० वि।सं। १९८१ असार १८ गते भारतको तत्कालीन सहसा्र टेढी
दीपनगर हाल सुपौल विहार मा निर्वासित पिताजी कृष्णप्रसाद कोइराला र आमा
दिव्या कोइरालाको कोखबाट जन्म भएको हो ।
० बनारस हिन्दू विश्वविद्यालयबाट बीए बीटी परिक्षा उत्तिर्ण गरेर आदर्श
बालिका विद्यालय विराटनगरमा गुरुआमाको रुपमा रहनुभएकी इष्टनाथ उपाध्यायकी
छोरी सुष्मासँग वि।सं। २००८ सालमा प्रणयसुत्र गाँसियो र २०११ सालमा छोरी
सुजाताको जन्म भयो ।
० जनकपुरपारी भारतमा गिरिजादेवीको दर्शन गर्न गएका कृष्णप्रसाद र गर्भिणी
दिव्याले छोरा वा छोरी जे जन्मे पनि त्यसको नाम गिरिजा राख्ने सङ्कल्प
गरेअनुसार उनको नाम रहेको हो । यस शब्दको अर्थ हिमालयकी छोरी अथवा
हिमालयबाट जन्मिएकी पार्वती भन्ने बुझिन्छ ।
० देशद्रोहको अभियोगमा निर्वासित भएका पितामाताले १९८६ मा स्वदेश फर्कने
अनुमति पाएपछि नेपाल आएर आफ्नै पिताजीले स्थापना गरेको देशकै पहिलो पूर्ण
सार्वजनिकरुपको आधुनिक स्कुल आदर्श विद्यालयबाट शिक्षारम्भ गरेका गिरिजा
शैक्षिक जीवन सामान्य रहेको थियो ।
० महात्मा गान्धीसँग प्रभावित भएर आदर्श जीवनयापन गर्न थालेका नेपालका
गान्धी कृष्णप्रसाद कोइरालाका जीवन दर्शनबाट अभिप्रेरित बनी राजनीतितर्फ
अग्रसर गिरिजा सबै परिवारको स्नेहपात्र रहेका थिए । जहाँनियाँ राणाशासनको
अन्त्य र प्रजातन्त्रको उदयका निम्ति आजीवन सङ्घर्ष गर्ने पिताजीको जीवन
सङ्घर्ष नै गिरिजाका निम्ति प्रेरणा स्रोत बन्न पुग्यो ।
० नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसादको सार्वजनिक
जीवन मोरङ कटन मिल विराटनगर को सामान्य मजदुरबाट प्रारम्भ भयो । मजदुरका
हितका निम्ति मालिकहरुका विरुद्ध आवाज उठाउन थालेपछि उनलाई सबै मजदुरहरुले
नेता माने । वि।सं। २००३ साल फागुन २१ गतेदेखि प्रारम्भ भएको मजदुर
आन्दोलनको नेतृत्व उनले लिए र विराटनगरका सात हजार मजदुर उनको आह्वानमा
आन्दोलित भए । सोही क्रममा बीपी गिरिजा मनमोहनजस्ता योद्दाहरु पक्राउ परे ।
अड्डासार गर्दै काठमाडौँ पुर् याइयो । यस क्रममा उनलाई तीन वर्ष थुनामा
राखियो ।
० राजनीतिज्ञ एवं कुशल सङ्गठनकर्ता गिरिजाको नेतृत्वमा २००७ सालको
जनक्रान्तिमा नेपाली काङ्ग्रेसले विराटनगर कब्जा गर्न मुक्ति सेनाको फौज
खटायो तर पहिलो आक्रमण असफल भयो । दोस्रो आक्रमणले विराटनगर कब्जा गर् यो ।
साथमा तारिणी कोइराला विश्वबन्धु थापा मुक्तिसेनाका कमाण्डर जीबी याकथुम्बा
आदि धेरै यौद्धाहरु थिए । उहाँद्वारा प्रदर्शित युद्ध कौशलतालाई हेरेर २०११
सालमा भएको भुटानको जनआन्दोलनलाई सघाउन पनि राष्ट्रको तर्फबाट उनलाई नै
खटाइएको थियो ।
० वि।सं। २०१२ सालमा वीरगन्जमा सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनले
प्रजातन्त्र राष्ट्रियता र समाजवादका नीतिगत कुराहरुका साथै पार्टीलाई अगाडि
बढाउन जिल्ला सभापतिहरुको निर्वाचन गर् यो । मोरङको सभापतिमा गिरिजाप्रसाद
निर्वासित भए ।
० वि।सं। २०१५ सालको निर्वाचनमा बीपीले चुनाव लड्ने कि पार्टी सङ्गठन गर्ने
भनेर प्रश्न गर्दा गिरिजाले पार्टी सङ्गठन रोजेका थिए । त्यसैले उनको
आजसम्म पार्टी सङ्गठनमा बलियो पकड पाइन्छ ।
० वि।सं। २०१७ साल पुस १ गतेको निरङ्कुश राजनीतिक दमनका क्रममा जेल परे ।
२०१९ सालमा उनकी पत्नी सुष्मा र नाबालक छोरी सुजातालाई पनि थुनियो । भारतका
समाजवादी नेता जयप्रकाश नारायण आएर उनलाई भेटे । त्यसपछि जेलभित्रै आमरण
अनसन सुरु गरेका कोइरालाको गिर्दो स्वास्थ्यदेखि डराएर २१ दिनपछि छाडिदिए ।
यो पटकको उनको जेल जीवन सात वर्ष रह्यो ।
० प्रेम विवाहको १६ वर्षपछि वि।सं। २०२४ सालमा उनले पत्नी वियोगको बेदना
सहनुपर् यो । पाकशास्त्रकी कुशल गृहिणी सुष्माको विद्यालयमै मट्टीतेलबाट
चल्ने रेपि्रुजेनेटरमा आगलागी हँुदा जलेर मृत्यु भयो । त्यसपछि ४३ वर्षीय
कोइरालाले आजीवन विदुर बस्ने सङ्कल्प लिए ।
० राजा महेन्द्रको २०१७ सालको कदमपछि थुनिएका बीपी र गणेशमानलाई छुटाउन उनले
गरेको प्रयत्न प्रशंसनीय थियो । २०२५ सालमा जेलबाट मुक्त भएपछि गिरिजाको
प्रशंसा गर्दै गणेशमानले भनेका थिए ँगिरिजा यत्रो कुशल वार्ताकार र
राजनीतिमा परिपक्व होलान् जस्तो मलाई लागेको थिएन ।’
० २०३० जेठ २८ गते नेपाल राष्ट्र बैङ्को पैसा लिएर विराटनगरबाट काठमाडांै
उडेको विमान अपहरण काण्डको नेतृत्व उनले गरेका थिए । सो विभानमा रहेको करिब
३० लाख रुपैयाँ लिएर निर्दलीय व्यवस्थाविरुद्ध सङ्घर्ष गर्ने आन्दोलनका
निम्ति हतियार खरिद गर्ने योजनाका योजनाकार स्वयं गिरिजा थिए ।
० २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्कदा
आवश्यक परे अर्को आन्दोलनको तयारीमा रहन गिरिजालाई भारतमै छाडेका थिए ।
त्यसबेला प्रवासमै बसेर उनले पार्टी सङ्गठनको व्यापक विस्तार गरेको थिए ।
यता निर्दलीय पाचायतका हिमायतीहरु गिरिजादेखि तसे्रका थिए । भारतमा जनमत
तयार गरी पाचायती शासकहरुलाई दबाब दिन उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका
थिए ।
० २०३४ सालमा पटनामा भएको नेपाली काङ्ग्रेसको सम्मेलनले उनलाई पार्टीको
महामन्त्री बनायो ।
० २०३७ वैशाख १ गते आममाफी पाएपछि गिरिजा स्वदेश फर्किए । पार्टी
महामन्त्रीको रुपमा राष्ट्रको भ्रमण गर्दै सङ्गठन बलियो बनाए । २०३९ सालमा
जननायक विश्वेश्वरप्रसाद कोइरालाले जीवनको अन्तिम क्षणमा ँगणेशमानमा भएको
त्याग दृढता भट्टराईको पोलिसी र गिरिजाको साङ्गठनिक क्षमताको प्रयोग नेपाली
काङ्ग्रेसमा भयो भने नेपालमा छिटो प्रजातन्त्र आउँनेछ’ भन्ने अभिव्यक्ति
प्रकट गरेर गिरिजामा रहेको साङ्गठनिक क्षमताको प्रशंसा गरेका थिए ।
० गिरिजालाई समाप्त गर्न धेरै साङ्घातिक हमला भए । २०४१ सालमा रुपन्देहीको
सुरजपुरमा उनको तालुमाथि मण्डलेका लाठी बसर्िए । सोही क्रममा यादवनाथ आलोक
सहिद भए ।
० २०४६ सालको जनआन्दोलन भयो । राजाको ३० वर्षे पाचायतले बिदा लियो ।
पाचायतलाई विदा दिने क्रममा गिरिजाको अहम् भुमिका रह्यो ।
० २०४८ सालको आमनिर्वाचनमा गिरिजाले मोरङ र सुनसरी जिल्लाका दुवै निर्वाचन
क्षेत्रबाट चुनाव जितेर दलको सर्वसम्मत नेतामात्र होइन २०४८ जेठ १२ गतेदेखि
देशको निर्वाचित प्रधानमन्त्री पनि बन्ने ।
० २०४८ मंसिर २१ गते बनारस हिन्दू विश्वविद्यालयले उनलाई ँडाक्टर अफ ल’ को
पाधि प्रदान गर् यो ।
० २०४९ कात्तिक ६ गते भारतका प्रधानमन्त्री पीभी नरिसंह राव र नेपालका
प्रधानमन्त्री कोइरालाले प्रज्ञा भवन काठमाडौँमा ँविश्वेश्वरप्रसादका
कोइराला नेपाल-भारत प्रतिष्ठान’ को संयुक्तरुपमा समुद्घाटन गरे ।
० राजनेता गिरिजाप्रसाद कोइराला सधै जनताको समीपमा रहन चाहन्छन् । त्यसैले
होला अरुले भन्दा धेरै बढी उनले राष्ट्रको भ्रमण गरेका छन् । उनका निम्ति
यो कुरा राजनीतिक सफलताको सुत्र मानिएको छ ।
० २०५० सालमा संयुक्त राष्ट्र सङ्घको ४८ औँ महाधिवेशनमा भाग लिन नेपाली
प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क गएका बेला विश्व लेखक समाजको
प्रमुख आतिथ्य स्वीकार्दै ँवातावरणको महत्व र प्रकृतिको संरक्षण’ विषयमा
सारगर्भित प्रवचन दिएका थिए ।
० संसदको प्रमुख प्रतिपक्षी एमालेले उनलाई प्रधानमन्त्रीबाट हटाउन २०५०
फागुन ८ गते संसदमा अविश्वास प्रस्ताव दर्ता गरायो तर ८१ का विरुद्ध ११३ मत
ल्याई अझ बलियो प्रधानमन्त्री सावित भए । यो निर्वाचन फागुन २३ र २०५० मा
भएको थियो ।
० २०५१ साल कात्तिक २६ गते सम्पन्न दोस्रो आम निर्वाचनमा पनि नेता गिरिजाले
सुनसरी र मोरङका दुवै निर्वाचन क्षेत्रबाट चुनाव जितेर संसदमा पुगे ।
पार्टीभित्रको विद्रोहले गर्दा एमाले ८८ र काङ्ग्रेसले ८३ सिट ल्यायो ।
त्यसकारण कोइराला प्रतिपक्षी दलका नेता भए । एमालेका नेता मनमोहन अधिकारीको
नेतृत्वमा सरकार बन्यो । २०५३ भदौ २५ गते अविश्वासको प्रस्तावद्वारा एमालेको
सरकार हटाएपछि शेरबहादुर देउवाको नेतृत्वमा मिलिजुली सरकार गठन भयो ।
० २०५४ चैत ३० गते सबैका साझा नेताका रुपमा गिरिजा दोस्रोपटक प्रधानमन्त्री
बने । दोस्रो विश्वयुद्धताका जब-जब बेलायतलाई सङ्कट आइपर्छ तब-तब राष्ट्रिय
नेता चर्चिललाई सम्झिए झैं सङ्कटको घडीमा गिरिजालाई पुनः प्रधानमन्त्रीको
जिम्मा दिइयो । त्यो बेला संसदमा विश्वासको मत िलंदा पक्षमा १४४ र विपक्षमा
४ मत परेका थियो ।
० वि।सं। २०५५ पुस ५ गते अल्पमतको सरकारबाट राजीनामा दिन पुगेका कोइराला
पुस ८ गते नेकपा एमालेको समर्थनमा पुनः तेस्रोपटक प्रधानमन्त्री भए ।
प्रधानमन्त्री गिरिजाको भाषण जहिले पनि छोटो र सोझो हुन्थ्यो । उनी जे
बोल्छन् त्यही गर्छन् भन्ने छाप जनतामा परेको पाइन्छ ।
० लोकतान्त्रिक आन्दोलनका नायक गिरिजा देशमा राजनीतिक स्थायित्व शान्ति
राष्ट्रिय एकता एवं अखण्डताका विषयमा बढी चिन्तित भएको पाइन्छ । यी
कुराहरुले स्थायित्व नपाएसम्म देशमा सुख शान्ति अमनचयन सम्भव छैन भन्ने उनको
धारणा थियो ।
० गिरिजाको कठोर परिश्रमले काङ्ग्रेसले २०५६ सालको निर्वाचनमा स्पष्ट बहुमत
ल्यायो र पसा्रबाट विजयी नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनायो
।
० पार्टी सभापति गिरिजासँगको मतभेदका कारणले नेता भट्टराईले प्रधानमन्त्री
पदबाट राजीनामा गरे । संसदीय दलको निर्वाचनमा देउवालाई हराएर कोइराला
चौथोपटक प्रधानमन्त्री बन्न सफल भए ।
० वि।सं। २०५७ सालमा नेकपा एमाले ले ५७ दिनसम्म संसद अवरुद्ध गरेर नियमित
प्रकि्रयालाई अनिर्णयको बन्दी बनाउँदा पनि प्रधानमन्त्री गिरिजामा विचलन
आएन ।
० माओवादी जनयुद्ध अशान्ति र पार्टीभित्रको मतभेदका कारण अबको राजनीति
शान्ति र समझ्दारीबाट मात्र चल्न सक्ने देखि नेता गिरिजाले बृहद्
प्रजातान्त्रिक मोर्चाको परिकल्पना गर्दै २०५८ साउन ४ गते प्रधानमन्त्रीबाट
राजीनामा दिए । कसैले मास्न नसक्ने लोकतन्त्र नआएसम्म विश्राम नलिने
सङ्कल्प थियो । निरङ्कुश राजतन्त्रको अन्त्य र माओवादी विद्रोहलाई
शान्तिपूर्ण अवतरण गराउँने कार्यमा उनी होमिए । संसदवादी सबै पार्टीलाई
प्रजातन्त्रको निरन्तरताका निम्ति एक गराएर २०५९ वैशाख २७ मा ऐतिहासिक
सहीदगेट भेलामा जनताका बीच शपथ खुवाए ।
० २०५९ जेठ ८ गते मध्य राति प्रधानमन्त्री देउवाले कुनै मन्त्री वा
राजनीतिक व्यक्तिहरुसँगको सल्लाहबेगर प्रतिनिधिसभा राजाद्वारा विघटन गराए ।
त्यसपछि नेता कोइराला एक्लै संसद् पुनस्र्थापनाको प्रस्ताव बोकेर अगाडि बढे
। उनले बृहत प्रजातान्त्रिक मोर्चाको अभियानलाई पनि छाडेनन् ।
० काठमाडौँमा सम्पन्न ११ औँ महाधिवेशनमा गिरिजा तेस्रोपटक पार्टी सभापति
चुनिए । उनले ८६ प्रतिशत मत पाएका थिए ।
० २०६० वैशाख २८ का दिन जनआन्दोलन २ का कमाण्डर गिरिजाप्रसाद राजा
ज्ञानेन्द्रका तानाशाही कदमविरुद्ध सडकमा उत्रिए । संसद्विना
प्रजातान्त्रिक सरकार अपूरो हँुने कुरामा उनको अडान थियो । घटनाक्रमले
उनलाई अन्तर्राष्ट्रियस्तरमा परिचित राजनेता बनाइसकेको थियो । देशका
राष्ट्रसेवक वकिल बुद्धिजीवी प्राध्यापक मानव अधिकारकर्मी सबैले सडकमा
उत्रिएर प्रजातान्त्रिक आन्दोलनलाई सघाए । नेकपा एमाले जनमोर्चा नेपाल
सद्भावना पार्टी नेपाल मजदुर किसान पार्टी आदिले नेपाली काङ्ग्रेससँग
सहकार्य गर् यो । कोइरालाकै पहलमा नेकपा माओवादी पनि जनआन्दोलन २ मा
सम्मिलित भयो । त्यसबला कोइरालाले प्रतिनिधिसभाको पुनस्र्थापना सर्वदलीय
सरकार माओवादीसँगको वार्ता र संविधानसभाको निर्वाचन चार एजेन्डालाई दृढताका
साथ अगाडि बढाएका थिए ।
० २०६२ असार १ गते माओवादी नेताहरुसँग कोइरालाले भारतमा वार्ता गरे ।
उनीहरुलाई राजनीतिको मूलधारमा ल्याएर बहुदलीय राजनीतिलाई गति दिन भगिरथ
प्रयत्न गरे ।
० २०६२ मंसिर ७ गते उनकै पहलमा संसद्वादी र माओवादीबीच नयाँ दिल्लीमा १२
बुंदे समझ्दारी भयो ।
० २०६२ चैत २४ गते उनकै नेतृत्वमा संयुक्त जनआन्दोलन भयो ।
० २०६३ वैशाख ११ गते राति १९ दिने जनआन्दोलनबाट डराएका राजाले
प्रतिनिधिसभाको पुनस्र्थापनाको घोषणा गरेर जनताको सार्वभौम अधिकार जनतालाई
नै फर्काइदिए । गिरिजाको सङ्कल्पले सार्थकता पायो । लोकले उनलाई राजनेताको
मर्यादा प्रदान गर् यो ।
० २०६३ वैशाख १२ गतेदेखि पाँचौँ पटक प्रधानमन्त्री बने ।
० २०६४ वैशाख ९ गते माओवादी सहितको सरकारमा छैटौँपटक प्रधानमन्त्री बने ।
० २०६४ चैत २८ गते उनकै नेतृत्वमा नेपालको इतिहासमा पहिलोपटक संविधानसभा
निर्वाचन सम्पन्न भयो ।
० २०६५ जेठ १५ गते