विश्व नेपाली छापा संस्करण , वर्ष ६
 

तपाई पढ्दै हुनुहुन्छ : इतिहा

            भिन्नमत सम्बन्धी प्रस्तावूको आलोचना
                       मोहनविक्रम िसंह
का। विश्वास र का। विकासको ूपार्टीको आजको अवस्थामा सुधारका लागि ूप्रस्तावू यसपछि यसलाई ूप्रस्तावू मात्र भनिने छ सार्वजनिक रुपमा नै बाहिर आएको छ । पार्टीको भूमिगत प्रणाली अनुसार पार्टीभित्रका सङ्गठनात्मक वा व्यक्तिगत अन्तरविरोधहरु बारे सार्वजनिक रुपले चर्चा गर्न मिल्दैन । तर बाहिर आएका विचारहरुबारे सार्वजनिक रुपले चर्चा गर्न मिल्दछ । त्यही नियम अनुसार त्यो ूप्रस्तावूबारे केही प्रकाश हाल्ने प्रयत्न गरिएको छ ।
- क -
लेखको प्रारम्भ कैलालीको डुडेझरीको सुकुम्वासी प्रकरणबाट प्रारम्भ गर्नु राम्रो होला । त्यसबाट प्रस्तुत ूप्रस्तावूको स्वरुप र स्तरलाई बुझ्न मद्दत पुग्नेछ । ूप्रस्तावूमा त्यस सम्बन्धी पार्टी नीतिको अलोचना गर्दै लेखिएको छ ः कैलालीको ूसुकुम्वासीहरुमाथि गोली प्रहार हुँदासमेत पार्टीले विरोध नगर्नुबाट हाम्रो वर्गीय पक्षधरताबारे नै शंका उत्पन्न हुन थालेको छ ।ू त्यसबारे बढी चर्चा गर्नेपट्टी नलागेर ने।s।पा। मसाल को उपलब्ध सी।सी।एम।हरु सहित बसेको केन्द्रीय कार्यालयको २०६६÷८÷२१ को बैठकपछि महामन्त्री मोहनविक्रम िसंहका तर्फबाट जारी गरिएको वक्तव्यमा भनिएको छ ः ूकैलालीको डुडेझरी वनक्षेत्रमा सरकारले दमन र हत्याको जुन नीति अपनायो त्यसको हाम्रो पार्टीले तीब्र शब्दमा भत्स्रना गर्दै निष्पक्ष छानवीनद्वारा दोषिहरुलाई सजाय तथा पीडितहरुलाई राहत वा क्षतिपूर्ति दिनुपर्ने माग गर्दछ ।ू यो एउटा मात्र प्रमाणले पनि उनीहरुको सोंचाई वा प्रस्तुतिको जग कुन प्रकारको रहेछ त्यो कुरा बुझ्न केही मद्दत पुग्नेछ ।
त्यो ूप्रस्तावूले उनीहरुमा सैद्धान्तिक प्रश्नहरुमा हद दर्जाको अस्पष्टता भएको कुरालाई पनि बताउँछ । त्यो ूप्रस्तावूले उनीहरुमा रणनीतिक र कार्यनीतिक प्रश्नहरुबारे नै गलत समझदारी भएको कुरालाई बताउँछ । त्यो ूप्रस्तावूमा उनीहरुले लेखेका छन् ः ूसारांशमा हामी जनवादी क्रान्तितिर उन्मुख छौं कि तात्कालिक राजनीतिका नाममा रनभुल्ल परेका छौं । यस विषयमा समग्र पार्टी पंक्तिले फैसला गर्नुपर्ने अवस्था आएको छू हो यस विषयमा समग्र पार्टी पंक्तिले फैसला गर्नुपर्ने अवस्था आएको छ ः आज वास्तवमा ूरनभुल्लू को परेको छ त्यो कुरा बुझ्न टाढा जानुपर्दैन । त्यो ूप्रस्तावूमा लेखिएको यो भनाईले नै यो कुरा प्रष्ट गर्दछ ः ूहाम्रो पार्टीले तात्कालिक राजनीतिप्रति अपनाउँने दृष्टिकोणबाट हामीले निशानाविहीन अवस्थामा रहेको महशुस गर्न सकिन्छ जब कि कार्यनीति रणनीतिको मातहतमा हुँनुपर्छ अथवा कार्यनीतिले रणनीतिको सेवा गनुृपर्दछ । बताइरहनुपर्ने आवश्यकता छैन कि हाम्रो कार्यनीतिक व्यवस्था नयाँ जनवाद हो र रणनीतिक व्यवस्था समाजवाद र साम्यवादू माक्स्रवादी-लेनिनवादी सिद्धान्तको क ख ग को पनि ज्ञान भएको व्यक्तिले पनि यो बुझेको कुरा हो कि नयाँजनवादलाई ूकार्यनीतिक व्यवस्थाू र समाजवाद र साम्यवादलाई ूरणनीतिक व्यवस्थाू सम्झने सोंचाई भ्रान्त धारणा हो । ूप्रस्तावूको त्यो व्याख्या अनुसार नयाँ जनवाद आजको कार्यनीति हो । त्यो दृष्टिकोणको स्वाभाविक परिणाम यो भएको छ कि उनीहरुले पार्टीले अहिले अपनाएको तात्कालिक राजनीतिलाई ूनिशानाविहीन अवस्थामा रहेको महसुसू गर्दछन् । नयाँ जनवादलाई नै ूकार्यनीतिू ठानेपछि वर्तमान अवस्थामा अपनाइने कार्यनीति वा तात्कालिक राजनीतिक लाइनबारे ूरनभुल्लू पर्नु स्वाभाविक हो र त्यही प्रकारको रनभुल्लमा प्रस्ताव परेको छ ।
रणनीति र कार्यनीति सम्बन्धी उनीहरुको त्यो व्याख्याले माक्स्रवाद-लेनिनवाद-माओत्सेतु· विचारधाराका संस्थापकहरुले अहिलेसम्म गर्दै आएको व्याख्यासित मेल खाँदैन । स्तालिनले आफ्नो प्रसिद्ध पुस्तक ूलेनिनवादका मूल सिद्धान्तू स्तालिन ः लेनिनवादके मूल सिद्धान्त राहुल फाउण्डेशन लखनउ मा सोभियतसंघको कम्युनिष्ट पार्टीले बेग्ला बेग्लै चरणहरुमा अपनाएका रणनीतिहरुको चर्चा गर्दै लेखेका छन् ः रुसको पहिलो चरण १९०३ देखि फरवरी १९०७ सम्म को रणनीतिको उद्देश्य ूजारशाहीलाई ध्वंस गरेर मध्य युगिन अवस्थालाई पूर्ण रुपले नष्ट गर्नु थियो ।ू दोस्रो चरण मार्च १९१७ देखि अक्टुबर १९१७को रणनीतिको उद्देश्य ूरुसमा साम्राज्यवादको जगलाई उलेखेर देशलाई साम्राज्यवादी युद्धबाट अलग गर्नुू नै थियो । तेस्रो चरण अक्टुबर क्रान्तिपछिको उद्देश्य ूएक देशमा सर्वहारा अधिनायकत्वको जगलाई मजबुत पारेर सबै देशहरुबाट साम्राज्यवादलाई समाप्त गर्न त्यसलाई प्रयोग गर्नुू नै थियो । यहाँ उल्लेखनीय छ कि स्तालिनको त्यो भनाईमा कहीं पनि रणनीतिक व्यवस्था भनेको समावाद र साम्यवाद हो भनिएको छैन ।
स्तालिनको त्यो पुस्तकमा कार्यनीतिको रणनीतिसितको सम्बन्धमाथि प्रकाश हाल्दै लेखिएको छ ः ूरणनीतिको उद्देश्य ठूलो हुन्छ त्यसको सम्बन्ध एउटा पूरै युगसित हुन्छ । कार्यनीतिको उद्देश्य छोटो हुन्छ त्यसको सम्बन्ध एक युगको कुनै अवस्था विशेषसित हुन्छ ।ू मानिलिउ ूरणनीतिको उद्देश्य जारशाहीको अन्त गर्नुहोू भने कार्यनीतिको उद्देश्य ूपूरै लडाईलाई जित्ने नभएर खालि विशिष्ट सङ्घर्ष या मुढभेडहरुमा विजय प्राप्त गर्नु हुनेछ । कार्यनीतिको उद्देश्य सानो र अपेक्षाकृत कम महत्वपूर्ण हुनेछ । त्यसको उद्देश्य क्रान्तिका ज्वार या भाटा उतार-चढावको कुनै निश्चित अवस्थाको अनुकूल कुनै विशेष आन्दोलन वा विशेष सङ्घर्षलाई सम्पन्न गर्नु हुनेछ ।ू माओले पनि रणनीति र कार्यनीतिबारे त्यही प्रकारका विचारहरु प्रकट गरेका छन् । उनले कहींपनि समाजवाद र साम्यवादलाई रणनीति तथा नयाँ जनवादलाई कार्यनीति बताएका छैनन् । रणनीति र कार्यनीति सम्बन्धी आधारभूत सैद्धान्तिक समझदारीमा नै त्यस प्रकारको भ्रामक दृष्टिकोणका कारणले ूप्रस्तावूको तात्कालिक राजनीति सम्बन्धी सम्पूर्ण सोंचाई भ्रामक र गलत हुन गएको छ । त्यसरी एकातिर कैलालीको डुडेझरीको सन्दर्भमा उनीहरुले सत्यको तोडमोड गरेर प्रस्तुत गरेको विचार तथा रणनीति र कार्यनीति सम्बन्धी उनीहरुको आधारभूत रुपले नै गलत सोंचाईको परिणाम यो भएको छ कि उनीहरुले आफ्नो सम्पूर्ण प्रस्तावमा एकपछि अर्को गर्दै कैयौं गलत सोंचाईहरु अगाडि ल्याएका छन् ।
-ख -
ूप्रस्तावूको सरसरी प्रकारको अध्ययनबाट पनि यो कुरा बुझ्न गाह्रो पर्दैन त्यसको मुख्य विषयवस्तु वा सारतत्व माओवादीसित नै सम्बन्धित छ । उनीहरुलाई सबैभन्दा ठूला आपत्ति यो कुरामा छ कि माओवादी समूह नजिकको मित्रशक्ति भएपनि हाम्रो पार्टीले त्यसप्रति ूदुश्मनीपूर्ण व्यवहारू गरिरहेका छ । त्यस सिलसिलामा त्यो ूप्रस्तावूमा लेखिएको छः ूहाम्रो नजिकको मित्र शक्तिका रुपमा माओवादी समूह रहेको छ जसले तीब्र गतिमा दक्षिणपन्थी अवसरवादतिर छलाङ हान्दैछ । अर्को ढुलमुल वामपन्थीका रुपमा एमाले रहेको छ । हाम्रो विश्लेषण छ एमाले र माओवादीमध्ये माओवादी नै नजिकको मित्रशक्ति हो । यी दुवै शक्तिका विपरीत कांग्रेस दुश्मन कित्ताभित्रको शक्ति हो । केही समययता हामीले अपनाएका नीतिहरुको समीक्षा गर्ने हो भने हामी दुश्मन शक्ति वा ढुलमुल वामपन्थी शक्तिहरुप्रति नजिक तर नजिकको मित्रशक्तिसित टाढा रहेको अवस्था छ । सहमतीको राजनीतिको नाममा हामीले दुश्मन शक्तिसमेतको नेतृत्वलाई समर्थन गरिरहेका छौं ।ू त्यस सिलसिलामा अगाडि लेखिएको छ ः ूहामीहरुले व्यवहारमा दुश्मन शक्तिसित मैत्रीपूर्ण र नजिकको मित्रशक्तिसित दुश्मनीपूर्ण व्यवहार गरिरहेका छौं ।ू
उक्त भनाईलाई ठीकसित बुझ्न केही सैद्धान्तिक पक्ष र अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनसित सम्बन्धित प्रसंगहरुलाई बुझ्नुपर्ने आवश्यकता हुन्छ । इतिहासको एउटा विशेष कालखण्डमा स्टालिनले साम्राज्यवादी शक्तिहरुसित संयुक्त मोर्चा बनाएर विश्वव्यापी रुपमा देखापरेको फासिष्ट खतराका विरुद्ध लडेका थिए । माओले च्या· काई-शेकको नेतृत्वको सरकारलाई समर्थन गरेर जापानी आक्रमणका विरुद्ध सङ्घर्ष गरेका थिए । त्यस सिलसिलामा माओले भनेका छन् ः खास राजनीतिक परिस्थितिमा दुश्मन शक्तिहरुसित पनि एकता गर्नुपर्दछ । स्टालिनले साम्राज्यवादी शक्तिहरुसित एकता गरेकोले ट्राटस्कीले उनले स्टालिनले क्रान्तिसित गद्दारी गरेको बताएका थिए भने वा· िम·ले पनि माओले गद्दारी गरेको बताएका थिए । यस प्रसंगमा यो पनि उल्लेखनीय छ ः केही पहिले माओवादी केन्द्रीय समितिमा एउटा पक्षले राजतन्त्रसितको अन्तरविरोध समाप्त भइसकेकोले ने।sा।सितको अन्तरविरोध प्रधान भएको प्रस्ताव प्रस्तुत गरेको थियो ।

  • कुनै खास समयमा कुन प्रकारको नीति अपनाउने त्यो कुरा त्यो बेलाको खास स्थितिमाथि ध्यान िदंदै टु·ाउनु पर्दछ । २०६२-६३ मा प्रतिगमन वा निरंकुश राजतन्त्रको विरुद्ध आन्दोलन चलेको थियो । त्यो आन्दोलनमा ए।मा।ले। ने।sा। आदि सामेल थिए । त्यो संयुक्त आन्दोलनलाई हाम्रो पार्टीले समर्थन गरेको थियो र त्यसमा हाम्रो पार्टी सहभागि पनि बनेको थियो । माओवादीहरुले पहिले बहुदलीय व्यवस्थालाई समर्थन गर्ने नीति अपनाएका थिए र बहुदलीय पक्षधर सङ्गठनका कार्यकर्ताहरुलाई ठूलो संख्यामा अपहरण वा हत्या पनि गरेका थिए । उनीहरुले हाम्रो पार्टीका प्रतिनिधिहरुसित भेटेर प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलनबाट हट्ने भनेका थिए । अन्य पक्षलाई पनि त्यसका लागि सहमत पार्ने प्रयत्न गरेका थिए । तर अन्तमा उनीहरुले पनि प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलनमा सामेल भएका थिए जो अवश्य पनि स्वागतयोग्य निर्णय थियो ।
    वास्तवमा माओवादी एमाले ने।sा।आदि सहितको संयुक्त आन्दोलनका कारणले नै प्रतिगमनका विरुद्धको संयुक्त आन्दोलन सफल भएको थियो । अन्तमा संविधानसभाको चुनाव भयो र गणतन्त्रको स्थापना भयो । अब संविधानसभाका अगाडि मुख्य जिम्मेवारी संविधानको निर्माण हो र गणतन्त्रलाई संस्थागत गर्न संविधानको निर्माणले निर्णयात्मक महत्व राख्दछ । देशमा गणतन्त्र कायम भयो । तर आज पनि देशमा राजावादी शक्तिहरु सकि्रय छन् र उनीहरुले राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गरिरहेका छन् । गणतन्त्र पक्षधर शक्तिहरुका बीचमा संविधानको निर्माणका लागि सहमति बन्न सकेन र संविधानको निर्माण भएन भने प्रतिगनलाई नै मद्दत पुग्नेछ । त्यस प्रकारको अवस्थामा ०६२-६३ का पक्षधर राजनीतिक शक्तिहरुको एकता आज पनि आवश्यक छ र त्यस प्रकारको सहमतिले नै प्रतिगमनको खतरालाई रोक्न सक्नेछ । २०६२-६३ को आन्दोलनका पक्षधर शक्तिहरुका बीचको एकता टुट्यो भने प्रतिगमनलाई नै मद्दत पुग्ने छ । त्यस प्रकारको स्थितिमा अहिले एमाले र ने।sा।सितको एकताले पनि महत्व राख्दछ । त्यस प्रकारको एकतालाई निषेध गर्नु वा त्यसप्रति नकारात्मक दृष्टिकोण अपनाउनुको अर्थ अन्नतः प्रतिगमनलाई नै मद्दत पुर् याउनु नै हुनेछ । तर ूप्रस्तावूले त्यस प्रकारको सहमितिको राजनीतिलाई पूरै विरोध गर्दछ । त्यससिलसिलमा त्यो प्रस्तावमा लेखिएको छ ः हाम्रो पार्टीले ूसहकार्य र सहमतिको दिशामा देखाइरहेको लचकताका कारणले पनि पार्टीमा खराब प्रवृत्तिहरु हावी हुन पुगेका छन् ।ू त्यसरी त्यो ूप्रस्तावूले अहिलेको राजनीतिक स्थितिमा ूसहकार्य र सहमतिूको नीतिमा ूखराब प्रवृत्तिहरु हावीूभएको देख्दछ । बताइरहनुपर्ने आवश्यकता छैन अहिलेको देशको परिस्थितिमा सहमति र सहकार्यलाई विरोध गर्नुको अर्थ निश्चित रुपले प्रतिगमनलाई मद्दत पुर् याउनु नै हुनेछ । त्यसरी त्यो ूप्रस्तावूले २०६२-६३को आन्दोलनका पक्षधर राजनीतिक शक्तिहरुसित सहमति सहकार्य वा कार्यगत एकतालाई विरोध गरेर उनीहरुसित सम्झौताहीन सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ - तर माओवादीलाई छाडेर ।
    कुनै बेला कुन शक्तिसित कार्यगत एकता गर्ने वा नगर्ने त्यो स्वेच्छाचारी प्रकारले निर्णय हुने र हुन सक्ने कुरा होइन । त्यो कुरा कुनै खास बेलाको राजनीतिक लाइन वा राजनीतिक आवश्यकतानुसार निर्धारित हुने कुरा हो । यदि आजको कार्यनीति नयाँ जनवादी क्रान्ति हो भने जस्तो कि ूप्रस्तावू ले बताएको छ त्यही नीति अनुसार मित्र र दुश्मन शक्तिहरुका बीचमा विभाजन गर्नुपर्दछ । तर हामीले नयाँ जनवादलाई होइन बुर्जुवा प्रकारको भए पनि गणतन्त्र र त्यसलाई संस्थागत गर्न संविधानको निर्माणमा नै तात्कालिक रुपमा मुख्य जोड दिन्छौं । २०६२-६३ को आन्दोलनको आधार पनि त्यही नीति थियो र अहिले पनि हामीले त्यही नीति ०६२-६३ को आन्दोलनलाई निरन्तरता दिने प्रयत्न गरिरहेका छौं । त्यो नीति अनुसार ०६२-६३ को आन्दोलनमा हामीले जुन शक्तिहरुसित एकता कायम गरेका थियौं अहिले पनि तिनै शक्तिहरुसित एकता कायम गर्ने प्रयत्न गरेका छौं । तर नयाँ जनवादी क्रान्तिलाई नै अहिलेको कार्यनीति ठान्ने ूप्रस्तावूले अहिलेको तात्कालिक राजनीतिक लाइन वा राष्ट्रिय दायित्वलाई ठीकसित बुझ्न नसक्ने स्वाभाविक नै हो ।
    माओवादी हाम्रो पार्टीको मित्र शक्ति हो र हाम्रो त्यससित कार्यगत एकता गर्ने नीति पनि छ । तर त्यससित जोडिएको व्यवहारिक समस्या के हो भने त्यसले लगातार हाम्रा विरुद्ध दुश्मनीपूर्ण व्यवहार गर्दै आएको छ । त्यस सिलसिलामा उनीहरुले हाम्रा साथीहरुको अपहरण हत्या गर्ने वा सर्वस्व गर्दै आएका छन् । उनीहरुको त्यस प्रकारका नीतिहरु अहिले पनि कायम छन् । हालैका काठमाडौं उदयपुर धरान सिन्धुपाल्चोक कास्की गुल्मी दाङ आदि ठाउँमा उनीहरुले हाम्रा साथीहरु माथि गरेको िहंसात्मक आक्रमणबाट त्यो कुरामा कुनै शंका रहन्न । उनीहरुले हाम्रो पार्टीले सङ्घीयताको विरोध गरेकाले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाउने कुरा पनि गर्ने गरेका छन् । ूप्रस्तावूमा भनिए झै उनीहरुसितको हाम्रो सम्बन्ध ूकटुतापूर्णू बनेको छ । त्यसमा हाम्रा नीतिहरु होइन उनीहरुका हामीहरुमाथिका शत्रुतापूर्ण कारवाहीहरु नै जिम्मेवार छन् । तर उनीहरुको पूरै ूप्रस्तावूमा त्यसका लागि उनीहरुको कुनै आलोचना गरिएको छैन र हामीहरुको उनीहरुप्रतिको व्यवहारलाई ूदुश्मनीपूर्णू बताएर आलोचना गरिएको छ । ूप्रस्तावूको त्यो भनाईको अर्थ यो हुन्छ उनीहरुले हामीहरुप्रति जुन िहंसात्मक वा आक्रमक नीति अपनाएका छन् त्यो गलत छैन । तर उनीहरुको हामीहरु प्रतिको त्यस प्रकारको िहंसात्मक र आक्रमक व्यवहारको हामीले गर्ने आलोचना भण्डाफोर वा सङ्घर्षको नीति गलत छ । अहिले ूप्रस्तावूमा प्रस्तुत गरिएको त्यस प्रकारको विचार ठीक त्यस्तै छ जस्तो कि एकताकेन्द्र-मसालमा छदा प्रकाशले प्रकट गर्दथे ः उनले माओवादीहरु बारे हामीले अपनाएको भण्डाफोर वा सङ्घर्षको नीतिलाई गलत ठान्दथे र रोक्ने प्रयत्न गर्दथे । अहिले ूप्रस्तावूले त्यही प्रकारको सोंचाईलाई पुनः नयाँ प्रकारले अगाडि ल्याएको छ ।
    ूप्रस्तावूमा माओवादीहरुबारे उल्लेख गरिएका यी विषय पनि महत्वपूर्ण छन् । त्यसमा माओवादीहरुले नजिकको मित्रशक्ति बताएपछि भनिएको छ ः त्यसले ूतीब्र गतिमा दक्षिणपन्थी अवसरवादतिर छलांग हान्दैछू यहाँ यो उल्लेखनीय छ त्यसलॆ माओवादीले सामान्य रुपले दक्षिणपन्थी अवसरवादतिर संक्रमण हुँदै गएको भनिएको छैन तर त्यो दिशातिर ूछलांग हान्दैछू भनिएको छ । दक्षिणपन्थी अवसरवादतिर छलांग लगाउने समूह वामपन्थी वा क्रान्तिकारी हुन्छ कि हुन्न ूप्रस्तावूमा त्यसबारे केही भनिएको छैन । निश्चय नै त्यस्तो शक्ति वामपन्थी वा क्रान्तिकारी हुन नसक्ने कुरा प्रष्ट छ ।
    -ग -
    ूप्रस्तावूमा ूसङ्घीयताका विरुद्ध हामी निर्णायक सङ्घर्षको दिशातिर बढेका छैनौंू भनेर पार्टी नेतृत्वको आलोचना गर्दै अगाडि लेखिएको छ ः ूआगामी दिनमा सङ्घीयता विरोधी आन्दोलनलाई उचाईमा उठाउन प्रयत्न गर्नुपर्दछ ।ू यदि साँच्चिकै सङ्घीयताका विरुद्ध निर्णयात्मक सङ्घर्ष उठाउने हो भने ती शक्तिहरुका विरुद्ध सङ्घर्षमा नै सबैभन्दा बढी जोड दिनुपर्नेछ जसले देशमा सङ्घीयता कायम गर्न सबैभन्दा बढी शक्ति लगाइरहेका छन् । आज देशमा सङ्घीयता कायम गर्न सबैभन्दा बढी प्रयत्न माओवादीहरुले नै गरिरहेका छन् । उनीहरुले जातीय राज्य पृथक बन्ने अधिकार सहितको आत्मनिर्णयको अधिकार बहुराष्ट्रिय राज्यका अवधारणाहरु सहित सङ्घीयता लागू गर्ने कुरा गरिरहेका छन् । उनीहरुले सङ्घीयताका विरुद्धका कार्यक्रमहरु माथि िहंसात्मक आक्रमण गर्ने गरेका छन् वा सङ्घीयताको विरोध गर्ने राष्ट्रिय जनमोर्चा माथि प्रतिबन्ध लगाउने कुरा गरिरहेका छO ।ू यो ूप्रस्तावूले एमालेले नेतृत्व गरेको सरकारलाई समर्थन गरेको कारणले हाम्रो पार्टीको नेतृत्व पनि एक मधेश एक प्रदेश पृथक हुने अधिकार सहितको आत्मनिर्णयको अधिकार बारे ूमधेशवादी दलहरुसित संगै हस्ताक्षरू गरेको वा ूप्रकारान्तरले मधेशवादी दलहरुसित उनीहरुको मुद्दालाई समर्थनू पनि गरेको आरोप लगाएको छ । तर त्यससित सम्बन्धित तथ्यलाई केलाएर हेरेपछि त्यो आरोप आधारहीन भएको कुरा प्रष्ट हुनेछ ।
    एमाले र ने।sा। दुबैले मधेशवादी दलहरुलाई लेखेर दिएको कागजमा ूएक प्रदेश पृथक हुने अधिकार सहितको आत्मनिर्णयको अधिकार लागू गर्नेू शब्दावली प्रयोग गरिएको छैन । त्यसमा ूमधेश-प्रदेशू र ूपूर्ण स्वायत्तताू शब्दावलीको प्रयोग गरिएको छ । निश्चय नै त्यो पनि सही छैन र हाम्रो पार्टीले त्यो सम्झौता भएको बेलामा नै त्यसको विरोध गरेको छ । त्यो कुरा जेभएपनि एमाले र ने।sा। नेतृत्वले मधेशवादी दलहरुलाई लेखेर दिएको कागजमा आँठबुँदे सहमतिलाई लागू गर्ने कुरा मात्र लेखिएको छ । जहाँसम्म आठबुँदे सम्झौताको प्रश्न छ त्यसमा माओवादी एमाले र ने।sा। समेतले पहिले नै हस्ताक्षर गरेका छन् । सरकारको निर्माणमा मधेशवादी दलहरुको समर्थन गर्ने एमाले र ने।sा।sा नेतृत्वले त्यही समझदारीलाई लागू गर्ने आश्वासन लेखेर दिएका छन् । त्यसरी उनीहरुले एमाले र ने।sा।sाे नेतृत्वले जुन कुरा लेखेर दिएका छन् त्यसमा कुनै नयाँ कुरा छैन । जुन पक्षहरुले त्यो सम्झौतामा हस्ताक्षर गरेका छन् उनीहरुले १० पल्ट वा १०० पल्ट त्यो कुरा दोहराए पनि कुरा एउटै हो ।
    मधेशवादी दलहरुलाई त्यस सम्बन्धी आश्वासन लेखेर दिने बेलामा उनीहरुले यो पनि लेखेका छन् ः त्यो सहमति संविधानसभाद्वारा पारित भएपछि लागू गरिने छ । त्यसरी उनीहरुको सरकार बन्ने वित्तिकै त्यसलाई कार्यान्वयन गर्ने कुरा गरिएका छैन । जहाँसम्म संविधानसभाद्वारा त्यसलाई पारित गर्ने कुरा हो त्यो प्रश्नमा एमालेको नेतृत्व वा त्यसको नेतृत्वको आलोचना गर्ने बेलामा त्यो ूप्रस्तावूले माओवादी नेतृत्व समेतले त्यो प्रस्तावमा हस्ताक्षर गरेको भएपनि संविधानसभामा कसले यसलाई समर्थन गर्दछ वा गर्दैन त्यो त्यही बेला थाहा हुने कुरा हो । त्यो आठबुँदे सम्झौतामा हस्ताक्षर गरे पनि दलीय स्तरमा ती तीनवटै दलहरुले एक मधेश एक प्रदेशको विरोध गरेकQराटस्की प्लेखानोभ चाउ एन लाई देङ स्याओ पिङ ह्वाको फेङलाई समेत उपयोग गरेका छन् । क्रान्तिको पक्षमा अपनाइएको यस प्रकारको कार्यकुशलताले त्यहाँ क्रान्ति सम्पन्न गर्नमा मद्दत पुगेको थियो ।ू यो भनाईद्वारा त्यो ूप्रस्तावूले के कुरामा जोड दिन खोज्दैछ यो कुरा सत्य हो कि ूअवसरवाद प्रकट रुपमा देखा नपर्दासम्मू पछि अवसरवादी वा गद्दार बनेका व्यक्तिहरुलाई ूउपयोगू मात्र गरिन्न उनीहरुले क्रान्तिकारी आन्दोलनमा सकि्रय रुपले भाग लिइरहेका हुन्छन् वा क्रान्तिकारी आन्दोलनको नेतृत्व पनि गरिरहेका हुन्छन् । तर क्रान्तिकारी आन्दोलनका दौरानमा गद्दार वा दक्षिणपन्थी र ूमध्यपन्थीू अवसरवादी सावित भइसकेका विचलनको बाटो समातिसकेका व्यक्तिहरुको ूउपयोगू मा जोड दिएर त्यो ूप्रस्तावूले वास्तवमा सबै गद्दार वा दक्षिणपन्थी अवसरवादीहरु प्रति उदार दृष्टिकोण वा भविष्यमा त्यस प्रकारको नीतिलाई नै आधार बनाएर अगाडि बढ्ने कुराको शंकेत दिएको आभाष मिल्दछ । त्यो ूप्रस्तावूले त्यस प्रकारका तत्वहरु प्रति सम्झौतापरस्त र समन्वयवादी दृष्टिकोण अपनाउने कुरामा जोड दिएको छ । विश्वको र नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासले पनि यो कुरा बताउँदै आएको छ कुनै व्यक्तिको पहिले क्रान्तिकारी भूमिका रहेको भएपनि जब त्यसमा अवसरवादका लक्षण वा प्रवृत्तिहरु प्रकट हुन थाल्दछन् उसले संसारभरका र नेपालका पनि सबै अवसरवादीहरु प्रति नीकटता र आत्मीयताको अनुभूति गर्न थाल्दछ । खु्रश्चेभले गद्दारीको बाटो समातेपछि टिटोलाई ूकामरेड टिटोू घोषणा गरेका थिए । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यस प्रकारका प्रवृत्तिहरु देखागर्ने गरेका छन् । त्यही प्रवृत्ति ूप्रस्तावूले पनि प्रदर्शन गरेको छ । अन्यथा काउस्की चाउ एनलाई देग-स्याओ- िप· आदिको प्रति त्यो ूप्रस्तावूले एकाएक उनीहरुको मुद्दालाई त्यति धेरै माथि उठाउनुको आवश्यकता किन पर् यो
    त्यो ूप्रस्तावूले पुष्पलाल निर्मल लामा वा ूमसाल विरासत भएका शक्तिहरुू प्रतिको पार्टीको दृष्टिकोणलाई ूसंकीर्णवादीू भएको आलोचना गरेको छ । त्यसबारे पनि केही स्पष्टताको आवश्यकता छ । एउटा वैचारिक र ऐतिहासिक प्रसंगमा पुष्पलालाई गद्दार घोषित गरिएको थियो । प्रथम नेपालको कम्युनिष्ट आन्दोलनले ने।sा।लाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी र त्यसकारण जनतान्त्रिक तथा मित्र शक्ति भन्दै आएको थियो । २०२६ सालमा भद्रगोल जेलमा बसेका वामपन्थी राजबन्दीहरुको करिब एक महिनासम्म बसेको बैठकले पार्टीको त्यो विश्लेषणलाई गलत बताउँदै राजा जस्तै ने।sा।लाई पनि सामन्त वर्ग र दलाल पुँजीपति वर्गको पार्टी भएको ठहर गर् यो । त्यो विश्लेषण केन्द्रीय न्यूक्लस र चौथो महाधिवेशनमा पनि स्वीकृत भयो । पछि देशका करिब करिब सबै जस्तो वामन्थी शक्तिहरुले त्यो विश्लेषणलाई स्वीकार गरे । त्यस प्रकारको पृष्ठभूमिमा एकातिर राजा र अर्कातिर ने।sा।लाई मित्रशक्ति मान्ने वा त्यस प्रकारका झुकावहरु राख्ने शक्तिहरुलाई हामीले गद्दार घोषित गर् यौं । अर्थात् ने।sा।लाई वर्गीय र राजनीतिक दुवै प्रकारले मित्रशक्ति मानेकाले नै पुष्पलालाई गद्दार घोषित गरिएको थियो । तर पछि उनको ने।sा।प्रतिको दृष्टिकोण गलत भएपनि राजतन्त्रका विरुद्धको सङ्घर्षमा उनले सम्झौताहीन सङ्घर्षको नीति अपनाएको वास्तविकता माथि ध्यान िदंदै उनलाई गद्दार घोषित गर्ने नीतिलाई पार्टीले सच्चायो ।
    नयाँ जानकारी वा मूल्यांकनका आधारमा पार्टीले पहिले अपनाएका कैयौं गलत नीतिहरुलाई सच्चाउँदै आएको छ । विश्व कम्युनिष्ट आन्दोलनको र नेपालको पनि कम्युनिष्ट आन्दोलनको इतिहास त्यस प्रकारको उदाहरणहरुले भरिएको छ । स्वयं माक्स्र एंगेल्स लेनिन स्टालिन वा माओले त्यसरी आफ्ना पहिलेका कैयौं गलत धारणाहरुलाई सच्चाएको इतिहास छ । त्यही ज्ञानको विकासको द्वन्द्वात्मक पद्धति हो । त्यो अवस्थामा पार्टीले पहिले सच्चाइसकेको कुनै गलत सोंचाईलाई आधार बनाएर आलोचना गर्ने तरिका अत्यन्त तल्लोस्तरको सिद्धान्तहीन तरिका हो । हाम्रो पार्टीबाट अलग हुने बेलामा ूमध्यपन्थीहरुलेू अहिलेका माओवादीहरुले त्यही तरिका अपनाएका थिए । उनीहरुको ूअराजकतावादी व्यक्तिवाद नेपाली दक्षिणपन्थी अवसरवादको नयाँ आयामू पढेपछि त्यो कुरा प्रष्ट हुनेछ । ूइतिहासले सुम्पेको जिम्मेवारी वा इतिहासले गरेको मजाकूमा उनीहरुको त्यसप्रकारको सिद्धान्तहीन गलिगलौज र चरित्र हत्याको राजनीतिको विस्तृतरुपले सैद्धान्तिक विश्लेषण गरिएको छ । अहिले ूप्रस्तावूले पुष्पलालको कुरा उठाएर त्यही प्रकारको सिद्धान्तहीन तरिकालाई अपनाउने प्रयत्न गर्दैछ ।
    अहिले सबै दक्षिणपन्थी अवसरवादीहरुले पुष्पलालाई सच्चा र क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा स्थापित गर्ने प्रयत्न गर्दैछन् । अवसरवादको बाटो समात्ने क्रममा पुष्पलाल प्रति पनि उनीहरुको त्यस प्रकारको अवसरवादी दृष्टिकोण देखापर्दै जान्छ । तर हाम्रो पार्टीले उनीसित सम्बन्धित ूगद्दारू को आरोपलाई फिर्ता लिएपनि उनलाई कांग्रेसपरस्त र दक्षिणपन्थी संशोधनवादीका रुपमा नै विश्लेषण गरेको छ । ने।sा।sाे विश्लेषण सम्बन्धी उनको गलत दृष्टिकोण भारतीय विस्तारवाद भारतको सी।पी।एम। र चीनको महान सर्वहारा सांस्कृतिक क्रान्ति आदि बारे उनको दृष्टिकोणमा अस्पष्टता वा ढुलमुल नीति आदि समेतका कारणले हाम्रो पार्टीले उनलाई दक्षिणपन्थी संशोधनवादी रुपमा नै विश्लेषण गरिरह्यो । उनको त्यो सम्पूर्ण चिन्तन प्रणालीले एमालेको दक्षिणपन्थी संशोधनवादी चिन्तनसित मेल खान्छ । त्यसैले उनीहरुले पुष्पलाललाई सच्चा क्रान्तिकारी कम्युनिष्ट नेताका रुपमा सम्मान गर्दछन् । दक्षिणपन्थी दिशा िलंदै जानुका साथै अब माओवादीले पनि पुष्पलाल बारे एमालेको जस्तै दृष्टिकोण अपनाउँदै गइरहेको छ । अब ूप्रस्तावूले पनि पुष्पलालबारे त्यही प्रकारको दृष्टिकोण अपनाउन ता खोज्दै छैन
    - च -
    का। निर्मल लामाले पाचायती तानाशाही व्यवस्था अन्तर्गतको चुनावमा भाग लिने नीति अपनाएपछि त्यो प्रश्नमा हाम्रा बीचमा मतमेद भएको थियो । त्यस