विश्व नेपाली छापा संस्करण , वर्ष 11
 

तपाई पढ्दै हुनुहुन्छ समाचार टिप्पणी
अत्यधिक चिसोले जनजीवन कष्टकर
काठमाडौ“ । केही दिनयता देशमा अत्यधिकरूपमा बढेको चिसोले नेपाली जनजीवन प्रभावित बनेको छ । दक्षिण भारतमा आएको सामुद्रिक आ“धीस“गै पश्चिमबाट पूर्वतिर बगिरहेको हावाले कतै हिमपात त कतै वर्षा ल्याएको छ । जसकारण पौष १७, आइतवारदेखि नेपाली जनजीवन कष्टकर बन्न पुगेको हो ।
हिमपात र वर्षाका कारण पर्वतको देविस्थानमा एक जना महिलाको निधन भएको छ । पौष १६ मा बाग्लुङ, अमलाचौरबाट आफ्नो माइत पर्वतको देविस्थानतर्फ जा“दै गरेकी ६२ वर्षीय चन्द्रकला पौडेलको चिसोका कारण मृत्यु भएको हो । त्यस्तै, बारामा एक जना महिलाको मृत्यु हुन पुगेको छ । भौडहा– ९, मदिलवा घर भएकी ५६ वर्षीय घरभइनी चमइनको आइतवार निधन भएको हो । केही समयअघि चितवनमा एक जना चेपाङ महिलाको पनि चिसोकै कारण निधन भएको थियो । जातीय परम्परानुसार सुत्केरी हु“दा वनतिर पस्नुपर्ने भएकाले ती महिलाले बच्चाको जन्म दिन सफल भएपनि चिसोबाट आफ्नो ज्यान जोगाउन सकिनन् । यसरी प्रशासनले एउटा सीमान्तकृत जातिका सदस्यको जीवन–रक्षा गर्न सकेन ।
आइतबारदेखि देशको हिमाली भागमा बढी हिउ“परेको छ भने उत्तरी पहाडी भागमा हिउ“स“गै वर्षा पनि भएको छ । यता तराईमा पनि वर्षा भएको छ । अहिलेसम्म रामेछाप, तेह«थुम, धनकुटा, ताप्लेजुङ, इलाम, मनाङ, दोलखा, सङ्खुवासभा, मुस्ताङ, म्याग्दी, गोरखालगायतका स्थानहरूमा हिउ“ परेको छ भने अन्य स्थानमा धेरै–थोरै वर्षा भएको छ । हिमपात र वर्षाका कारण चिसो बढ्दा बाग्लुङको ढोरपाटनका आरक्षमा पशुहरू चरनमा निस्कन सकेका छैनन् । डोटीमा पनि चिसोले गर्दा राष्ट्रिय निकुञ्जबाट पशुपंक्षीहरू बेशी झर्न थालेका छन् । रोल्पामा स्नातक दोस्रो वर्षको परीक्षा प्रभावित भएको छ । मनाङमा हवाई सेवा प्रभावित भएको छ । देशभरीका विद्यालयहरू प्रभावित भएका छन्, खासगरी बालबालिकाहरू बढी प्रभावित भइरहेका छन् । जसले गर्दा थुप्रै विद्यालयहरूले जाडो विदा दिएका छन् । तराईमा बाक्लो कुहिरोले जनजीवन कष्टकर बनिरहेकोमा अहिलेको वर्षाले चिसो अरू बढाएको छ । काठमाडौ“ उपत्यकामा वर्षाले बढाएको चिसोले जनजीवन कष्टकर बनेको छ । आइतवारदेखि नै उपत्यकामा घाम पूरै लाग्न सकेको छैन । आइतवारभन्दा अघि नै तुषारोले सताइएका राजधानीवासीहरू अरू चिसोद्वारा पीडित भएका छन् ।
आइतवारदेखि एकाएक बढेको चिसोले जनजीवन कष्टकर बनिरहूदा सरकार भने निष्क्रिय देखिएको छ । त्यसमाथि पनि उपत्यकामा त झन् दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ हु“दा स्थिति अप्ठेरो बन्न पुगेको छ । सार्वजनिक स्थानहरूमा आगो ताप्ने व्यवस्था गर्न सरकारले सकिरहेको छैन । जनताका बीचमा लोकप्रिय काम गर्नका लागि चर्चित भट्टराई सरकार यस मामिलामा मौन देखिएको छ । गरिवहरूका लागि जाडोबाट बच्नका लागि कपडा वितरण गर्ने, झुग्गी तथा सार्वजनिक स्थानमा बसोवास गर्नेहरूका लागि उचित राहत व्यवस्था गर्नेतिर पनि सरकारको ध्यान देखिएको छैन ।
यता, हिमपात, वर्षा र चिसोले जनजीवन कष्टकर बनाएको भएपनि बालीनालीका लागि भने यसले अनुकूल स्थिति उत्पन्न गरिदिएको छ । यो वर्षाले गहु“का लागि मौसमी मलको काम गरेको छ । पूर्वका चिया खेतीका लागि पनि यो वर्षाले सिचाइ“को काम गरेको छ । यो वर्षाले स्याउको खेती पनि राम्रो हुने अनुमान गरिएको छ । तर हिउ“ले भने खासै फाइदा पु¥याएको छैन, पानीको मात्रा बढाउ“नुवाहेक ।
त्रिभुवन विमानस्थलस्थित जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी एक हप्तासम्म चिसो कायम रहनेछ । विभागका अनुसार पश्चिम नेपालका केही जिल्लाहरूमा अझै केही दिन सामान्य वर्षा हुन सक्नेछ । त्यसपछि मात्र देशभरी घाम लाग्नेछ । त्यसो त मौसम विभागको अनुमान, बढी अनुमान नै हुने गर्दछ । मौसम विभागका अनुसार संसारभरी नै सत्–प्रतिशत मौसमसम्बन्धी अनुमान सही हुने गर्दैनन् । संसारका विकसित देशहरूमा पनि, जोस“ग अत्याधुनिक प्रविधि र उपकरणहरू छन्, त्यहा“ पनि मौसमसम्बन्धी घोषणा पूरै सही हु“दैन । त्यसका बावजुद आइतवार यता विभागले गरेको अनुमान ७०÷८० प्रतिशत सही भएकोमा अधिकारीहरू खुसी व्यक्त गर्दै सन्तुष्ट देखिन्छन् ।
नेपालमा मौसम तथा जलवायुसम्बन्धी अनुमान लगाउ“ने आधार भू–उपग्रहबाट प्राप्त हुने तस्विरमा देखिने जलवायुको चित्र, त्यसको बाटो र दबाव नै हो । नेपालले मौसमसम्बन्धी अनुमानका लागि मोडलिङ, स्याडिस नामका उपकरण र चिनिया“ भू–उपग्रहको सहयोग लिने गरिेएको छ । मौसक म विभागका अधिकारीहरूले बताएअनुसार आफूहरूसित ¥याडर नामक उपकरण उपलब्ध छैन, जसले वर्षा र मेघ गर्जनको अनुमान लगाउ“छ । त्यसैगरी रेडियसनन बेलुन पनि छैन, जसले वायुमण्डलको तापक्रम कम्प्युटर प्रणालीमा पठाउ“ने, हावाको चाप र तापक्रम पत्ता लगाउ“छ । अर्कोतिर, नेपालको भौगोलिक अवस्थाले गर्दा पनि मौसमसम्बन्धी अनुमान लगाउन कठिनाई भएको बताइन्छ ।

फोन्ट डाउनलोड
Kantipur , Kurti Dev 021, Himalli
How to Download and install font in your PC ? Please Click here
दस्तावेज

अन्तर्राष्ट्रिय एकता समाज

हाम्रोबारेमा

अभिलेखालय

तपाईको प्रतिक्रिया

हाम्रो सम्पर्क

विज्ञापनको लागि सम्पर्क
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com