जातीय
हिंसामा ५० मारिए
लागोस । नाइजेरियाको
दक्षिणपूर्वी इबोनी राज्यमा दुई छिमेकी समुदायबीच संघर्ष हु“दा शनिबार
कम्तीमा ५० व्यक्तिको मृत्यु भएको सरकारी प्रवक्ताले जानकारी दिएका छन्
। प्रवक्ता ओनेकाची एनीले जमिन विवादमा एजा समुदायका मानिसले छिमेकी
एजिओ समुदायका सदस्यमाथि आक्रमण गर्दा ५० भन्दा बढीको मृत्यु भएको बताए
। यी दुई समुदायबीच विवाद सन् २००८ मा आरम्भ भएको हो र एजाका एक समूहले
एजिलोमाथि आक्रमणगरी ५० भन्दा बढी व्यक्ति मारेको उनले बताए ।
इबोनी राज्यका गभर्नर मार्टिन इलेची तथा राज्यका प्रहरी प्रमुखले
घटनास्थलमा शनिबार भ्रमण गरेको बताइएको छ । दुई समुदायबीच कानून तथा
व्यवस्था कायम गर्न दर्जनौं दंगा प्रहरी तैनाथ गरिएको बताइएको छ ।
नाइजेरियामा छिमेकी समुदाय तथा कृषक तथा पशुपालकबीच भूमिका विषयमा
पटकपटक संघर्ष हुने गरेको छ । यसैबीच, नाइजेरियाका राष्ट्रपति गुडलक
जोनाथनले आइतबार सो क्षेत्रमा संकटकाल घोषणा गरेको समाचारमा आएको छ ।
साथै, सो क्षेत्रको नजिकै पर्ने छिमेकी सीमा पनि बन्द गर्ने आदेश उनले
दिएका छन् । –एजेन्सी
किमलाई
गोप्य श्रद्धाञ्जली
टोकियो । उत्तर कोरियाका
पूर्व नेता किम जोङ इलका जेठा छोरा किम जोङ नामले गोप्य रूपमा प्योङयाङ
पुगी स्वर्गीय बुबाप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको समाचार
जापानको प्रमुख दैनिक पत्रिका युमियुरी सिम्बुनले आइतबार प्रकाशन गरेको
छ । उनका पिताको औपचारिक अन्त्येष्टि तथा अन्य कार्यक्रममा किम जोङ
नामको अनुपस्थिति उनी तथा उनका भाई किम जोङ उनबीच सम्भावित शक्ति
संघर्षको रूपमा रहेको आशंका गरिएको थियो । किम जोङ उनले उत्तर कोरियाको
प्रमुख पद प्राप्त गरेका छन् ।
युमियुरीले ४० वर्षीय किम जोङ नाम आफ्नो पिताको मृत्यु भएको थाहा पाएपछि
डिसेम्बर १७ मा चिनिया“ भू–भाग मकाउबाट प्योङयाङतर्फ उडेको उल्लेख गरेको
छ ।उनी केही दिनपछि फर्किएको र हाल मकाउमा रहेको पनि उल्लेख गरेको छ ।
किन चोलको नामबाट उनले आफ्नो परिचय लुकाउन सफलता प्राप्त गरेको उत्तर
कोरियास“ग सम्बन्धित एक स्रोतले बताएको पनि सो पत्रिकाले उल्लेख गरेको
छ । पत्रिकाले डिसेम्बर २८ मा भएको अन्त्येष्टिमा जेठा छोरा अनुपस्थित
रहेको बताएको छ । स्रोतले किम जोङ नाम धेरै वर्ष अगाडि आफ्नो
राजनीतिप्रति अभिरूचि नभएको भनी सत्ता उत्तराधिकारीको दौडबाट पन्छिएको
बताएको पत्रिकाले उल्लेख गरेको छ ।
सन् २००१ मा गलत राहदानी लिएर जापान प्रवेश गर्न प्रयास गरेपछि किम जोङ
नामले बाबुको समर्थन गुमाएका थिए र त्यसपछि उनी मकाउमा बस्दै आएको
बताइन्छ । किम जोङ इलले पछि आफ्नी अर्की श्रीमतीबाट जन्मेका कान्छा छोरा
किम जोङ उनलाई शासनको उत्तराधिकारी तोकेका थिए । उत्तर कोरियाले किम
जोङ उनलाई महान् उत्तराधिकारीको रूपमा घोषणा गरेको थियो । यसपछि उनलाई
सेनाको सर्वोच्च प्रमुखको रूपमा घोषणा गरिएको थियो । जोङ इलको ६९ वर्षको
उमेरमा हृदयघातका कारण निधन भएको थियो । –एएफपी
नासा
यान चन्द्रकक्षमा
क्यालिफोर्निया ।
चन्द्रमाबारे नया“ जानकारी जुटाउन अमेरिकी अन्तरिक्ष निकाय नासाले
पठाएका दुई उपग्रहमध्ये एउटा चन्द्रमाको अन्तरिक्ष कक्षमा सफलतापूर्वक
प्रवेश गरेको छ । अर्को यान भने आइतबार चन्द्रमाको कक्षमा प्रवेश गर्ने
प्रयास गर्नेछ । ग्रेल–ए नामको यो अन्तरिक्ष यानको मुख्य इन्जिन शनिबार
शुरू गरिएको थियो । त्यसपछि यो यान चन्द्रमाको वरिपरि घुम्न थालेको छ ।
अर्को अन्तरिक्ष यान ग्रेल–बी चन्द्रमाको अन्तरिक्ष कक्षको यही स्थानमा
स्थापित हुन आइतबार कोशिस गर्नेछ । दुवै उपग्रहले चन्द्रमाबारे जानकारी
बटुल्ने छन् जसले यसको संरचना र बनोटबारे थाहा पाउन मद्दत मिल्नेछ । यो
अनुसन्धानले चन्द्रमाको टाढा र नजिकैको हिस्सा किन फरक देखिन्छ । जस्ता
प्रश्नको जवाफ दिलाउने अपेक्षा पनि गरिएको छ ।
प्रमुख वैज्ञानिक डा. मारिया जुबयर यो यात्राबाट केही आश्चर्यजनक तथ्य
बाहिर आउने बताउ“छन् । मासाच्युसेट्स इन्टिच्यूट अफ टेक्नोलोजीमा
शोधकर्ताका रूपमा कार्यरत डा. मरिया जुबयर भन्छन्, ‘नया“ वर्षमा मैले
चन्द्रमाको नया“ जानकारी हासिल गर्ने संकल्प गरेको छु । म पृथ्वी र
ग्रहको उत्पत्ति कसरी भयो भन्ने प्रश्नको जवाफ पनि खोज्नेछु ।’ उनी
थप्छन्, ‘ग्रेल–ए अन्तरिक्ष कक्षमा स्थापित भएपछि हामी हाम्रो लक्ष्यको
नजिक पुगेका छौं ।’ यी दुवै उपग्रह गत वर्षको सेप्टेम्बरमा फ्लोरिडाको
केप क्यानभेरलबाट अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । –एजेन्सी
राजकुमार
ह्यारी सगरमाथा चढ्ने
लण्डन । बेलायती राजकुमार
ह्यारीले नया“ वर्ष २०१२ मा सर्वोच्च शिखर सगरमाथा चढ्ने आफ्नो पुरानो
लक्ष्य पूरा गर्ने समाचार प्राप्त भएको छ । गत वर्षको मेमा घाइते
सैनिकहरूका लागि चन्दा उठाउन गरिएको ‘वाकिङविथ द वाउन्डेड’ अर्थात्
‘घाइतेस“ग पैदलयात्रा’ अभियानताका २७ वर्षीय राजकुमारले सगरमाथा चढ्ने
संकेत दिएका थिए ।
‘आउ“दो वर्ष मेमा उनले केही घाइते सैनिकको समूहस“गै समुद्री सतहबाट २९
हजार २९ फिट (८ हजार ८ सय ४८मिटर) उचाईमा रहेको सर्वोच्च शिखरको आरोहण
गर्ने संकेत दिएका छन्’ बेलायती अखबार द सन्डे टेलिग्राफले लेखेको छ ।
तथापि, बुकिङघम राजदरबारले उनको योजनाबारे कुनै प्रतिक्रिया दिन मानेन
। ‘यो उनको सैनिक प्रतिबद्धतामा निर्भर हुनेछ,’ उनका प्रवक्ताले भने ।
यस विषयमा सहयोग संस्थाबाट पनि कुनै प्रतिक्रिया नआएको सो अखबारले
जनाएको छ । तर, सगरमाथा चढ्ने सबैभन्दा कान्छी बेलायती महिला बन्ने
अभियानमा लागेकी २१ वर्षीया पर्वतारोही मोल्ली हग्सले आगामी मेमा
राजकुमार ह्यारी पनि आफूस“गै सगरमाथा चढ्न लागेको जानकारी आफूलाई
प्राप्त भएको बताइन् । ‘तर, उनी शिखरमै पुग्ने छैनन् । किनभने यसका लागि
धेरै समय र व्यापक तालिमको आवश्यकता पर्नेछ । मर्ला लाग्छ, उनी बेस
क्याम्पसम्म पुग्नेछन्,’ उनले भनिन् । –एजेन्सी
जापानमा
भुकम्प
टोकियो । जापानमा आइतबार
कम्तीमा सात रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको समाचार छ । सो
भूकम्पको धक्का जापानको राजधानी टोकियो र यसको वरपर बढी मात्रामा अनुभव
गरिएको बताइएको छ । जापानको मौसम विज्ञान विभागका अनुसार भूकम्पको
महशुस राजधानी टोकियोमा पनि निकै कडा रूपमा गरिएको थियो । तर, सो
भूकम्पपछि सुनामीको खतरा भने छैन । भूकम्पबाट भएको क्षतिबारे यो समाचार
लेख्दासम्म कुनै जानकारी नआएको बताइएको छ । जापानमा नया“ वर्ष मनाउने
रौनक शुरू भइरहेका बेला मध्यान्हतिरको भूकम्पले नागरिकमा डर उत्पन्न
गराएको समाचारमा जनाइएको छ । तत्कालै यसको क्षतिको कुनै रिपोर्ट नआए पनि
भूकम्प शक्तिशाली भएकाले टोकियोका कतिपय भूभागमा क्षति भएको हुन सक्ने
आशंका गरिएको छ । –एजेन्सी