नेपालको राजनीतिमा भैंसी पुजाले क्रान्तिकारी प्रवेश
पाएको छ । भैंसी पुजा गरेर ग्रहदशा शान्त पार्ने नेताहरुमा वर्तमान सरकारका
उप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता कोइराला जोस्ट त्यस्तो
परिवारसँग सम्बन्ध राख्छिन् जुन परिवारले धेरैजसो धार्मिक संस्कार छोड्दै
आएको थियो भने उनको श्रीमानतर्फको धर्म संस्कारअनुसार भैंसी पुजा हँुने त
प्रश्नै आउँदैन । यो सनातन हिन्दू धर्मको ज्योतिष शास्त्रअनुसार ग्रह शान्त
गर्ने विधि भएकाले माइती परिवारका अन्य सदस्यहरुको भन्दा सुजाताको धर्म
संस्कारप्रतिको अलग दृष्टिकोण हुन नसक्ने भन्ने कुरो होइन । त्यसकारण उनले
भैंसी पुजा गरेर शनिग्रहको कुदृष्टि शान्त पार्न खोज्नु उनको निजी विश्वासको
कुरो हो । कसैको पनि निजी विश्वास र व्यवहारलाई सार्वजनिक चासोको विषय
बनाउँनु न आवश्यक छ न त उचित नै तर द्वन्द्वात्मक भौतिकवादी दर्शनका आधारमा
नेपालमा क्रान्तिकारी परिवर्तनको उद्देश्य लिएर िहंसात्मक विद्रोहको
नेतृत्व गरेका एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल ँप्रचण्ड’
ले पनि शनिग्रहको प्रकोपबाट बच्नका लागि भैंसी पुजा गरेको सचित्र समाचार भने
निजी चासो र सरोकारको दायराभित्र राखेर हेर्न अवश्य नै मिल्दैन होला ।
प्रचण्डको नेतृत्वमा भएको िहंसात्मक विद्रोहमा उनका कार्यकर्ताले गाई गोरु
लुट्दै काटेर खाने गर्थे । सनातन हिन्दु धर्म संस्कार र संस्कृतिअनुसार गाई
काटेर मार्नु जघन्य अपराध मानिन्छ । त्योभन्दा पनि गम्भीर अपराध त माओवादीले
त्यस्ता मानिसको हत्या गरेका छन् जसले आफ्ना बाबु-आमाको मृत्यु संस्कार
हिन्दू परम्परानुसार गरेका थिए अथवा हिन्दु धर्म परम्परानुसार आफ्ना
बाबु-आमाको काजकिरिया गर्न बसेका जसलाई किरियापुत्री भन्ने गरिन्छ र
सामान्य मानिसले तिनलाई छुनसमेत नहँुने परम्परागत नियम छ तिनलाई समेत
माओवादीले हत्या गरेका छन् । माओवादीले त्यसरी किरियामा बसेकाहरुको हत्या
गरेको लामै सुचि आवश्यक परे प्रस्तुत गर्न सकिन्छ । एकातिर माओवादीको
सर्वोच्च नेतृत्व आफ्नो ग्रहशान्तिका लागि भैंसी पुजा गर्छन् र आम जनतालाई
भने धर्म संस्कार पालन गरेकै कारण हत्या गराउँछन् भने यसलाई के भन्ने
प्रचण्डको यो भैंसी पुजापछि पनि गाई लुट्दै काटेर खाने र किरियापुत्रीको
हत्या गर्ने ती माओवादी कार्यकर्ताले आफ्ना अध्यक्षसँग किन यो प्रश्न
गरिरहेका छैनन् यदि आफ्नो धर्म संस्कारको पालन गर्नु अपराध होइन भने गाई
काट्ने र किरियापुत्री मार्ने कामलाई किन समयमै रोकिएन यदि यो अपराध हो भने
भैंसी पुजा गर्ने हाम्रा अध्यक्ष किन अपराधी होइनन् अब पनि माओवादी नेता र
कार्यकर्ताले प्रचण्डसँग यी प्रश्न गरेर एउटा टुङ्गो लगाउन सकेनन् भने
तिनलाई केवल दासहरुको जमात भन्नुपर्ने हुन्छ ।
हुन त नेपालजस्ता गरिब र न्यून चेतना भएको समाजमा क्रान्ति परिवर्तन र
मुक्तिका नाममा केही महत्वकाङ्क्षी छट्टु नेताहरुले आफ्नो आज्ञापालक जमात
बनाउँने गरेका अनगिन्ती उदाहरण छन् । एक्काइसौँ शताब्दीमा पनि यस्तो आधुनिक
दास बनाउँने खेती रोकिनुको सट्टा झन् बढिरहेको छ । मानव सभ्यताको कुने
कालखण्डमा युद्धद्वारा विजेताहरुले पराजित पक्षलाई दास बनाउँने र
तिनीहरुलाई जबरजस्ती श्रम गराने गरेको वर्णन पर्याप्त भेटिन्छ । आज मानिसले
मानिसलाई त्यसरी दास बनाउँनेसमय होइन । त्यसैले असमानता गरिबी र न्यून
चेतनाको बाहुल्य भएको हाम्रोजस्तो समाजमा क्रान्ति परिवर्तन र मुक्तिका
नाममा स्वेच्छाले आज्ञापालक जमात बनाउँने खेती गरिन्छ र यो निकै लाभदायक
खेती हो जसको त्याग र बलिदानबाट शक्ति र सत्ता प्राप्त गर्न सकिन्छ जसलाई
आधुनिक शोषण पद्धति पनि भन्ने गरिन्छ । हुन त मानव सभ्यताको इतिहासमा
क्रान्ति परिवर्तन र मुक्तिको अर्थ केवल शोषणका लागि हो भन्नु गलतमात्रै
होइन अपराध नै हो ।
मानव मुक्तिका लागि भएका महान् क्रान्तिले गर्दा नै मानव जाति आजको अवस्थामा
आइपुगेको हो तापनि यसबाट समय-समयमा ठगी र शोषण नभएको पनि होइन । त्यसैले
हाम्रो वर्तमान विद्रोहको नेतृत्वले धर्मभिरु र रुढीवादविरुद्ध अरुलाई
दण्डित गर्ने नाममा ज्यानसमेत लिने गर्छ तर आफू भने त्यही धर्मभिरु रुढीवाद
पालन र पक्षपोषण गर्छ र उसका तमाम सहयोगी र अनुयायी त्यसका लागि प्रश्न
गर्न पनि सक्दैनन् भने त्यस्तो जमातलाई क्रान्ति र परिवर्तनप्रति समर्पित
सचेत जमात होइन क्रान्ति परिवर्तन र मुक्तिका नाममा जम्मा गरिएका दासहरुको
जमात भन्नुपर्ने हुन्छ तर यतिबेलासम्म आफ्ना ती भैंसीपुजक अध्यक्ष
प्रचण्डसँग कुनै पनि माओवादी नेता र कार्यकर्ताले त्यसका बारेमा प्रश्नसम्म
गरेको सुनिन आएको छैन बरु एकजना माओवादी केन्द्रीय सदस्यको भनाई यस
सम्बन्धमा के थियो भने साम्राज्यवादीका दलाल र सामन्ती तत्वले माओवादीलाई
बद्नाम गर्न माओवादीले धर्म संस्कृति र परम्परा मान्दैन र अरुलाई मान्न पनि
दिदैन भन्ने प्रचार गरेर हाम्राविरुद्ध जनभावना बनाउन खोजेकाले हाम्रा
अध्यक्षले नै त्यसो गर्नुपरेको हो । यो भन्दा कपटपूर्ण अर्को ठगी के हुन
सक्छ
यसको अर्थ माओवादी धर्मविरोधी होइनन् यो केवल साम्राज्यवादी र सामन्तीको
प्रचारमात्रै हो । प्रचण्डको नेतृत्वमा भएको िहंसात्मक विद्रोहको समयमा
किसानका गोरु र गाई लुटेर खाने काम र कोराभित्र पसेर किरियापुत्री मार्ने
काम गरेका कारणले होइन केवल विरोधीले प्रचार गरिदिएका कारणले मात्रै जनभावना
प्रतिकूल हँुने अवस्था आएकाले अध्यक्षले भैंसी पूजा गर्नुपरेको हो भन्नु र
त्यसलाई पत्याउँनु दुवै चेतनाहीन दासताको चरम नमुना हो । त्यसैले अहिलेका
यी क्रान्तिकारी जसको नेतृत्वमा बाबुको किरिया गरेको कुरालाई अपराध मानेर
हत्या गर्दछन् र तिनैको मूल नेताले भैंसी पुजा गरेकोलाई चािहं उचित ठहर् याउन
अनेक तर्कको सहारा लिन्छन् भने तिनलाई आस्थाका लागि क्रान्तिमा समर्पित भएका
सचेत मुक्ति योद्दा भन्ने कि नेताका दास भन्ने स्वयं आफै निर्णय गरुन् ।
माओवादी नेतृत्व आफ्नो सिद्धान्त र जीवन दर्शनप्रतिसमेत दृढ छैन भने ऊ केमा
विश्वास गर्दछ त एउटा कम्युनिष्टका रुपमा ऊ ऐतिहासिक द्वन्द्वात्मक
भौतिवादप्रति पनि दृढ छैन भन्ने कुरो भैंसी पुजाले प्रष्ट पारेको छ । यदि
आफ्नो जीवन दर्शनप्रति नै ऊ विश्वस्त र दृढ छैन भने कसरी ऊ आफ्ना सहिद
सहकर्मी र सहयोगीप्रति विश्वस्त हुन सक्छ त्यस्तै जो मानिस आफ्ना लागि
ज्यान उत्सर्ग गर्ने सहयात्रीप्रति इमानदार छैन भने त्यो देश र जनताप्रति
कसरी इमानदार रहन्छ भनेर अपेक्षा गर्ने त्यसैको परिणाम हो- विगतका सहमति र
सम्झौता बेवारिसे बनेका ।
आजको कटु यथार्थ के हो भने वर्तमान नेतृत्व केवल आफ्नो स्वार्थका लागि
बाहेक कुनै पनि कुरामा इमानदार छैन । त्यसले आफ्ना स्वार्थ पूरा नहँुने
अवस्थामा देश र जनताको पक्षमा काम गर्छ भनेर कसरी विश्वास गर्नु तर यो
प्रश्न माओवादी नेतृत्वसँग मात्रै सम्बन्धित छैन अहिलेका सबै राजनीतिक
पार्टीको नेतृत्वसँग सम्बन्धित छ । त्यसैले भैंसी पुजाले कुनै एउटा नेताको
ग्रहदशा सपि्रन सक्छ भनेर प्रचण्डले जस्तै अन्धविश्वास मान्ने नै हो भने
देश र जनताको ग्रहदशा सप्रनका लागि समाकालीन राजनीतिलाई प्रभाव पार्न
सक्नेहरुको ग्रहदशा सप्रन आवश्यक छ ।
नेपालका अधिकांश बृद्धिजीवी राजनीति नेताहरुलाई आफ्नो र आफ्नो दलको
स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थ हेर्ने सल्लाह दिने गर्छन् । यो
अत्यन्त सतही अज्ञानतासूचक अभिव्यक्ति हो । कुनै पति पाटीको नेता र
कार्यकर्ता सचेततापूर्वक आफ्नो पार्टीको घोषित नीति र सिद्धान्तमा दृढ रहने
हो भने राजनीतिमा अहिले देखिएका धेरै समस्या उत्पन्न हँुने थिएनन् । यदि
माओवादी र संसदीय सात राजनीतिक पार्टीहरु आफ्नो पार्टीको घोषित सिद्धान्त र
नीतिप्रति दृढ रहन्थे भने दुवै पक्षबीच सहमति र सम्झौता गर्ने बेलामा दसपटक
सोच्ने थिए तर एकपटक सहमति र सम्झौता गरेपछि त्यसको इमानदारीपूर्वक पालन पनि
गर्ने थिए । यसरी पालन गर्ने हो भने यी समस्या आउँने थिएनन् र समस्याको जरो
कहाँ छ भने यिनीहरु आफ्नै पार्टीको घोषित सिद्धान्त र नीतिप्रति पनि
इमानदार छैनन् र आफ्ना पार्टीका लागि बलिदान गर्नेप्रति पनि इमानदार छैनन् ।
समस्या आत्मसन्तुष्टिका लागि भैंसी पुजा गर्नुसँग छैन समस्या सबै पुजाको
विरोध गर्दै आफूचािहं भैंसी पुजा गर्नुमा छ । यो पाखण्डता होइन गम्भीर
अपराध नै हो ।
अन्नपूर्ण पोष्ट १६ फागुन