तपाई पढ्दै हुँनहुन्छ छापा संस्करण
 
                    तपाई पढ्दै हुँनुहुन्छ अन्तर्राष्ट्रिय

                   ओक्रा एरिया भेला सम्पन्न
कतार । कतार नेपाली एकता समाजको ओक्रा एरिया भेला पुरुषोत्तम कंडेलेको साचालन उजिल गिरीको अध्यक्षता र केन्द्रीय प्रतिनिधि राजेन्द्र श्रेष्ठको उपस्थितिमा सम्पन्न भयो । ज्ञत अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण गरिए पछि सम्पूर्ण उपस्थित साथीहरुलाई प्रकाश आर्चायद्धारा स्वागत गर्नु भएको थियो । उक्त भेलाले पुरुषोत्तम कंडेलेको सभापतित्वमा एघार सदस्यीय कार्य समितिको चयन गरेका छन् । जसमाः उपसभापति- प्रकाश आचार्य सचिव- नवराज योाजन कोषध्यक्ष- उजिल गिरी र सदस्यहरुमा मान िसंह खत्री कालीबहादुर खत्री कमल बराल ऋषीराम पन्थी वलबहादुर श्रेष्ठ र केशवकुमार भट्टराई रहनुनभएको छ भने एक स्थान पछि थप्ने गरी रिक्त राखिएको छ । उक्त भेलालाई सम्बोधन गर्दै केन्द्रीय प्रतिनिधि राजेन्द्र श्रेष्ठले कतार नेपाली एकता समाजको लक्ष्य उद्धेश्य र यसका राष्ट्रिय अन्तर्राष्ट्रिय संरचनाको बारेमा प्रष्ट पार्नु भएको थियो ।
बेलायतमा उडान तस्करी
म्यानचेस्टर हवाई अड्डाको आकाशमा उडान तस्करी देखिएको बेलायतको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । तर घटना १५ वर्ष अघिको हो । उक्त उडान तस्तरी फुटबल मैदानभन्दा २० गुणा ठूलो थियो । बेलायती समाचारपत्र ँद सन’ मा प्रकाशित खबरअनुसार रक्षाको गोप्य फाइलमा उडान तस्तरी विशेषज्ञले १९९५ मा यसको स्केच बेलायती रक्षा मन्त्रालयमा पठाएका थिए ।
उक्त तस्तरीको अगाडिबाट भाग बाँगोिटंगो र पछाडिको भाग स-साना टुक्रा जस्ता देखिन्थे । तर यो उडान तस्तरी पटकपटक देिखंदै आएको छ । जसलाई रक्षा मन्त्रालयले गोप्य दस्तावेज बनाएर अनुसन्धान गरिरहेको छ । रक्षाको दस्तावेजमा एउटा सिगार आकारको सामग्री पनि सामेल छ जुन १९७७ मा लंकाशायरदेखि माथि देखिएको थियो ।

फोहोर उठाउने किशोरी सुन्दरी
संघाई । एक्पोको बगैंचामा फोहोरी १५ वर्षीया एक तिब्बती किशोरीलाई चिनियाँ इन्टरनेट फोरमले सबैभन्दा सुन्दरी युवतीको दर्जा दिएको छ । फोरमले इन्टरनेट उपयोग गर्नेकोमतका आधारमा उक्त युवतीलाई यो दर्जा दिइएको हो ।
चाइना डेलीमा प्रकाशित समाचारअनुसार सिना डटकम वेभसाइटमा जारी एक सर्भेमा इन्टरनेटको प्रयोग गर्ने व्यक्तिसँग सोधिएको थियो-ँसंघाई एक्पोको सबैभन्दा सुन्दर केटी को हो ’ यसको जवाफका लागि वेभसाइटले एउटा भिडियो सार्वजनिक गरेको थियो जसमा उक्त केटीले एक्पोको बगैंचामा खाली बोटल उठाइरहेको देखाइएको थियो ।
उक्तकेटीको नाम डोल्मा चुट्सो हो । भुकम्प समस्यामा झेलिरहेको क्लिगाइ प्रान्तको युसु भन्ने ठाउँमा बसोबास गर्थिन् । चुट्सो ती तीन सय गरिब केटीहरुमध्येकी हुन् जसलाई एक्पोले निःशुल्क घुम्नका लागि संघाई ल्याएको थियो ।
बगैंचाको फोहोर उठाउने जिम्मेवारी उनको थिएन । तर पनि शहरमा देखिएको अध्यधिक फोहोरले चुट्सोको मन थामिएन र उठाउन थालिने भन्ने वेभसाइटले सन्देश दिन खोजेको बताइएकोछ । यसैबाट प्रभावित भएर इन्टरनेट प्रयोगकर्ताले चुट्सोलाई सबैभन्दा राम्ररी युवतीको दर्जामा राखेका थिए ।

अमेरिकी सेना उपस्थितिको औचित्य छैनः विद्रोही
मनिला । फिलिपिनी सेनालाई आतङ्कवाद विरोधी गतिविधिका लागि तामिल प्रदान गर्नका लागिभएको अमेरिकी सेनाको उपस्थितिले नै दक्षिणको शान्तिलाई जटिल बनाएको मोरो इस्लामिक लिवरेसन प्रुन्ट एमआईएलएफ ले सोमबार जनाएको छ ।
देशको सबैभन्दा ठूलो मुस्लिम पृथकतावादी सङ्गठनका अध्यक्ष इब्राहिम मुरादले क्याम्प दारापाननमा विदेशी संवाददाताहरुसँग कुरा गर्दै भने ँअमेरिकी सेनाले दक्षिण फिलिपिन्सको मिन्दानाओ टापुमा जेमाह इस्लामिया र अबु सैयफ समूह जस्ता आतङ्कवादी सङ्गठनको उर्वर भूमि भएको दाबी गरेर केवल आफ्नो उपस्थितिलाई जायज ठहर् याउन खोजेको छ ।’
ँमिन्दानाओमा अमेरिकी सेना रहने कुनै एजेण्डा नै छैन । यसले स्थितिलाई जटिल मात्रै बनाउँछ’ मुरादले भने ँत्यहाँ कुनै आतङ्कवादी भए पनि ती मुठ्ठीभर छन्र सङ्गठित पनि छैनन् ।’ तिनीहरु इराक पाकिस्तान र अफगानिस्तानमा जस्तो सुसङ्गठित छैनन’ उनले थपे ।
करिब ५०० अमेरिकी विशेष सेना फिलिपिन्सको मिन्दानाओमा आतङ्कवादी विरुद्ध लड्न फिलिपिनी सैनिकलाई तालिम दिइरहेका छन् । अमेरिकी सेनाको फिलिपिन्समा उपस्थिति आतङ्कवादी समूहसँग लड्न नभई विस्तार हुँदैगएको जनयुद्धविरुद्ध केन्द्रित रहेको विश्लेषकहरु बताउँछन् ।-एजेन्सी

कोरियाद्वारा सीमामा तोप प्रहार
दक्षिण कोरिया । उत्तर कोरियाले सोमबार दक्षिण कोरियाले सोमबार दक्षिण दक्षिणकोरिया सँगको विवादित सीमामा १ सय १० राउन्ड तोप प्रहार गरेको छ । दक्षिण कोरियाले उक्त सीमामा सैन्य अभ्यास सकाएकै दिन तोप प्रहार गरेको हो ।
उक्त क्षेत्रमा ४६ जनाको ज्यान जानेगरी आफ्नो युद्धपोत उत्तरले डुबाइदिएको आरोप दक्षिण कोरियाले लगाएपछि सीमामा दुवै कोरियाबीच तनाव बढेको छ । उक्त तोप उत्तरकै समुद्रमापरेको छ र दक्षिणतिर कुनै क्षति नभएको उत्तर कोरियाली एक सैन्य अधिकारीले बताए ।-एपी

तालिबानद्वारा गर्भवतीको हत्या
हेरात । अफगानिस्तानको तालिवान विद्रोहीले एक विधवा गर्भवती महिलालाई सार्वजनिक स्थानमा कुटपिट र गोली हानी हत्या गरेका छन् । अवैध यौनसम्बन्ध राखेको आरोपमा महिलाको हत्या गरिएको जनाइएकोछ ।
पश्चिमी बदघिस राज्यको क्वादिस जिल्लामा तालिवानका कमान्डरले ३५ वर्षीया बिवी सानुवारलाई सार्वजनिक सभामा गोली प्रहार गरेका थिए । उनलाई तालिबानलेतीन दिनसम्म नियन्त्रणमा लिएका थिए । अबैध सम्बन्धका कारण उनी गर्भवती भएको आरोप तालिवानले लगाएको छ । गोली प्रहार गर्नु अघि २ सय कोर्रा लगाइएको प्रान्तीय प्रहरीका सहायक प्रमुख गुलाम मोहम्मद सयेदीले बताए। गर्भवती भए पनि उनीमाथि गोली प्रहार गरियो उनले भने ।
अफगानिस्तानमा तालिबानको सन् १९९६ देखि २००१ सम्मको कठोर शासनको सम्झना यो घटनाले गरेको छ । -एएफपी

              भारतको तेलङ्गाना किसान विद्रोह
                      ० स्टिफन मिकसेल
स्टिफन मिकसेल दक्षिण एसियाको राजनीतिमा रुची राख्ने र अध्ययन गर्ने प्रध्यापन पेशामा सलग्न अमेरिकी विद्वान हुन । यो आलेखमा उनलेसन् १९४७ को भारतको तेलङगना किसान आन्दोलनका बारेमा केही चर्चा गरेका छन् । सैद्धान्तिक मानक र दृष्टिकोणका हिसाबले उनले प्रकट गरेका विचारमा हाम्रोसहमति हुन नसक्ला । जस्तो कि उनले यो आन्दोलनलाई चिनियाँ शैली र माओवादको जगमा उठेको आन्दोलन बताएका छन् तर १९४७ मा माओवादको पदावली चर्चामा समेत नआएको मात्र होइन चीनमा जनवादी क्रान्तिसम्म भएको थिएन । सैद्धान्तिक तहबाट हेर्ने हो भने त माओवाद र विचाराधारकै बीचमा भारती सैद्धान्तिक विभेद छ । तैपनि इतिहासबोधका हिसाबले योआलेखले महत्वपूर्ण स्थान मात्र राख्दैन । सामान्य कार्यनीतिमा गलत विश्लेषण गर्दा कम्युनिस्ट आन्दोलनले कति गम्भीर क्षतिको सामना गर्न पर्दछ भन्ने पाठ समेत पढाएको छ । त्यसैले भारतीय भूमिमा ठूलो पैमानामा रगत बगेको यो ऐतिहासिक र महान् किसान आन्दोलनको बारेमा विद्वान मिकसेलको आलेखलाई हामीले यहाँ दिएका छौं । इतिहासबोधका हिसाबले यसको महत्व आफैमा सिद्ध छ ।
भारतीय उपमहाद्वीपमा माओवाद सबभन्दा पहिलेसन् १९४७ को शुरुतिर भारतको तेलुगु भाषी आन्ध्र प्रदेशका नालगोडा र बारंगाल जिल्लामा फैलिएको क्रान्तिकारी किसान आन्दोलनको माध्यमबाट देखापरेको हो । ती दुई जिल्ला भएका क्षेत्रलाई तेलंगना भन्दछन् । सन् १९४७ मा अंगे्रजहरुले भारत छाड्न अघिसम्म तेलंगनाहैदराबादका निजामको निरंकुश शासन अन्तर्गत पर्दथ्यो र त्यहाँ दोस्रोविश्वयुद्धको समयमा भारतीय कम्यनिस्ट पार्टीका कार्यकर्ताहरुले जमिनदार हुकुमीतन्त्रका विरुद्ध विशुद्ध स्वदेशी आन्दोलन शुरु गरेका थिए ।
पहिलेत कम्युनिस्टहरुले हैदरावादलाई नवस्वाधीन भारतमा विलय गराउने प्रयासमा भारतीय राष्ट्रिय कांगे्रससँग मिलेको जस्तो देखाए । किसानहरुबाट जबरजस्ती अवैध रुपमा गरिने कर असुली र जमिन्दारहरुको अत्याचार अन्त्य गर्न आन्दोलन चलाउने पनि उनीहरको उद्देश्य थियो । तर तेलुगु भाषी जनताका तीब्र चाहना र किसानहरुको चर्को असन्तुष्टिले गर्दा कम्यिुनस्टहरु त्यस आन्दोलनलाई चर्काएर सरकारविरुद्ध आक्रमण गर्न प्रोत्साहित भए ।
गाउँ-गाउँमा चलेको विद्रोहको लहरबाट त्यहाँ आफ्नै जनअदालत र मुक्ति सेना भएको ँग्राम राज्य’ को स्थापना हुन थाल्यो र त्यस ग्राम राज्यले जमिनमाथि कब्जा जमाउनुका साथै निजाम सरकारका स्थानीय कर्मचारीहरु र जमिनदारहरुलाई गाउँबाट निस्कासित पार्ने काम शुरु गर् यो । ग्राम राज्यले एउटा सशस्त्र गुरिल्ला सेना नै तयार गर् यो र नालागोन्डा तथा बारङगाल जिल्ला अन्तर्गतका लगभग तीन हजार गाउँ कम्युनिस्टहरुले आफ्नो नियन्त्रणमा लिए जुन क्षेत्रको जनसंख्या लगभग ३० लाख थियो र कुल क्षेत्रफल १६ हजार वर्ग माइल ।
भारतमा माओवादी विचारलाई सबैभन्दा पहिले कम्युनिस्ट पार्टीको आन्ध्र प्रान्तीय कमिटिले तत्कालीन मदा्रास राज्य अन्तर्गत पर्ने तेलुगुभाषी क्षेत्र आन्ध्रमा सन् १९४८ मा ल्यायो । साम्राज्यवादी एकाधिकारवादी पूंजीवाद र तिनका स्थानीय एजेण्टहरु सामन्ती जमिन्दार र दलाल बुर्जुवाहरुविरुद्ध सबै प्रगतिशील शक्तिलाई एकताबद्ध गरेर किसान क्रान्ति गर्ने सिद्धान्त आन्ध्रका कम्युनिस्टहरुले आफ्ना लागि उपयुक्त पाए । किनभने यस सिद्धान्त अनुरुप धनी किसानहरु राष्ट्रिय किसानवर्गमा पर्दथे र यहाँको ८० प्रतिशतभन्दा बढी उब्जाउ भूमि जमिन्दारहरुको कब्जामा थियो ।
आन्ध्रका कम्यिुनस्टहरुले माओको ँनयाँ जनवाद’लाई भारतका लागि मार्गदर्शन भनी घोषणा गरे । भारतीय क्रान्ति र चिनियाँ क्रान्तिलाई एकै किसिमको क्रान्ति मानियो जसका लागि किसानहरु आन्दोलनका रुपमा एउटा लामो ूजनयुद्धू चलाएर प्रजातान्त्रि मोर्चा मार्फत राज्य सत्ता कब्जा गर्नुपर्ने थियो । यस्तो क्रान्ति रुसी क्रान्तिभन्दा एकदमै फरक किसिमको हुनुपर्ने थियो । तसर्थ आन्ध्रका कम्यिुनस्टहरुले ग्रामीण बुर्जुवा अर्थात् धनी किसानसहित सम्पूर्ण किसान समुदायलाई सङ्गठित गरेर मजदुरवर्गको नेतृत्वमा चिनियाँ शैलीको गुरिल्ला युद्ध गर्ने प्रस्ताव अघि बढाए ।
असफल आन्दोलन ः
भारतीय कम्युनिस्ट पार्टीले सन् १९४८ का अन्त्यतिर सामन्ती र आभिजात्य वर्गजस्ता परम्परागत स्थानीय शत्रुहरुर्ला छाडेर केन्द्रमा नेहरु सरकारले नेतृत्वगरेको ूसाम्राज्यवादी शक्तिूलाई आुप्नो आन्दोलनको लक्ष्य बनाउन थालेपछि तेलङगानामा आन्दोलन धर्मराउनथाल्यो । केन्द्रीय सरकारले आन्दोलन दबाउन शुरु गरेपछि आफ्नो पहिलो शत्रु निजामसँग समेत कम्युनिस्टहरु गुहार माग्न पुगे । सन् १९४८ मा हैदरावादमा भारतीय सेना पसेर ूआजाद हैदरावादू को घोषणा गरेपछि भारतीय फासिष्ट सेना विरुद्ध लड्नका लागि आन्ध्रका कम्युनिस्टहरुले अतिवादी मुसलमानहरुका निजी सेना र जानकारहरुलाई पनि साथ दिए र तर केही दिनभित्रै भारतीय सेना त्यहाँको विद्रोहलाई कुल्चिन सफल भयो । त्यसबाट केवल कम्युनिस्टहरु जोगिए जसले यसबीच ूहिर्काउ र भागू को गिुरल्ला नीति अख्तियार गरेका थिए ।
कम्यनिस्ट वि्रदोहलाई दमन गर्न भारतीय सेनाले ६० हजार सैनिकहरु परिचालित गर् यो र पछि अंग्रेजहरुले मलायामा गरे झैं गुरिल्लाहरुको समर्थन आधारर्ला खतम गर्नसेनाले सबै किसानहरुलाई विशेष शिविरहरुमा राख्न लाग्यो । त्यतिबेला झण्डै चार हजार विद्रोही किसान र कार्यकर्ताहरु सेनाका हातबाट मारिए र दश हजार जति कार्यकर्ता जेल परे । प्रहरी र सेनाको कार्वाहीबाट त्यहाँका जनसाधारण आतंकित भए । करोडौं रुपैयाँको धनमाल सेनाबाट लुटियो अथवा ध्वस्त पारियो ।
जनसमर्थन पाउन नसकेपछि गुरिल्ला सेनाले असैनिक व्यक्तिहरुविरुद्ध आतंककारी गतिविधि थाल्यो। यसलेगर्दा गुरिल्लिा नेतृत्व बदनाम हुन गयो । शक्ति प्रदर्शन गरेर जनतालाई उद्वेलित गर्ने यस प्रयासबाट केवल व्यक्तिगत आतङ्कवादले बढावा पायो र जनताबाट पार्टी झनै अलग्गियो अनि दमनको मारमा पर् यो । फलतः पार्टीको सदस्य संख्या एक्काइस हजारबाट घटेर सात हजारमा झर् यो ।
क्रान्तिको चिनियाँ बाटोसमातेकै कारण तेलंगना आन्दोलन सन् १९४८ मा विफल भएको थियो र सन् १९५० को दशकको शुरुतिर यसले झनै गम्भीर परिणाम भोग्नु पर् यो । सीमित आर्थिक मागहरु पूरा गराउनका लागि शुरु गरिएको त्यो किसान आनदोलन निजामलाई सत्ताबाट हटाउने मुक्ति संग्राम बन्न पुगेको थियो । तर जब त्यस आन्दोलनले केन्द्रीय भारतीय सरकारविरोधी सङ्घर्षको रुप लियो तबयसले किसानवर्गको समर्थन गुमायो । किनभने किसानहरु त सामन्ती सामाजिक सम्बन्धलाई मात्र मिल्काउन चाहन्थे । उनीहरुलाई एउटा अमूर्त ूजनवादू ल्याउन भारतीय सेनासित युद्ध गर्नु थिएन ।
कालान्तरमा पार्टी नेताहरुले सो आन्दोलनको विवेचना गर्दा वर्गीय सङ्घर्षको सिद्धान्तको प्रतिकूल आतंककारी गतिविधिमा पार्टी संलग्न हुन पुगेकै कारण आन्दोलन विफल भएको थियो भनी स्वीकार गरे ।वर्गीय सङ्घर्षको लक्ष्य जनतामा चेतना र जागरुकता बढाएर जनसङ्घर्ष शुरु गरी सत्ता पल्टाउने हुन्छ भने आतंककारी गतिविधि भनेको जनताबाट अलग्गिएर केही व्यक्तिहरुको झुण्डलेगर्ने ध्वंसात्मक कार्य हो । यस्ता आतङ्कवादी कार्वाहीबाट जनताका मुख्य शत्रु शासनसत्ता नभएर व्यक्तिविशेष हुन् भन्ने भ्रम उत्पन्न भइदिन्छ ।
विगततिर फर्केर हेर्दा पार्टी नेताहरु तेलंगना आन्दोलनले प्राप्त गरेका उपलब्धिहरुलाई सुदृढ बनाउनुमा नै पार्टीले मुख्य प्राथमिकता दिनुपथ्र्यो र जमिन्दारहरुको कब्जामा रहेको जमिन किसानलाई फिर्ता दिलाउने जस्ता आन्दोलनका प्रजातान्त्रिक उपलब्धिहरुमाथि केन्द्रीय सरकार र त्यसका सैनिकहरुले प्रहार गर्दा पार्टीले त्यसको प्रतिरक्षा गर्नुपर्दथ्यो भन्दछन् । यसो गर्दा एकातिर सङ्घर्षरत जनता र किसान बलिया हुन्थे भने अर्कातिर सामन्ती जमिन्दारहरुलाई मद्दत गर्ने केन्द्रीय भारत सरकार कमजोर हुनेथियो । तर त्यसो नगरी आन्दोलनलाई कांग्रेस सरकारविरोधी मुक्तियुद्धमा बदल्नु पार्टीको गल्ती थियो किनभने भर्खर स्वाधीनता मिलेको सुखमय वातावरणमा देशलाई साम्राज्यवादको पन्जाबाट कांग्रेसले नै मुक्ति दिलाएको भन्ने भावना मानिसहरुमा थियो ।त्यसैले केन्द्रीय कांग्रेस सरकारविरुद्ध पार्टीले अनसमर्थन जुटाउन सकेन ।
तेलङगना आन्दोलनका नेताहरुले माओवादी फर्मूलालाई यस उपमहाद्वीपमा प्रत्यारोपण गर्नु त्रुटी थियो भनेर पनि स्वीकार गरेका छन् । वर्गीय युद्ध चिनियाँ किसानहरुको लागि अपरिहार्य आवश्यकता थियो किनभने क्रान्तिपूर्वको चिनियाँ शहरिया मजदुरवर्गको संख्या साह्रै नै थोरै थियो र सबैजसो सहरहरु विदेशीहरुका नियन्त्रणमा थिए । चिनियाँ क्रान्तिकारी सेनामा सन् १९२७ मै ३० हजार सैनिकहरु थिए । त्यसका पछाडि सोभियत संघ जस्तो मित्रशक्ति उभिएको थियो जसले युद्धको अन्तिम प्रहरमा ठूलो सहयोग गर् यो । भरपर्दो र एकीकृत संचार व्यवस्थाको अभावमा क्रान्तिकारी सेनामाथि बलियो आक्रमण गर्न त्यतिबेला सरकारी सेनालाई साह्रै अप्ठेरो पनि थियो ।
तर त्यसको विपरीत यस महाद्वीपमा त्यस्तो खालको वर्गीय युद्ध जतिसुकै फैलिए पनि यसले शत्रुलाई ढालिहाल्न गाह्रै छ । यहाँका गुरिल्ला सेना एक त साना छन् त्यसमाथि उनीहरुसित हातहतियार पनि राम्रा छैनन् र केही गरी उनीहरुले मुक्त भूमिको घोषणा गरिहाले पनि त्योविरोधी शक्तिहरुबाट घेरिएको हुनेछ । बलियो सङ्गठन र विकसित संचार सुविधाबाट सुसज्जित सरकारी सैन्यशक्तिले गुरिल्ला गतिविधिलाई सजिलैसित निमोठ्न सक्नेछ ।
त्यसबेलाको कम्युनिस्ट नेतृत्वबाट अवश्य पनि धेरै गल्तीहरु भए । तथापि तेलङगना आन्दोलनले दक्षिण एसियामा त्यस्तोएक मात्र उदाहरण प्रस्तुत गरेको छ । त्यसले वास्तविक रुपमा निकै ठूलो इलाकालाई मुक्त गरेको थियो र सजमा एवं राजनीतिलाई एउटा बैकल्पिक तरिकाबाट व्यवस्थित गर्ने प्रयोग गरेको थियो । त्यस आन्दोलनले किसान क्रान्तिलाई अगाडि ल्यायो र कांग्रेसी नेताहरुलाई गह्रौं मनले भए पनि त्यस क्षेत्रमा सुधार ल्याउन बाध्य तुल्यायो । यसकै कारण भाषिक आधारमा राज्यहरुको पुनर्विभाजनको प्रकि्रया शुरु पनि भयोर अंग्रेजहरुद्वारा कुनै सिद्धान्तबिना स्वेच्छाचारी ढंगले गरिएको प्रान्तीय विभाजनलाई समाप्त पारियो । त्यस आन्दोलनबाट पहिलो पटक कम्युनिस्ट पार्टी एउटा शक्तिशाली प्रभावकारी र सर्वत्र परिचित राजनैतिक पार्टीका रुपमा भारतको राष्ट्रिय राजनीतिमा स्थापित हुन सक्यो ।
तर सबैभन्दा महत्वपूर्ण कुरा केथियो भने तेलङगाना सङ्घर्षले भारतको कम्युनिस्ट आन्दोलनलाई जनवादी क्राीन्तको कार्यनीति र रणनीतिबारे धेरै किसिमका सैद्धान्तिक र वैचारिक प्रश्नहरुमा घोत्लिन बाध्य तुल्यायो । यस्ता आन्दोलनमा किसानहरुको भूमिका सशस्त्र आन्दोलनको वर्गीकरण र विभिन्न स्तरका किसानहरुको आन्दोलनमा नेतृत्वको महत्व र अर्थ आदि त्यस्ता प्रश्नहरु हुन् अनि कम्युनिस्ट पार्टीले ती सबै कुराहरुलाई मूलतः कृषि आधारित समाजमा कसरी लागु गर्न सक्छ र पार्टीको आफ्नै भूमिका के हो भन्ने कुरा पनि तिनमा पर्दछन् ।
आज माओवादी धाराले अनुशरण गर्ने रणनीति र कट्टरपन्थ तथा शब्दाडम्बरका कारण आज त्यसलाई अति वा चरम वामपन्थी भनेर प्रेसमा व्याख्या गर्ने गरिन्छ । तरपनि साम्राज्यवादलाई शत्रु मान्ने यसकोसिद्धान्त किसान जमिन्दार र राष्ट्रिय पूंजीपति वर्ग लगायत विभिन्न प्रजातान्त्रिक शक्तिलाई साम्राज्यवाद सामन्तवाद तथा एकाधिकार पूंजीवादको विरुद्ध एकीकृत गर्दै लाने यसको रणनीतिको आधारमा हेर्ने हो भने भारतीय कम्युनिस्ट पार्टीमा सन् १९२० देखि नै चल्दै आएको दक्षिणपन्थ र वामपन्थबीचकेा सङ्घर्षमा माअेवादले दक्षिणपन्थको प्रतिनिधित्व गर्दछ ।
यसैकारण बि्रटिश साम्राज्यवाद विरुद्धको लडाईमा कांग्रेस पार्टीसँग मिलेर सङ्घर्ष गर्दा भारतीय कम्यिुनस्टहरुले आफूलाई ूदक्षिणपन्थीू धारमा भेटाउँथे । अनि कम्युनिस्ट पार्टीभित्र वामपन्थी धारा प्रबल हुँदा कांग्रेसले प्रतिनिधित्व गर्ने गरेको राष्ट्रिय बुर्जुवा मुख्य शत्रु हुने गथ्र्यो ।

आन्ध्रको कम्युनिस्टहरु माओवादलाई अंगाल्दाखेरी कम्युनिस्टहरुको राष्ट्रिय नेतृत्वले ूवामपन्थी लाइनू लिएको समय परेको हुनाले आन्ध्र पार्टीको निर्णय राष्ट्रिय नीतिको विपरीत देखिन्थ्यो । पछि राष्ट्रिय नेतृत्वले फेरि दक्षिणपन्थी लाइन समात्दाखेरी पनि तेलङगनाको आन्दोलन राष्ट्रिय नीतिको विपरीतट नै देखियो । प्रकट रुपमा तेलङगाना आन्दोलनलाई समर्थन िदंदािदंदै पनि राष्ट्रिय कम्युस्टि नेतृत्व वास्तवमा त्यस आन्दोलनको विरोधमा उभिएको थियो । किनभने आन्दोलनको तात्कालिन लक्ष्यलाई छाडेर साम्राज्यवादविरोधी अभियानमा लाग्नुको अर्थ आन्दोलनको जनाधारलाई गुमाउनु थियो र आन्दोलनलाई खतम पार्नु थियो जो आखिरमा भयो ।