामा परिणत भइहाल्छ । अहिले त्यहा“ त्यस्तै भइरहेको छ । विशेषगरी सियाहरूले राजतन्त्र हटाउनुपर्छ भनेर लागिरहेका छन् ।
बहराईनमा खुलारूपले नारा, जुलुश सभा गर्न पाइ“दैन । पञ्चायतकालमा लुकीछिपी राजतन्त्र विरूद्ध नारा जुलुश गरे जस्तै त्यहा“ पनि प्रशासनको आ“खा छलेर नारा जुलुस गर्छन् । प्रहरी आएपछि भाग्छन् । यसै वर्ष सन् २०११ मा अरब मुलुकहरू ट्युनिसिया, इजिप्ट, लिवियाको आन्दोलनको प्रभाव बहराईनमा पनि प¥यो । त्यतिखेर अत्यन्तै ठूलो जुलुश निस्कियो । झण्डै एक महिनासम्म राजधानीको नजिकै आन्दोलनकारीहरू धर्नामा बसे तर प्रशासनले हटाउन सकेन । त्यसपछि राजाको सरकारले हरेक परिवारलाई एक हजार डिनर परिवार भत्ता दिन्छौं आन्दोलन छोड्नु प¥यो भनेर प्रस्ताव राख्यो । आन्दोलनकारीहरूले हामीलाई भत्ता चाहिंदैन राजाले सत्ता छोड्नु पर्छ भनेर अडान लिएपछि कुरा मिलेन । अनि राजाको सरकारले पूरै सेना लगाएर डोजर, ट्यांकर लिएर आन्दोलनकारीहरूलाई भगायो । तीन महिनासम्म संकटकाल लगायो । संकटकालको बेला बहराईनका राजालाई सहयोग गर्न साउदी अरब, कुवेत, दुबई, कतारका सेनाहरू त्यहा“ आए । तीन महिनासम्म विभिन्न अरब मुलुकका सेनाहरूले सडकमा गस्ती गरे ।
० बहराईन नेपाली एकता समाजले के गर्दैछ ?
–बहराईनमा नेपाल र भारतमा जस्तो सडकमा नारा, जुलुश गर्न पाइ“दैन । नेपालीहरूलाई खोज्ने, उनीहरूलाई हाम्रो देशको राजनीतिबारे जानकारी गराउने र एकता समाजमा संगठित गर्ने कोशिस गरिरहेका छौं । अलपत्र परेका, दुःख पाएका नेपालीहरूलाई संगठनको तर्फबाट चन्दा उठाएर भए पनि मद्दत गरेका छांै । केहीलाई चन्दा उठाएर स्वदेश पठाउनेसम्मका काम गरेका छौं ।
० जातीय दंगाको बेलामा तपाईहरूले के गर्नु भयो ?
–बाहिरबाट बहराइन गएका करिब आठ लाख मानिसहरू मध्ये झण्डै ३० हजारदेखि ३५ हजारको संख्यामा नेपालीहरू छन् । बाहिरबाट गएका सबभन्दा धेरै इण्डियनहरू छन् । उनीहरू हिन्दी बोल्छन्, तर केरला तिरबाट गएकाहरू अंगे्रजी बोल्छन् । बंगालादेशी, पाकिस्तानीहरू, फिलिपिनीहरूपछि हामी नेपालीहरू छौं । पाकिस्तानी र बंगालादेशीहरूले त्यहा“को प्रहरीमा पनि जागिर खाएका छन् ।
यसै वर्ष अरबमा फैलिएको विद्रोहको प्रभाव बहराईनमा पनि परेपछि अब कसो गर्ने होला भन्ने अवस्था आयो । बहराइनमा नेपाली राजदुतावास छैन । अब के गरौं भनेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको कार्यालय दिल्लीमा सम्पर्क ग¥यौं । बहराइनलाई साउदी अरब दुताबासले हेर्छ भन्ने कुरा भयो । हामीले साउदी दुताबासलाई सम्पर्क ग¥यौं । साउदी दुतावासले हैन कतारले हो, बहराइन हेर्ने भन्यो । कतार दुतावासलाई सम्पर्क गरेको हामीलाई अनुमति दिएको छैन, साउदीले नै हेर्छ भन्यो । तेजमान सिंजाली र मैले फेरि नेपालमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.लाई सम्पर्क ग¥यौं । उहा“ले नेपालको सरकारस“ग कुरा राखेपछि बल्ल साउदी दुतावासले हामीलाई सम्पर्क ग¥यो । तत्काल साउदीबाट हामी बहराईन आउन सक्दैनौं । भविष्यमा अप्ठ्यारो स्थिति आउन सक्छ । पाएकासम्म नेपालीहरूल्े काम गर्ने कम्पनी, नेपाली कामदारको ठेगाना, पासपोर्ट नं., आई.डि.आर.डी.सिपिआर सबै ठेगाना खुलाएर तपाईहरूको लेटर प्याडमा इमेल गरेर दुताबास पठाउनुस् भनेर साउदी दुताबासले भन्यो । आपतकालीन स्थिति आएमा उद्धार गर्न सजिलो होला भनेर दुताबासले ठेगानाहरू मागेको थियो । झण्डै सात हजार नेपालीको ठेगाना जम्मा गरेर हामीले दुताबासमा इमेल गरिदियौं । त्यो विद्रोहको समयमा केही केही नेपालीहरूले पिटाई खाए तर खासै अप्रिय घटना भएन । अहिले साउदी दुताबासस“ग हाम्रो राम्रै सम्बन्ध छ । बारम्बार हामीलाई के भइरहेको छ भनेर जानकारी लिने गरेको छ ।
० बहराइनमा नेपालीहरूको अवस्था के छ ?
–बहराईन एउटा सानो औद्योगिक मुलुक हो । त्यहा“ अधिकांश नेपालीहरू मजदुरी गर्न जाने नै हुन् । नेपालबाट म्यानपावर मार्फत् जाने मानिसहरू कैयांै ठगिएका छन् । एक दुई जना नेपालीहरूले त्यहा“ किराना पसल गरेका छन् । सामान्य होटेल खोलेका छन् । एक, दुई जना नेपालीले डान्सबार पनि चलाएका छन् ।
० बहराईनमा अहिले आन्दोलनको अवस्था के छ ?
–तीन महिने संकटकाल लगाएपछि पहिलेको जस्तो भीडन्त छैन । अक्कल झुक्कल सानातिना जुलुश निकाल्ने गर्छन् । प्रहरीले लखेट्ने गर्छ । सिया वस्तीतिर नारा लगाउने टायर बाल्ने र भाग्ने जस्ता गतिविधि बेलाबखत भइरहन्छन् । तर अहिले त्यस्तो गम्भीर अवस्था छैन ।
० बहराइनमा अमेरिकी सेना पनि छन्, होइन र ?
–हो, त्यहा“ अमेरिकन सेना छ । अमेरिकनहरूले
पेट्रोलियम पदार्थको उत्पादनका लागि त्यहा“ ठूलो एरिया ओगटेर बसेका छन् । त्यसको सुरक्षाका लागि अमेरिकन सेनाहरू छन् ।
० एकता समाज बाहेक नेपालीहरूको अरू संगठन पनि छन् बहराइनमा ?
–छन् । त्यहा“ एउटा “नेपाली क्लव” भन्ने संस्था छ । त्यो मजदुरहरूको संगठनभन्दा पनि हुने खाने धनाढ्य नेपालीहरूको संगठन हो । केही समस्या परेमा त्यहा“को सरकारले नेपाली क्लबलाई सम्पर्क गर्दोरहेछ । तर नेपाली क्लबले मजदुर नेपालीहरूको समस्या बुझ्न सक्दैन । एकपटक हाम्रा साथीहरूले उनीहरूका प्रतिनिधिहरू सित नेपाली मजदुरहरूको बारेमा कुरा गर्दा “हामीले सबैको समस्या समाधान गर्न ठेक्का लिएका छैनौं” भनेछन् । बहराइनमा मगर संघ, याक्थु· चुम्लु·का शाखा संगठनहरू र विभिन्न जिल्लाका सेवा समाजहरू पनि छन् । सेवा समाजहरूले आ–आफ्ना जिल्ला मात्र कुरा गर्दछन् । जातीय संगठनहरूले आफ्नो जातिका मात्र कुरा गर्छन् । तर एकता समाज मजदुरहरुकै संगठन भएकाले समग्र मजदुरहरूको समस्याबारे बोल्ने हाम्रो एकता समाज नै हो । ती विभिन्न खालका संगठनसित पनि हाम्रो छलफल, भेटघाट हुन्छ ।
० थप केही छ कि ?
–यो साप्ताहिकलाई विचार राख्न दिएकोमा धन्यवाद । विदेशमा भएर पनि हामीलाई हाम्रो देशप्रति माया छ । विदेशिनुको बाध्यताको कारण हामीलाई थाहा छ । देशमा भइरहेका हरेक गतिविधिलाई हामीले अध्ययन गरिरहेका छौं । विदेशमै भए पनि त्यहा“ पुगेका नेपालीहरूलाई हामीले संगठित गर्ने र राजनीतिक चेतना दिने काम गरेका छौं । समय समयमा हामीले हलभित्र भए पनि नेपालीहरूलाई जम्मा गरेर कलास प्रशिक्षणको व्यवस्था गरेका छौं । यसले पक्कै पनि नेपालको बामपन्थी र लोकतान्त्रिक आन्दोलनलाई मद्दत पु¥याउने छ भन्ने हाम्रो विश्वास छ ।

 

फोन्ट डाउनलोड
Kantipur , Kurti Dev 021, Himalli
How to Download and install font in your PC ? Please Click here
दस्तावेज

अन्तर्राष्ट्रिय एकता समाज

हाम्रोबारेमा

अभिलेखालय

तपाईको प्रतिक्रिया

हाम्रो सम्पर्क

विज्ञापनको लागि सम्पर्क
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com