fo'o usikyh] Nkik
laLdj.kek rikbZykbZ Lokxr N |
||
‘पु“जी पटक–पटक अध्ययन गर्नुपर्दछ’ काठमाडौ“ । अखिल नेपाल वुद्धिजीवी सङ्घ, काठमाडौ“को आयोजनामा “कार्ल माक्र्सको पु“जी र नेपालको अर्थ–राजनीति” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल ल क्याम्पसमा पौष १६ गते आयोजित उक्त कार्यक्रममा ‘पु“जी’ का नेपाली अनुवादक तथा ने.क.पा. (एकीकृत) का नेता युवराज पन्थी र वाम विश्लेषक अपत्य शर्माले विषय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विषय प्रस्तुत गर्दै नेता पन्थीले ‘पु“जी’ मा द्वन्द्ववादी दर्शन प्रयोग गरिएको बताउ“नुभयो । लिखित पेपर वाचन गर्दै उहा“ले पु“जीको अध्यायगत संरचनाबारे विस्तारमा चर्चा गर्नुभयो । ‘वस्तु कसरी माल बन्दछ ? यहा“बाट सुरू गरेर सर्वहारा कसरी जन्मन्छ ? पु“जीपतिहरूले कसरी शोषण गर्दछन् ? कसरी पु“जीपति र सर्वहारा वर्गका हित एक–अर्काका विपरित हुन जान्छन् ? किन पु“जीपति वर्गको सत्ता हत्याउन सर्वहारा वर्गले वलजफ्ती गनुपर्दछ ? यावत विषयहरू बुझ्नका लागि पु“जीको अध्ययन गर्नैपर्दछ’ उहा“ले ‘पु“जी’ बारे प्रस्ट्याउ“नुभयो । उहा“ले ‘पु“जी’ का अध्ययन पटक–पटक गर्नुपर्ने आवश्यकता औल्याउ“नुभयो । उहा“ले नेपालको अर्थ–राजनीतिलाई पनि पु“जीका अध्ययनबाट बुझ्न सकिने बताउ“नुभयो । ‘यद्यपि नेपालको अर्थ–राजनीति पु“जीको चरणमा प्रवेश गरेको छैन’ उहा“ले नेपाल अझै पनि अर्ध–सामन्ती तथा अर्ध–औपनिवेशिक चरणमा रहेको बताउ“दै अगाडि भन्नुभयो— ‘नेपालको पु“जी कृषि पु“जी हो, त्यो पनि वैज्ञानिक प्रविधि प्रयोग गरिएको नभएर सामन्तीप्रकारको ।’ कार्यक्रमका अर्का अतिथि अपत्य शर्माले आफूलाई नेपालको अर्थ–राजनीतिमाथि केन्द्रित गर्नुभएको थियो । उहा“ले नेपालको अर्थतन्त्र विप्रेषणमा टिकेको बताउ“नुभयो । ‘तर विप्रेषणलाई लगानीतर्फ प्रोत्साहन दिनेतिर सरकारको ध्यान छैन’ उहा“ले अगाडि चर्चा गर्नुभयो— ‘नेपालीहरू विदेशमा कमाएर ल्याएको रकमले घरघडेरी किन्छन् । परिवारको पालनपोषणमा खर्च गर्छन् । सकिएपछि पुनः फेरि विदेसिन्छन् ।’ उहा“ले विप्रषणलाई लगानीतर्फ परिणत गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । जापानमा कुनै समय श्रमशक्तिको विदेश पलायनको स्थिति रहेकोमा हाल स्थिति फेरिएकोबाट नेपालले पनि शिक्षा लिनुपर्ने धारणा उहा“ले व्यक्त गर्नुभयो । अर्कोतिर सरकारले बजटको ठूलो हिस्सा अनुत्पादन क्षेत्रमा लगानी गरेकोमा आलोचना गर्नुभयो । उपर्युक्त दुवै अतिथिहरूबाट विषय प्रस्तुत गरिएपछि प्रकाश थापा मगरले टिप्पणी गर्दै दुवै विषयहरू आफैमा गहन र विस्तृत भएकाले विषयको विस्तारपूर्वक चर्चा गर्न छोटो समयमा सम्भव नभएको बताउ“नुभयो । ‘तैपनि अतिथिहरूले जे–जति विषय प्रस्तुत गर्नुभयो, त्यसबाट अध्ययन, अनुसन्धानलाई अगाडि बढाउन मद्दत पुग्नेछ’ उहा“ले थप्नुभयो । उहा“ले आर्थिक संरचनाका बारेमा गहिरो ज्ञान नहू“दा राजनीतिक चिन्तन पनि उपरीप्रकारको हुने बताउ“नुभयो । अतिथिहरूका प्रस्तुतिका सम्बन्धमा कार्यक्रमको अन्तमा उपस्थित जनसमुदायबाट प्रश्न गरिएको थियो । त्यसको जवाफ अतिथिहरूले दिनुभएको थियो । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि भारतको हस्तक्षेपबारे चर्चा गर्ने क्रमका अतिथि पन्थीले नेपाल र भारतको सिमानामा दुवैतिरबाट ५÷५ किलोमिटर लिएर पूर्वदेखि पश्चिमसम्म ठूलो ड्याम बनाएमा भारतीय हस्तक्षेप बन्द हुने बताइरहदा जनताको माझबाट टिप्पणी आएको थियो– ‘पन्थीको साेंचाईले भारतको नदि जडान योजनालाई मद्दत पुग्नेछ ।’ कार्यक्रम जिल्लाध्यक्ष समिरसिंहको अध्यक्षता तथा सचिव भरतमणि भण्डारीको सञ्चालनमा अगाढि बढेको थियो । जिल्ला उपाध्यक्ष गुप्तबहादुर के.सी. ले स्वागत गर्नुभएको थियो । सो अवसरमा सङ्घका केन्द्रीय सदस्य लीलाबहादुर जि.सी., अखिल छैठौ“का अध्यक्ष अनिलकिशोर घिमिरे, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, महिला सङ्घकी महासचिव सरस्वती पौडेल, साहित्यकार गोविन्द आचार्यलगातयको पनि उपस्थिति रहेको थियो । रक्तिमको ‘विशेष अभियान’ शुरू काठमाडौ“ । रक्तिम सांस्कृतिक अभियानले बाग्लुङ र प्यूठानमा विशेष सङ्गठनात्मक अभियान सुरू गरेको छ । बाग्लुङमा पौष १५ बाट नै अभियान सुरू गरिएको छ भने प्यूठानमा २० पौषबाट सुरू हु“दैछ । मंसिर २८ र २९ मा दाङमा सम्पन्न रक्तिम केन्द्रीय समिति बैठकले बाग्लुङ र प्यूठान जिल्लामा पौष १५ बाट ‘विशेष सङ्गठनात्मक अभियान’ सञ्चालन गर्ने निर्णय गरेअनुसार रक्तिमको अभियान सुरू भएको हो । अभियानको क्रममा पौष १९ देखि बाग्लुङको हुग्दीशिरमा रक्तिमले सांस्कृतिक प्रशिक्षण शिविर सुरू गरेको छ । बाग्लुङमा रक्तिमका केन्द्रीय सचिव मानबहादुर भण्डारीको नेतृत्वमा केन्द्रीय सदस्यहरू भरत श्रेष्ठ, दानबहादुर थापा र धनबहादुर, सल्लाहकार दिलमाया“ पुन, रक्तिमका कलाकारहरू जीवलाल शर्मा, गीता थापा र खेम सेपुर्जा सम्मिलित रहनुभएको टोलीले अभियानको कार्यक्रम अगाडि बढाइरहेको छ । अभियानअन्तर्गत टोलीले प्रशिक्षण, सदस्यता वितरण र समिति गठनलगायतका कार्यक्रम गरिरहेको छ । बुधवारबाट सुरू गरिने प्यूठानको अभियान सञ्चालनका लागि रक्तिमका महासचिव रेम राना मङ्गलवार प्यूठान पुग्नुभएको छ । उहा“का अनुसार केन्द्रीय कलाकार सुमन रोकालगायत सहभागी रहनुभएको छ । केन्द्रीय सचिव मानबहादुर भण्डारीको उपस्थितिमा ९ पौषमा सम्पन्न रक्तिम बाग्लुङको बैठकले जिल्लामा सञ्चालन गरिने विशेष सङ्गठनात्मक अभियानको डेढ महिने कार्यतालिका तय गरेको थियो । रक्तिम बाग्लुङले दिएको विवरणअनुसार पौष १५ देखि २५ सम्म वरेङ क्षेत्रमा अभियान चल्नेछ । जसमा १८ गतेसम्म सङ्गठन विस्तारमा टोली जुट्नेछ भने पौष १९ देखि २५ सम्म टोलीले हुग्दीशिरमा एक हप्ते प्रशिक्षण शिविर सञ्चालन गर्नेछ । पौष २६ देखि माघ ७ सम्म जिल्लाको दक्षिणी क्षेत्रमा अभियान चल्नेछ । जसमा पौष २६ र २७ मा छिस्ती गाविसमा २८ देखि ३० सम्म जैदीमा र माघ २ र ३ गते अर्जेवामा टोलीले कार्यक्रम अघि बढाउ“नेछ । यसैगरी माघ ४ देखि ६ सम्म राङखानीमा, ७ गते व्याडथलामा एरिया भेला, ८ र ९ गते पैयुथन्थापमा, १० गते दमेकमा, ११ गते कुश्मिसेरा, १२ गते बिनामारे, १३ गते सर्कुवामा एरिया भेला, १७ र १८ गते दधामा, २० र ११ गते बोहरागाउ“, २३ गते अधिकारीचौर, २५ र २६ गते खु“गामा र माघ २८ देखि २९ सम्म बुर्तिवाङ क्षेत्रमा अभियानको कार्यक्रम सञ्चालन गरिनेछ । यसैबीच अभियान सञ्चालनमा जुटेको टोलीले पौष १४ मा धुल्लु बास्कोट– ७ गडेलमा रक्तिमको गाउ“ इकाई समिति गठन गरेको छ । गठित ९ सदस्यीय सो समितिको अध्यक्ष मीना थापा, सचिव जालपी थापा र कोषाध्यक्ष सम्झना थापा रहनुभएको छ । समितिका सदस्यहरूमा जुना वि.क., खिरमाया“ थापा, गीता वि.क., प्रेम थापा र निरज वि.क. रहनुभएको छ । समितिको एक स्थान रिक्त राखिएको छ । मानबहादुर भण्डारी, भरत श्रेष्ठ र दिलमाया“ पुनको उपस्थितिमा सो समिति गठन गरिएको थियो । अभियानको क्रममा १६ गते बाटाकाचौरको साग्दीमा रक्तिमको गाउ“ समितिमा प्रशिक्षण सम्पन्न भएको छ भने १७ गते सुखौरा गाउ“ समिति गठन गरिएको छ । उक्त समितिको अध्यक्ष कुसुम पुन, उपाध्यक्ष शोभा थापा (क), सचिव दुर्गा सेर्पुजा, सहसचिव रेशम सेर्पुजा र कोषाध्यक्ष भेषकुमारी खत्री रहनुभएको छ । सदस्यहरूमा शोभा थापा (ख), पूजा दर्जी, प्रबल सेर्पुजा र हस्मिला सेर्पुजा रहनुभएको छ । समितिको २ स्थान रिक्त राखिएको छ । यसैगरी १८ गते हुग्दीशिर– ३ मा सिग्दी गाउ“ समिति गठन गरिएको छ । सो समितिको अध्यक्ष पूर्ण काउछा, उपाध्यक्ष्ँ अमृता पुन, सचिव इन्द्र पुन, सहसचिव पवन पुन र कोषाध्यक्ष जीपु पुन रहनुभएको छ भने सदस्यहरूमा जितन पुन, चमेली पुन (क), धनु पुन, पुष्षा पुन, निता काउछा र चमेली पुन (ख) रहनुभएको छ । विज्ञहरूको भेला सम्पन्न काठमाडौं । आइसीओआरको निर्णय अनुसार १,२ र ३ अप्रिल २०१२ तदनुसार २०६८ चैत्र १९,२० र २१ गते भारतको नया“ दिल्लीमा हुन गइरहेको एसियन कृषि सम्मेलनमा भाग लिन जानको लागि पूर्व तयारीस्वरूप कृषि र वातावरणसित सम्बन्धित विज्ञ र जानकारहरूको भेला सम्पन्न भएको छ । अखिल नेपाल किसान संघका केन्द्रीय अध्यक्ष भरत भण्डारीको संयोजकत्वमा १६ पौषमा सम्पन्न सो भेलामा विभिन्न विषयमा छलफल गरिएको थियो । भेलाले एसियन कृषि सम्मेलनमा पेश गर्ने, नेपालको कृषि सम्बन्धी र वातावरणीय समस्या, विश्व व्यापार संगठन र जेनेटीक इन्जिनियरिङले पारेको असर सम्बन्धमा दुई वटा छुट्टाछुट्टै कार्यपत्रहरू तयार गर्न ४÷४ जनाको कार्यदल गठन गरेको छ । भेलाले आगामी माघ २१ गते काठमाडौंमा “नेपालको कृषि क्षेत्रमा भूमण्डलीकरणको प्रभाव” विषयक बृहत् अन्तक्र्रिया गर्ने ठेगान पनि गरेको अनेकिसंघका अध्यक्ष भरत भण्डारीले बताउनुभयो । श्रद्धाञ्जली सभा सम्पन्न नवलपरासी । राष्ट्रिय जनमोर्चा, नवलपरासीका सक्रिय कार्यकर्ता कृष्ण सुवेदी र गोविन्द थापाको निधन भएको १३ औ“ दिन पौष १५ मा उहा“हरूको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । राजमो, अमरापुरीको आयोजनामा भएको सो सभालाई सम्बोधन गर्दै ने.क.पा. (मसाल) का प्रवक्ता हरि आचार्यले कमरेड सुवेदी विगत दश वर्षदेखि र थापा विगत पा“च वर्षदेखि ने.क.पा. (मसाल) का पार्टी सदस्य रहेको जानकारी गराउ“दै उहा“हरूको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको बताउ“नुभयो । “पार्टी सङ्गठनले दिएको जिम्मेवारी कमरेड सुवेदी र थापाले जिम्मवारीपूर्ण ढङ्गबाट पूरा गर्नु हुन्थ्यो” मृतक सुवेदी र थापाले पार्टीमा पु¥याउ“नुभएको योगदानको चर्चा गर्दै प्रवक्ता आचार्यले भन्नुभयो— “पार्टी, सङ्गठन र आन्दोलनबाट भाग्नेहरू जिउ“दै मरिरहेका हुन्छन् तर निरन्तर क्रान्तिपथमा पाइला चाल्ने कमरेड सुवेदी र थापाजस्ता योद्धाहरू मरेर पनि बा“चिरहेका हुन्छन् ।” उहा“ले मृतक दुवै योद्धाप्रति पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोक–सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । शोकसभालाई सम्बोधन गर्दै वामपन्थी नेता कृष्णराज पौडेलले मृतक कामरेड कृष्ण र गोविन्दलाई ‘क्रान्तिप्रति बफादार र इमान्दार सिपाही’ को संज्ञा दिनुभयो । उहा“ले भन्नुभयो— “हरेक मानिस जीवन र मृत्युस“गै लिएर हि“डिरहेको हुन्छ । मृत्यु जीवनकै एक अभिन्न अङ्ग हो । कमरेड कृष्ण र गोविन्दको मृत्युले पार्टीलाई ठूलो क्षति पुगेको छ । त्यस्ता बफादार र इमान्दार कार्यकर्ता उत्पादन गर्न पार्टीलाई कैयौ“ समय लाग्न सक्छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै आन्दोलनका कार्यक्रमहरूमा निरन्तर खट्यौ“ भने मात्र उहा“हरूले चाहेकोजस्तो समाज स्थापना गर्न हामी सफल हुनेछौ“ । निरन्तर क्रान्तिपथमा लाग्ने प्रण गर्नु नै उहा“प्रति सच्चा श्रद्धाञ्जली हुनेछ । मृतक योद्धा कृष्ण सुवेदीका पिता रत्नलाल सुवेदी र गोविन्द थापाका पिता चन्द्रबहादुर थापाको संयुक्त अध्यक्षता र कृष्ण सापकोटाको सञ्चालनमा अघि बढेको सो सभालाई राजमोका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, टे«ड युनियन –अन्टुक) का केन्द्रीय अध्यक्ष नारायण सापकोटा, राजमो नवलपरासीका सचिव दीपक पाण्डे, वाम वुद्धिजीवीहरू भैरव रेग्मी, देवराज पौडेल र गोपाल गिरी, एकीकृत माओवादीका नन्दराज सापकोटा, एमालेका प्रतिनिधि तेजेन्द्र सापकोटा, नेपाली काङ्ग्रेसका विष्णु क“डेल, राजमो अमरापुरीका मानबहादुर रानाभाट र मृतकका आफन्तहरूको आतिथ्यता रहेको थियो । सभामा शोक मन्तव्य व्यक्त गर्ने अन्य वक्ताहरूमा मृतक कृष्णका आफन्त पोष्टराज सुवेदी, एमालेका तेजेन्द्र सापकोटा, नेकाका विष्णु क“डेल, समाजसेवी कलाधर देवकोटा र टे«ड युनियन अन्टुकका केन्द्रीय सचिव गणेश ज्ञवालीलगायत हुनुहुन्थ्यो । कृष्ण थापा र गोविन्द सुवेदीको नवलपरासीको १६ नं. बाट रजहरतर्फ मोटरसाइकलमा जा“दै गरेका बेला भैरहवाबाट नारायणगढतर्फ जा“दै गरेको बा२ख ६१२६ नम्बरको बसले ठक्कर दिएर किल्चेपछि पौष ३ गते मृत्यु भएको थियो । घटना लगत्तै आक्रोशित स्थानीयवासीहरूले रजहर बजारमा सडक अवरूद्ध पार्दै प्रदर्शनसमेत गरेका थिए । घटनाका दोषीहरूलाई कडा कार्वाही र उचित क्षतिपुर्तिको माग गर्दै गरिएको उक्त प्रदर्शनप्रति प्रशासनले ठाडो हस्तक्षेप गरी दमनसमेत गरेको थियो । प्रहरीहरूको अमानवीय व्यवहारको स्थानीयवासीहरूद्वारा कडा प्रतिकार गरिएको थियो । |
||
| फोन्ट डाउनलोड Kantipur , Kurti Dev 021, Himalli How to Download and install font in your PC ? Please Click here |
||
| दस्तावेज | ||
अन्तर्राष्ट्रिय एकता समाज |
||
हाम्रोबारेमा |
||
अभिलेखालय |
||
तपाईको प्रतिक्रिया |
||
हाम्रो सम्पर्क |
||
विज्ञापनको लागि सम्पर्क |
||
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com |