विश्व नेपाली छापा संस्करण , वर्ष ६
 
तपाई पढ्दै हुनुहुन्छ : इतिहास

नेपालको राष्ट्रियता ः एक िसंहावलोकन

  • कमल कार्की

प्राग-ऐतिहासिक कालमा हालको नेपाली धर्तीमा कुन-कुन नश्ल वा प्रजातिका मानवको उत्पत्ति र विकास भयो वा लाखौँ-लाख वर्षको मानव समुदायको विकासको क्रममा यस भुमिमा आगमन वा वर्हिगमन भयो भन्ने कुराको पुरातत्वविद्हरुको अन्तिम ऐतिहासिक पुष्टि हाम्रासामु आइसकेको छैन तर अपुष्टरुपमा नै भएपनि ती ऐतिहासिक भग्नावशेषहरुको सम्भावना यस धर्तीमा उपलब्ध छ भन्ने कुरा नेपालको बुटवल क्षेत्रमा मानवजातिका पुर्खा रामापिथेकसको १ करोड १० लाख वर्ष पुरानो भग्नावशेष प्राप्त भएबाट थाहा हुन्छ । यस्तैप्रकारका मानव अवशेषहरु दाङ र काठमाडौँको बुढानिलकण्ठमा पनि प्राप्त भएको पुरातत्वविद्हरुले बताएका छन् । यो हाम्रो नेपाली धर्तीको आदिम अवस्थाको गर्व र गौरवको कुरा हो ।
यस भू-खण्डमा राज्यहरुको अस्तित्व कायम हुनअघि यस क्षेत्रमा अवश्य नै विभिन्न नश्ल प्रजाति र वंश परम्परा भएका मानव समुदायको वसोवास भएको अनुमान गर्न उपर्युक्त तथ्यहरुले हामीलाई आधार प्रदान गर्दछन् । प्राचीनकालमा अथर्व परिशिष्ट कौटिल्यको अर्थशास्त्र महाभारत र चीनियाँ यात्री हवेन साङको यात्रा विवरणमा नेपाल शब्दको उल्लेख भएको छ भने सन् ४६४ को चाँगुनारायणको स्तम्भले भने लिखित र प्रमाणिक रुपमा नेपालको इतिहासको प्रारम्भ गरेको छ ।
एसियाको हिमवत खण्डमा अवस्थित उपर्युक्त तथ्यहरुमा उल्लेखित यस नेपाल भुमिमा विभिन्न वंशका एक-पछि-अर्को राज्यको अस्तित्व कायम हँुने क्रम नै नेपालको इतिहासको रुपमा उल्लेखित छ । प्राचीन नेपालमा गोपाल महिषपाल र किराँत वंशका क्रमशः आठ तिन र बत्तीस पुस्ताले शासन व्यवस्था चलाएपछि लिच्छवी शासन व्यवस्था सुरु भयो । लिच्छवीहरुको शासन उपत्यकामा मात्र सीमित नभएर उपत्यकाभन्दा बाहिर गोरखा र खोटाङसम्म पनि कायम भएको ऐतिहासिक तथ्यहरुले बताएका छन् तर किराँतकालमा भने मध्य नेपालमा शाक्य र मिथिलामा विदेह राज्य अस्तित्वमा थिए भने तराईको सिम्रौनगढ र कर्णाली प्रदेशमा क्रमशः कर्णाटकवंशी र खस राज्यको अस्तित्व रहेको पाइन्छ । खस राज्यको चरम उत्कर्षको बेलामा पश्चिममा कुमाउँ÷गढवाल तथा उत्तरमा तिब्बत र पूर्वमा गोर्खासम्म फैलिएको पाइन्छ ।
मध्यकालिन नेपाल भने उपत्यकामा मल्ल उपत्यकाभन्दा बाहिर बाइसे चौबीसे र पूर्वमा सेनराज्यमा विभाजित भएर अस्तित्वमा रहेको पाइन्छ । यसप्रकारको विभाजित अवस्थामा पनि मध्यकालदेखि यस धर्तीमा जातीय राज्यहरु कहीँ कतै अस्तित्वमा रहेको पाइँदैन । आधुनिक नेपालको निर्माण हँुनुपूर्व नेपालमा राष्ट्रियता र राष्ट्रवादको कुनै भू्रण थियो भने उक्तप्रकारका राज्यहरुको गठन र विघटनको प्रकि्रयाको चरणबाट नै हुँदै आएको इतिहासविद्हरुको ठम्याई छ ।
पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरण गर्नुपूर्व नेपालको दुभाग्यपूर्ण स्थितिमा करिब ५२ वटा राज्यहरुमा विभाजित थियो भने उता पछिल्लो समयमा भारत वर्षमा कायम भएको मुगल साम्राज्य विघटनपछि विखण्डित भारतलाई ई। १६०० तिर बि्रटेनमा व्यापारिक दृष्टिकोणले स्थापना भएको ँबृटिस इस्ट इण्डिया कम्पनी’ ले भारतस्थित रजौटाहरुलाई फुटाउ हत्याउ र राज गर भन्ने रणनीतिका साथ आफ्नो कब्जामा लिँदै गयो र अन्ततः सिङ्गै भारत श्रीलङ्का वर्मा र अफगानिस्तानसमेतलाई कब्जामा लिँदै नेपालको सीमानासम्म पनि आइपुग्यो ।
तत्कालिन विभाजित अवस्थाको नेपालमा गोरखाका राजा पृथ्वीनारायण शाहले ठूलो राज्यको राजा हँुने सामान्य अभिष्टले सुरुवात गरेको राज्यको विस्तार अभियान तत्कालिन उपत्यकाका राजा जयप्रकाश मल्लले ँइष्ट इण्डिया कम्पनी’ सँग पृथ्वीनारायण शाहविरुद्ध सहयोग मागेपछि इस्ट इण्डिया कम्पनीका कमाण्डर कप्तान किनलोकीसँग प्रतिरोध युद्धमा उत्रनुपर् यो । एउटा सानो गोर्खा राज्य विस्तारको सामान्य अभिष्ट पछि गएर आन्तरिकरुपमा नेपाल राज्यको एकीकरण र बाह्यरुपमा विश्व विजय गर्दै हिडेको अङ्ग्रेजसँगको अप्रत्याशित लडाईले देशभक्तिपूर्ण युद्धको स्वरुप धारण गरी नेपाली सैन्य बल अङ्ग्रेजहरुलाई परास्त गर्दै पूर्वमा टिस्टा र पश्चिममा किला काँगडासम्म नेपालको विस्तार गर्न पुगेका थिए । तत्कालिन भौतिक वा आर्थिकलगायतका परिस्थितिले सामन्ती राज्य निर्माणको आधारमात्र प्रदान गरे पनि इतिहासको विशेष कालखण्डमा पृथ्वीनारायण शाहले समाज विकासक्रमको प्रगतिशील र ऐतिहासिक कार्यमार्फत हामीलाई आजको नेपाली राज्य र राष्ट्रियता उपलब्ध गराए ।
भारत श्रीलङ्का वर्मा र अफगानिस्तानलाई कब्जामा लिई सुदृढ भइसकेपछि अङ्ग्रेजले नेपाललाई पनि कब्जा गर्ने निश्चय गर् यो र सन् १८१४ मा नेपालमाथि खुनी हमला सुरु गर् यो र सन् १८१६ मा नेपालले प्राप्त गरेको एक-तिहाई भुमि गुमाउँदै अप्रत्यक्ष नेपालको स्वतन्त्रता गुमाउँनुपर्ने असमान सन्धिमा अपमानपूर्वक हस्ताक्षर गर्नुपर् यो । नेपाल अर्ध-उपनिवेशको अवस्थामा धकेलियो । उक्त सन्धि भएपछि सुरु भएको नेपालमाथिको औपनिवेशिक हस्तक्षेप कालो कलङ्कको रुपमा आज पर्यन्त पनि कायम नै रहेको छ । हामी आजसम्म पनि स्वाधीन हुन सकेका छैनौँ ।
दरबारिया षडयन्त्रको चरम अवस्थाको उपयोग गर्दै राणा शासनको सुरुवात भयो । एक सय चार वर्षको इतिहासमा राणाहरुले बृटिसलाई रिझाएर उनको दलाली गर्दै देश लुट्न र आफ्नो स्वर्ग कायम राख्नमा नै बिताए तर पनि यसप्रकारको नित्कृष्ट दलाली चाकडी र आफ्नो स्वर्गको स्वार्थले भारतीय राजारजौटाहरुभन्दा बेग्लै रहनुपर्ने परिस्थितिले पनि नेपाल भारतभन्दा भिन्दै राज्यको रुपमा रह्यो । यो नै राणाहरुको नकारात्मक रुपको नै भएपनि नेपालका लागि योगदान थियो जसले गर्दा नेपालको ऐतिहासिक कालदेखिको अस्तित्व भारतको प्रान्त हुनबाट बच्यो ।
उता भारत बृटिसको उपनिवेशको अन्त गर्दै स्वतन्त्र भयो भने यसैको आसपासमा नेपालमा राणा शासनको अन्त भई प्रजातन्त्र स्थापना भयो । भारतमा बृटिस उपनिवेशको अन्तपछि आएका नयाँ शासकले आफ्नो ना·ाे विस्तारवादी उद्देश्य मुताविक नेपाललाई भारतमा मिलाउँनुपर्ने तत्कालिन गृहमन्त्री सरदार बल्लभभाई पटेलको अभिव्यक्तिपछि नेपालको राष्ट्रियता स्वतन्त्रता सार्वभौमिकता र अखण्डता झन् जटिलतातर्पु मोडियो तर निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध आन्दोलित हँुने क्रममा नेपाली जनतामा राष्ट्रिय जागरणसमेत प्रकट हुन पुग्यो । फलस्वरुप राजनीतिक पार्टीहरु स्थापना हुन थाले । यस सिलसिलामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । कम्युनिष्ट पार्टीले स्थापनाको लगत्तैदेखि राष्ट्रियताको सवाललाई पनि निरन्तर रुपमा उठायो । तत्कालिन राजा र सत्तासिन नेपाली काङ्ग्रेसका नेताहरुको भारतपरस्त चरित्रको पर्दाफास गर्दै रह्यो । तत्कालिन ँदिल्ली सम्झौता’ ले सिर्जना गरेको भारतसँगको विशेष सम्बन्धले सम्पूर्ण नेपालीले शिर निहुराउन बाध्य हँुने स्थिति तत्कालिन इतिहास पढ्ने जो-कोहीले पनि थाहा पाएको कुरा हो भने अझ त्यही अवधिमा गरिएका राष्ट्रघाती सन्धि सम्झौताहरु अभिसापको रुपमा नेपालीले आज पनि भोगिरहनुपरेको छ ।
तत्कालिन सङ्क्रमणकालिन राजनीतिक परिस्थितिको फाइदा उठाउँदै भारतले हस्तक्षेपकारी भुमिका तेज पारिरहेको बेला राष्ट्रवादी नारा उराल्दै राज महेन्द्रले निरङ्कुश पाचायती व्यवस्थाको सुरुवात गरेतापनि त्यो अन्धराष्ट्रवाद सारमा राष्ट्रघाती नै थियो भन्ने कुरा १९६५ को गोप्य सम्झौताले कालापानीमा भारतीय सेना राख्न दिएबाट छर्ल· हुन्छ तर ३० वर्षसम्म चलेको पाचायती व्यवस्थाले दलहरुमाथि प्रतिबन्ध लगाएको भएतापनि विश्वको राजनीतिक परिस्थिति र नेपाली जनतामा आएको राष्ट्रिय जागरणको स्थितिले निरङ्कुश व्यवस्थामा नै भएपनि नेपाली राष्ट्रियताको भावना जागृत भइरह्यो । त्यो यथार्थतालाई कसैले अस्वीकार गर्न सक्दैन । यद्यपि यही अवधिमा पनि भारतीय विस्तारवादको दृष्टि बारम्बार सीमा अतिक्रमणदेखि राजनैतिक हस्तक्षेपसम्मको तहमा प्रकट भइरहँदा तत्कालिन व्यवस्थाका शासकहरुले पनि कुनै ठोस कदम राष्ट्रियताको पक्षमा चाल्न सकेनन्मात्र होइन आफ्नो सत्ताको स्वर्ग बचाउँने चाकडी र दलाली गरिरहे ।
निरङ्कुश पाचायती व्यवस्थाका विरुद्ध चलेको आन्दोलनको पृष्ठभुमिमा पाचायत बचाइदिने र बहुदल ल्याइदिने नाममा भारतले राजनैतिक हस्तक्षेप बढाइरह्यो जुन कुरा ०४६ को आन्दोलन सफल भएपछि बनेको संयुक्त अन्तरिम सरकार तथा आम निर्वाचनपछि बनेका विभिन्न सरकारका गतिविधिबाट प्रष्ट हुन्छ । यो अवधि पनि राष्ट्रघाती सन्धि-सम्झौता गरेर भारतलाई रिझाएर आफ्नो सत्ता कायम राख्नमा नै बित्यो । बहुदलीय व्यवस्थाबाट प्राप्त भएको खुल्ला परिस्थितले नेपाली जनतालाई प्रदान गरेको राष्ट्रिय दायित्वले सम्पूर्ण नेपाली एकतावद्ध भई राष्ट्रघातका विरुद्ध जुट्ने बेलामा नेपाल आन्तरिक द्वन्द्वमा फस्यो । यो अवसर छोप्दै राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कब्जा लिएर एकलौटी शासन चलाउँने प्रयास गरेता पनि नेपाली जनताले त्यो उनको दुस्साहसलाई नै असफल गराई गणतन्त्र नेपालको स्थापना गरे ।
राजा ज्ञानेन्द्रले सत्ता हत्याएपछि चलेको ०६२-६३ को आन्दोलनको सफलतापछि संसद्को पुनस्र्थापना संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापना भइसकेको छ । अब गणतन्त्रको सुदृढीकरण र संस्थागत गर्दै राष्ट्रियताको आन्दोलनलाई अगाडि बढाएर लैजाने जिम्मेवारी हाम्रो आम नेपालीको काँधमा आइपरेको छ । यतिखेर २००७ ०४६ वा ०६२÷६३ का कुनै पनि आन्दोलनमा कहीँ कतै नउठेका विषय संविधानसभामा गलत बाटोबाट छिराएर सर्वभौमसत्ता विभाजित गर्ने सङ्घीय शासन प्रणालीको सङ्घारमा नेपाललाई धकेलिएको छ भने जातीय र क्षेत्रीय नाराहरुलाई साम्प्रदायिक आलोकमा अवतरण गराई आत्मनिर्णयको अधिकारको वकालत गराइँदैछ जसले नेपालको अखण्डता टुक्रा-टुक्रा भई बेग्ला-बेग्लै राज्यहरु बन्ने र ती टुकि्रएका कमजोर राज्यहरुलाई दबाब वा प्रलोभन दिएर भारतमा विलय गराउँने षडयन्त्रको सम्भावना प्रष्टै देखिदैछ । अझ ँएक मधेश स्वायत्त प्रदेश’ नभए एक नेपाल पनि नरहने चेतावनी वा धम्कीले कुरालाई झन् प्रष्ट पार्दछ । नेपालको समतल भुमि तराईलाई मधेश प्रदेश बताएर ँकोशोभो’ बनाउँने र अन्ततः भारतको पक्षमा उपयोग गर्ने वा विलय गराउनका लागि उपयुक्त पात्र र परिस्थितिको पर्खाइमा भारत एक-पछि-अर्को षडयन्त्रको तानाबाना बुनिरहेको छ ।
नेपाली जनताले पछिल्ला ६ दशकमा देखाएको अद्भूत राष्ट्रिय जागरणका बाबजुद भारतीय विस्तारवाद आफ्नो त्यो निकृष्ट ध्येयबाट पछि हटेको छैन । पहिलेभन्दा झन् गम्भीर तवरले नेपालका राजनैतिक शक्ति सङ्घ-संस्था सरकार र सरकारी निकायमा जताततै हस्तक्षेप बढाउँदै लगेको अनुभूति सबै नेपालीहरुले गरिरहेकै हँुनुपर्दछ । यो सबै परिस्थितिको अन्त देशभित्रको जागृत राष्ट्रियताको देशभक्तिपूर्ण आन्दोलनले नेपाललाई स्वतन्त्र सार्वभौम अखण्ड र समृद्ध बनाउँनेछ नै । संसारभरका विभिन्न राज्यहरुको राष्ट्रियताको विस्तार कै क्रममा अन्तर्राष्ट्रियकरण हुँदै सबै देशमा भएका शोषण उत्पीडन र पराधिनताको अन्त भएपछि नै सही अर्थमा समानता र मानवता कायम हँुनेछ ।

फोन्ट डाउनलोड
Kantipur , Kurti Dev 021, Himalli
How to Download and install font in your PC ? Please Click here
दस्तावेज

अन्तर्राष्ट्रिय एकता समाज

हाम्रोबारेमा

अभिलेखालय

तपाईको प्रतिक्रिया

हाम्रो सम्पर्क

विज्ञापनको लागि सम्पर्क
Copyright © 2006 Vishwanepali.com Designed and Developed by www.crystalhues.com