तपाई पढ्दै हुनुहुन्छ :
विचार
नेपालमा सामाजिक सुरक्षाको
स्थिति
अपत्य शर्मा
नेपालमा प्रजातन्त्र, बहु“दल, तानाशाही शासन र
राजतन्त्रको अन्त भएर लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । तर
शोषकवर्गीय आर्थिक आधारमा आमूल परिवर्तन भएको छैन । उपरी संरचनामा
परिवर्तन भने भएको छ अर्थात् ठूला ठालू सामन्तवादी तथा दलाल, नोकरशाही
पु“जीपति वर्गका प्रतिनिधिहरूले पालैपालो सत्ताको बागडोर सम्हाल्न पाएका
छन्, जसमा राणा परिवार र शाह परिवारको एकाधिकार थियो । नेपालका ठूला
राजनैतिक दलका नेताहरू सभासद, मन्त्रीहरू र उनीहरूका अरौटे–भरौटे
भ्रष्टाचारीलाई साधारण रूघाखोकी लागे पनि विदेशी अस्पतालमा उपचार गर्न
लाखौ“–लाख राज्य कोषबाट रकम मिल्छ । तर विकट दुर्गमका वासिन्दाका लागि
झाडापखाला र साधारण ज्वरो, रूघाखोकीको औषधी पनि नपाएर मर्नुपर्ने अवस्था
छ । औषधी त उनीहरूका लागि पेटभरी अन्न खान पाए नै हुन्थ्यो । यहा“
उल्लेख गर्न लागिएको विषय हो सामाजिक सुरक्षा ।
सामाजिक सुरक्षा भनेको के हो भन्ने प्रश्न नेपालको सन्दर्भमा नेपालका
राजनैतिक पार्टीका नेताहरूले भाषणमा खुवै फलाक्छन् । सामाजिक सुरक्षाको
प्रतिवद्धता, भाषणहरू र शायद अन्तरिम संविधानमा पनि लेख्न भुलेका छैनन्
। यो एउटा गधालाई गाजरको मूठो देखाएर डौडाउ“ने नीतिजस्तै व्यवहार
नेपालका शासकहरूले पनि नेपालका भोका–नाङ्गा, शोषित–पीडित दलित, किसान
तथा मजदुरहरूलाई गरिरहेछन् । राणाहरूको जहानिया“ निरङ्कुश शासन,
निर्दलीय निरङ्कुश शाही शासन वा तथाकथित जनयुद्धका नाममा राजतन्त्रको
अन्त्य गर्ने सशस्त्र सङ्घर्षमा भोका–नाङ्गा, शोषित–पीडित जनतालाई
सामेल गरियो । सुनौलो, सुखी, समृद्ध जीवनको सपना साकार हुने आशाले
हजारौ“ले जीवन बलिदान गरे, अपाङ्ग बने । अनेकौ“ अकल्पनीय यातनाको सिकार
बने । सपना देखाउ“ने नेताहरूले महल र गद्दी पाए तर भोका–नाङ्गा जनताका
खोक्रा पेट खोक्रै छन् । बहुुसङ्ख्यक आम भोका–नाङ्गा जनतालाई शासकहरूले
कुकुर, बिराला तथा झारपातभन्दा बढी सम्झदैनन् । ती रोग, भोक, प्राकृतिक
प्रकोप, पुलिस, सेना तथा दलाल नोकरशाही पु“जीपतिको दासता र अपमानको तितो
घुट्को पिएर बाच्न बाध्य छन् ।
सामाजिक सुरक्षा भन्नाले सामान्यरूपमा राज्यका तर्फबाट गरिव, असहाय,
अपाङ्ग, असमर्थ, पछि परेका वर्ग र समुदाय, केटाकेटी, बुढाबुढी,
बेरोजगार तथा मजदुर वर्गका लागि आर्थिक सहयोग, स्वास्थ्य, सुरक्षा,
शिक्षा, बोनस, पेन्सन, निवृत्तिभरण हो । नेपालमा मजदुर वर्गका लागि
सामाजिक सुरक्षा त के, एक जनाका लागि पेटभरी खान नपुग्ने ज्याला दिइन्छ
। मजदुर वर्गलाई सबैभन्दा बढी शोषण र उत्पीडन गर्ने व्यवस्था नेपालमा
लागु गरिूदैछ । किनभने विदेशी पु“जी लगानीकर्ताहरू तथा स्वदेशी
लगानीकर्ताहरूको मुख्य निसाना मजदुरहरूलाई थोरै–भन्दा–थोरै ज्याला, तलव
दिने, स्थायी कहिल्यै नगर्ने, पिस रेट वा ठेक्कामा काम लगाउ“ने र मन
लागे काममा लगाउ“ने, मन नलागे कामबाट हटाउ“ने पक्षमा स्वदेशी, विदेशी
पु“जीपतिहरू र सरकार पनि यही पक्षमा छ । जबकि मजदुर वर्ग यसका विरूद्धमा
लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । नेपाल सरकार र पु“जी
लगानीकर्ताहरूको मजदुरको ज्याला बढाएपछि उत्पादन लागत बढ्छ र माल महङ्गो
हुन्छ भन्ने भनाई व्यापकरूपमा छ । नेपालमा वर्षेनी कति मजदुर काम गर्दा–गर्दै
दुर्घटनामा परेर मर्छन् र अपाङ्ग हुन्छन् । त्यसको तथ्याङ्क राख्ने काम
कही“ कतैबाट पनि भएको पाइ“दैन । किनभने तथाकथित मानव अधिकारवादीदेखि
दानव अधिकारवादीसम्मका लागि मजदुर मानव होइन, मात्र पु“जीपति वर्गको
बोल्ने औजारमात्र हुन् ।
गरिवीलाई पूर्वजन्मको पाप र सम्पन्नतालाई पूर्व जन्मको धर्म (दान,
दक्षिणा, धर्म–कर्म) को फल भन्ने शोषक वर्गीय चिन्तकहरूको कमी छैन । जे
होस्, गरिव हुनु नै सम्पूर्ण दुःख, कष्ट, रोग, भोक, अपमान र दासतापूर्ण
जीवनको प्रकट रूप हो । गरिवीको पीडाले आत्महत्या गर्ने नेपालीको सङ्ख्या
बढ्दो छ । गरिव भएपछि अमानवीय शोषण, उत्पीडनमात्र नभएर प्रकृतिले पनि
गरिवहरूमाथि नै विपत्तिमाथि विपत्ति थपिदिन्छ । प्राकृतिक विपत्तिको
सबैभन्दा ठूलो मार विपन्न जनतामाथि नै पर्छ । वर्षेनी आउ“ने सुखा,
बाढीपहिरो, तातो हावा (लू) र शितलहर, डेङ्गु, कालाजार आदिका सिकार पनि
गरिव मजदुर, किसान, दलित, महिला, केटाकेटी र बुढाबुढी नै हुन्छन् ।
नेपाली शोषक वर्गीय मुल्य–मान्यतानुसार गरिवलाई सबैभन्दा पहिले चोरको
अभियोग र गरिव दलित बुढीलाई बोक्सीको आरोप लगाएर शारिरीक, मानसिक यातना
दिने प्रचलन कायमै छ । बोक्सीको आरोपमा मानव मलमुत्र कोच्याउ“नेजस्तो
अत्यत्न अमानवीय घृणित कुकर्मीहरू आनन्दस“ग स्वतन्त्रतापूर्वक घुम्छन्
। तर पीडित महिला वा पुरूष र उनका परिवारले भोगिरहनुपरेको पीडा
अकल्पनीय (सामाजिक, आर्थिक, मानसिक र शारिरीक आदि) छ । सुरक्षा निकाय र
न्यायमुर्तिहरू, नागरिक समाज, मानव अधिकारवादीहरू, महिला अधिकारकर्मीहरू
तथा सचेत राजनीतिक पार्टीहरूले पनि पीडकहरूलाई दण्डित गर्ने काममा
बेवास्ता गरिरहेछन् । किनभने यी आवाजविहिन अत्यन्त विपन्न शोषित–पीडित
दलित वर्गको अन्यायका विरूद्ध लड्नु जोखिमपूर्ण र फलप्राप्ति नहुने
भएकाले चुप छन् ।
भारतीय नागरिकहरूलाई नेपाली नागरिकता दिन सडक, सदन अवरूद्ध गर्ने,
मधिसेहरूका हक, अधिकार जोगाउ“ने नाममा एक मधेश एक प्रदेश प्रदेशको नारा
लगाउ“ने क्षेत्रीयतावादी सङ्कीर्ण सामन्तवादी (सामन्ती) मधिशे नेता तथा
दर्जनौ“ मन्त्रीहरूले तराईका जाडोमा कठाङ्ग्रिएर मर्ने ५ दर्जनभन्दा बढी
गरिव, असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि राहतका लागि न त सदनमा
आवाज उठाए, न त सडकमा सक्रियतापूर्वक सहायताका लागि पहल नै गरे । यी
मधिशे मन्त्रीहरू र सभासदका देश–विदेशका पा“च तारे होटेलहरू, यातायात
खर्च र भत्ता एक दिनकै दिने हो भने पनि जाडोले न्याना लुगाका अभावमा
प्राण गुमाउ“नुपर्ने थिएन । यसकारण यसबाट के प्रष्ट हुन्छ भने शोषक
वर्गीय शासनसत्ताका सत्ता सञ्चालकहरूले गणतन्त्र, लोकतन्त्र, मानव
अधिकार र सामाजिक सुरक्षाका प्रतिवद्धताहरू सबै आम भोका–नाङ्गा, शोषित–पीडित
दलित नेपालीलाई धोका दिन उनीहरूलाई व्वा“सोले जस्तो मसारी–मसारी
आन्द्राभ“ूडी खाएजस्तै ६५ प्रतिशत भोका जनताको करहरूको लुट गरेर देश–विदेशमा
महलहरू ठड्याउ“नु र सुरा र सुन्दरीमा मोजमस्ती गर्नु हो । आम भोका–नाङ्गा,
शोषित–पीडित नेपालीमाथि लोकतन्त्रको नाममा तानाशाही शासन गर्न पाउ“नु
मानव अधिकारको रक्षा हो । शोषक वर्गका नाइके, सामन्त, ठूला दलाल
नोकरशाही, पु“जीपति वर्गले नेपाली जनताको शोषण गर्न पाउ“नुपर्ने अधिकार
र सुरक्षा निकायद्वारा उनीहरूको रक्षा नै मानव अधिकार र सामाजिक सुरक्षा
हो । यसकारण आम भोका–नाङ्गा, शोषित जनताको लोकतन्त्र तब आउ“छ, जब यी
नरभक्षी शोषक, शासक वर्गको सत्तालाई ध्वस्त गरेर जनताले शासनसत्ताको
वागडोर सम्हाल्छन् ।
चिलीको
विद्यार्थी आन्दोलन र कामरेड क्यामिला
भरतमणि भण्डारी
विगत सात महिनादेखि ल्याटिन अमेरिकी राष्ट चिलीमा
विश्वविद्यालयका विद्यार्थीहरू शिक्षामा भएको व्यापारीकरण र निजीकरणको
विरूद्धमा सडक तताइरहेका छन् । सबैलाई समान र गुणस्तरीय शिक्षाको
ग्यारेन्टीको मागसहितको यो आन्दोलनले त्यहा“को शासकको जरो नै
हल्लाइदिएको छ । चिलीमा चलिरहेको यो विद्यार्थी आन्दोलनको नेता हुन
क्यामिला भल्लेजो । २३ वर्षीय यी विद्यार्थी नेता भुगोल विषयका
विश्वविद्यालयका विद्यार्थी हुन् । उनी चिलीको विद्यार्थीहरूको सबैभन्दा
ठूलो सङ्गठन विश्वविद्यालय विद्यार्थी महासङ्घका अध्यक्ष पनि हुन् ।
चिली कम्युनिष्ट पार्टीको सदस्यसमेत रहेकी उनी सन् २००६ मा
विश्वविद्यालय प्रवेश गरेपछि सन् २००७ मा चिलियन कम्युनिष्ट पार्टीको
सदस्य भइन् । अत्यन्त सुन्दर तथा मिलेको शरीर भएकी उनी विश्वका कुनै
मोडल तथा हिरोइन भनाउ“दाहरूभन्दा कम छैनन् । तर उनको बाहिरी
सौन्दर्यभन्दा आन्तरिक सौन्दर्य अर्थात् विचार कैयौ“ गुणा बढी सुन्दर छ
।
चिलीमा अहिले तीनप्रकारका विद्यालयहरू छन् ः एक, सामुदायिक विद्यालय,
जसलाई नगरपालिकाले सञ्चालन गरेको छ । दोस्रो, सरकारबाट अनुदान प्राप्त
निजी विद्यालयहरू । तेस्रो, पूर्णतः निजी विद्यालयहरू । त्यहा“को शिक्षा
मन्त्रालयबाट सञ्चालित नभई नगरपालिकाबाट सञ्चालित विद्यालयमा आधारभुत
शैक्षिक सामग्री तथा दक्ष शिक्षकको अभाव र कमजोर व्यवस्थापनको कारणले
कमजोर गुणस्तरको शिक्षा प्रदान गरिरहेको छ । जसमा यहा“का ४५ प्रतिशत
विद्यार्थीहरू पढ्छन् । दोस्रोखालको सरकारद्धारा अनुदानप्राप्त निजी
विद्यालयहरू कमाइखाने भा“डो भएका छन् । तर पूर्णतः निजी क्षेत्रबाट
चलेका स्कुलहरू शैक्षिकस्तरको हिसावले अत्यन्त राम्रा र भौतिक
सुविधासम्पन्न र दक्ष शिक्षक सहितका छन् । तर यी विद्यालयको शुल्क
अत्यन्त महङ्गो भएकाले तल्लो तथा मध्यम वर्गको समेत यसमा पहु“च छैन ।
त्यसैगरी चिलीमा दुईप्रकारका विश्वविद्यालय छन् ः सामुदायिक तथा निजी
विश्वविद्यालय। सामुदायिक विश्वविद्यालय कमजोर व्यवस्थापनका कारण दयनीय
अवस्थामा छन् भने निजी विश्वविद्यालयहरू गुणस्तरयुक्त छन्, जसमा निजी
विद्यालयमा पढेकाहरूको मात्र पहु“च छ । तर सामुदायिक स्कुलमा पढेकाहरूको
यी विश्वविद्यालयमा पहु“च एकदम न्युन छ । यसो हुनुको कारण के हो भने
पहिलो त सामुदायिक विद्यालयमा पढेका विद्यार्थीहरू विश्वविद्यालयको
प्रवेश परीक्षामा उत्तीर्ण हु“दैनन् । दोस्रो कुरा उनीहरूले
विश्वविद्यालयको शुल्क तिर्ने हैसियत नै ह“ुदैन । यसप्रकारको शैक्षिक
संरचना सन् १९७३ देखि १९९० सम्म चलेको सैनिक शासनले अवलम्वन गरेको नव
उदारवादी अर्थनीतिको परिणाम हो ।
केही समय अघिदेखि नेपाल सरकारले विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने
जुन प्रक्रियानुरूप शिक्षा क्षेत्रबाट अलग्गि“दैछ । त्यसैगरी चिली
सरकारले पनि शिक्षामा सामुदायिक मोडलको नाममा आपूmलाई शिक्षाबाट टाढा
राख्न थाल्यो, जसको परिणामस्वरूप अहिलेको वर्गविभेदी शिक्षाको जन्म हुन
पुग्यो ।
आर्थिकरूपमा सम्पन हु“दा–हु“दै पनि ल्याटिन अमेरिकी देश चिली नव–उदारवादी
अर्थनीतिको परिणामस्वरूप त्यहा“ धनी र गरिवबीचमा यति असमानता छ कि जहा“
दश प्रतिशत धनी र नब्बे प्रतिशत गरिव छन् । धनीहरू गरिवको तुलनामा २५
प्रतिशत बढी आर्जन गर्छन् र चिलीमा विश्वमा १०७ औ“ धनी गनिएका सेबेश
पियन पेनेरा राष्ट्रपति छन् ।
शिक्षामा सुधार होइन, आमुल परिवर्तन चाहिन्छ भन्ने नाराका साथ कामरेड
क्यामिलाको नेतृत्वमा चिलीमा विद्यार्थी आन्दोलन चर्किरहेको छ । शिक्षा
ः नाफा कमाउन वा व्यापार गर्न कि सामाजिक तथा राष्टिय एकताको भाव विकास
गर्न ? भन्ने प्रश्नका साथ यो आन्दोलन चर्किरहेको छ । शिक्षालाई
उपभोक्तावादीको सामग्री बन्न नदिन र जनताको मौलिक हकको रूपमा स्थापित
गर्न तथा त्यसको ग्यारेन्टी राज्यले गर्नुपर्ने यो आन्दोलनको माग छ ।
गरिवहरू सबैप्रकारका अवसरबाट टाढा हु“दै जानुपर्ने जुन बाध्यता राज्यले
निर्माण गरेको छ, त्यसैको परिणामस्वरूप यी मागहरू उठेका छन् ।
पु“जीवादले सबै कुरालाई मालमा परिणत गर्छ र नाफा कमाउ“छ । उनीहरूले
शिक्षाजस्तो आधारभुत कुरालाई समेत नाफाका लागि उपभोग्य वस्तुमा परिणत
गरेका छन् । यो नव–उदारवादको एउटा रूप हो । शिक्षामा देखिएको अहिलेको
यो असमानता र विभेद पनि निजीकरण र व्यापारीकरणले निम्त्याएको हो । जसको
प्रतिक्रियास्वरूप विश्व पु“जीवाद आज गम्भीर सङ्कटमा फसिरहेको अवस्थामा
छ । अहिलेको पु“जीवादी सङ्कटले विश्वका श्रमजीवी जनता गरिव र गरिखाने
जनताको एकीकृत आन्दोलनको माग गरिरहेको छ । त्यसैले त चिलीको विद्यार्थी
आन्दोलन त्यसैको एउटा अभिव्यक्ति हो ।
यी सबै विश्व पु“जीवादी व्यवस्थाको नव–उदारवादी अर्थतन्त्रको परिणामका
विरूद्ध यो आन्दोलनको नेतृत्व गरिरहेकी छिन् २३ वर्षे युवती क्यमिला
भल्लेजोले । क्यामिला जब सङ्घर्षको मैदानमा उत्रिन्छिन्, आन्दोलनले
बेग्लै लय पाउन थाल्छ । माइक समाएर जब उनी बोल्न मञ्चमा उक्लिन्छिन्,
पूरै सभा सियो खसेपनि सुनिने गरी शान्त र मन्त्रमुग्ध हुन्छ । उनका
हरेक वाक्यस“गै ताली बज्न थाल्छ । चिलीका जनता भाषण गर्नलाई उनको जन्म
भएको ठान्छन् । क्यमिला जति सुन्दर छिन् त्यसभन्दा कैयौ“ गुणा बढी
बौद्विक, कुशल वक्ता र परिपक्वताको धनी छिन् । आफ्ना भाषण सुन्न आएका
उत्ताउला ठिटाहरूलाई तिनीहरूको दिमाग र हृदयमा सुन्दर विचारका
विद्युतीय झड्का दिन्छिन् । क्यामिलाका सुन्दरताले तानिएका युवकहरू उनको
भाषण सुनेपछि सा“च्चिकै प्रतिबद्ध आन्दोलनकारी भएर निस्किन्छन् ।
असमानताको जरो के हो र कसरी यसविरूद्धमा लड्ने भन्ने योजना कम्युनिष्ट
प्रस्तावमा छ भन्ने क्यामिला आपूm कम्युनिष्ट भएकोमा गर्व गर्छिन् ।
उनी सम्बद्ध कम्युनिष्ट पार्टीले पछिल्लो निर्वाचनमा १२० सिटमध्ये जम्मा
३ सिट जितेको छ तर आगामी दिनमा क्यामिलालाई भविष्यको कम्युनिष्ट
पार्टीको नेताको रूपमा चित्रित गर्न थालिसकिएको छ । उनले धनीलाई अझ धनी
र गरिवलाई अझ गरिव बनाउने व्यवस्थाको विरूद्ध लडाई जारी राख्ने
प्रतिवद्धता व्यक्त गरिरहेकी छिन् । त्यसैले त क्यामिला विश्वभरीका
क्रान्तिकारी युवाहरूको आशाको केन्द्र र आदर्श बनेकी छिन् । प्राणको
बाजी लगाएर क्यामिलाले उपभोगवादी शैक्षिक व्यवस्थाको अध्यारो जङ्गलमा
डढेलो लगाइदिएकी छिन् । क्यामिलाको यो आन्दोलनको आ“धी धनी झन्–झन् धनी
र गरिव झन्–झन् गरिव हु“दै गएको संसारभरीका शैक्षिक संस्थाहरूमा
फैलिनुपर्छ । नेपालमा पनि यो वर्गविरोधी शिक्षा प्रणालीको विरूद्ध
क्यामिलाको यो आन्दोलनको आ“धी अपरिहार्य भइसकेको छ ।
शिक्षाको
विकासक्रम र वर्तमान अवस्थाका चुनौतीहरू
लक्षिराम आचार्य
मानव सभ्यसताले जसरी क्रमिकरूपमा विकास भएर विभिन्न
कालखण्डहरू व्यतित गर्दै आएको छ, त्यसैगरी शिक्षाको पनि विकास हु“दै
आएको छ ।
० प्राचीन कालमा गरूकुल शिक्षा प्रणाली थियो, जहा“ शिष्यले गुरूको लागि
भिक्षा मागेर ल्याइदिनु, खुवाउनु गुरूको सेवा हरतरहले गर्नुपर्दथ्यो ।
० मध्य युगमा धार्मिक परम्पराले शिक्षालाई परिचालन गर्ने गर्दथ्यो
अर्थात् धर्मका नाममा आस्था जगाउने धार्मिक विश्वास कायम गराउने र
संरक्षण गर्नुपर्दथ्यो । तर जब विश्वमा फ्रान्सेली राज्यक्रान्ति र
औद्योगिक क्रान्ति भए, यसपछि कर्मकाण्डी शिक्षा नीतिमा केही परिवर्तन
ह“ुदै आफ्नो देशको सामाजिक माग र राष्ट्रिय आवश्यकताका आधारमा शिक्षा
दिन प्रारम्भ गरियो । साथै अङ्ग्रेजी, गणित, विज्ञान, साहित्य, भूगोल,
सामाजिक, इतिहासजस्ता विषयबाट पनि शिक्षा प्रदान गरिनुपर्दछ भनेर नया“
चिन्तनको विकास हु“दै आएको हो ।
० शिक्षाका सन्दर्भमा अझै नवीन धारणाहरू १९ औ“ शताब्दीमा बढेर आएका हुन
र शिक्षाभित्र पनि विभिन्न संकायको अवधारणालई अगाडि सारिएको हो, तथापि
वर्तमान अवस्थासम्म आइपुग्दा पनि नेपालको समग्र शिक्षा नीतिले ठोस
परिणाम प्राप्त गर्न भने अझै सकिरहेको छैन् ।
शिक्षाको प्रारम्भिक अवस्था र विकास ः –
प्राचीन समयमा समाज र सामाजिक चाहनाहरू ज्यादै सरल थिए । गुरूकुलकालमा
गुरूहरूले चाहेको अवस्थामा मात्र शिक्षा दिने कुरामा सिमित थियो भने
मध्यकालीन अवस्थामा जीवनशैलीमा केही फरक पार्न आयो तर अध्ययन र
अध्यापनका नाममा बाइवल, पुराण, गीता, चण्डी, रामायणजस्ता धार्मिक
ग्रन्थहरूको मात्र प्रभाव रहिरह्यो । वास्तवमा त्यतिबेला यो परम्परा
पूर्वीय र पश्चिमी दुवै सभ्यतामा कायमै रहेको थियो भने प्राचीन
मेसोपोटामियाका शासकहरूले आफ्नो शासनसत्ता टिकाइराख्नका लागि आफूलाई
दैवीशक्ति (देवी, देउता) को रूपमा उभ्याउ“ने र जनताको मन–मष्तिष्कमा
प्रभाव पार्ने र आफू अनुकूलको शासनसत्ता सञ्चालनको माध्यम बनाइयो ।
मेसोपोटामियाको तुलनामा प्राचीन चिनिया“ सभ्यता केही विकसित भएको
पाइन्छ । तत्कालिन चिनिया“ सम्राट बियतशग “लावत्जु” र तावइज्म (त्बयष्कm)
को विकास यसको विकसित उदाहरण हो । प्राचीन ग्रिसेली सभ्यतामा दार्शनिक
एबितय (प्लेटो) ले आदर्श राज्यको परिकल्पना गरे र समाजलाई विभिन्न
वर्गमा विभाजित गरे । अरस्तु (ब्चष्कतयतभि) ले आगमन र निगमन (म्भमगअबतष्खभ
बलम क्ष्लमगअबतष्खभ) विधिको वकालत गरे भने विभिन्न दार्शनिकहरू
कन्फेसियस, मिसियस, सिसेरोले चाव प्राचीन शिक्षालाई विकसित बनाउन
महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।
जब मध्यकालीन युगमा राजतन्त्र र व्यापारमा (ःभचअजबलतबष्किm) को विकास
भयो, त्यतिबेलादेखि औपनिवेशिक प्रणालीअनुसार शिक्षा मातृदेशको आधारमा
लागु हुन थाल्यो भने आधुनिक युगमा अगस्टे कम्टे, फ्रेडरिक टायलर, हेनरी
फावल, फलेट, माओ, जिन ज्याक रुसो, फ्रेवेल, मन्टेश्वरी, जोन डिवेजस्ता
दार्शनिकहरूले आ–आफ्ना विचारहरूलाई अगाडि सारी शिक्षालाई सङ्कुचित घेरा
(परिधि) बाट मुक्त गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन । अझै
ठोसरूपमा भन्ने हो भने हर्वर्ट स्पेन्सरले शिक्षामा बैज्ञानिकीकरणमा
जोड दिए । कुम्सले शिक्षाका सङ्कटहरू, इभान इलिचले विद्यालयवाहिर पनि
शिक्षा हुन्छ भन्नेमा जोड दिए । पाउलो फ्रेरेले शिक्षामा समानता
हुनुपर्छ भने । यसरी प्राचीन सभ्यतादेखि आधुनिक सभ्यताको आजको चरणसम्म
आइपुग्दा विभिन्न विकासक्रमहरू पार गर्दै आएको हाम्रो देशको शिक्षाका
सन्दर्भमा क्रमिकरूपले नवीन दृष्टिकोण र अवधारणाहरू निर्माण ह“ुदै
गइरहेका छन् । पहिले शिक्षा विद्यालयबाट मात्र दिने गरिन्थ्यो, जसलाई
औपचारिक शिक्षा भनिन्छ । यस प्रणालीले समग्र व्यक्ति, समाज र राष्ट्रको
आवश्यकता पूरा गर्न नसक्ने महसुस गर्दै अनौपचारिक शिक्षाको थालनी ग¥योे
भने पछिल्लो समयमा झनै खुल्ला विश्वविद्यालयको अवधारणाका माध्यमबाट पनि
आजको युगअनुसारको आवश्यकता र परिष्कृत वातावरणसहितको राष्ट्रिय शिक्षा
नीतिको अभ्यास र थालनी गरिदै गइरहेको अवस्था छ ।
वर्तमान अवस्थाका चुनौतीहरू ः–
नेपालको शिक्षाको विकासक्रमलाई सैद्धान्तिकरूपमा जतिसुकै परिस्कृत
गरिएको भनिएतापनि यसको व्यावहारिक पक्ष र यथार्थतामा प्रवेश गर्दै जाने
हो भने यहा“ दिन–प्रतिदिन समस्याका इूटाहरू थपिदै गइरहेको पाइन्छ ।
क) नीतिगत त्रुटी ः एकातिर, नेपालको समग्र शिक्षा नीतिलाई जनताको
भावनानुकूल बनाइ“नुपर्ने कुरा सर्वत्र चलिरहेको छ भने अर्कोतिर, राज्यको
तहबाटै यसको दीर्घकालीन भविष्यलाई धरासयी बनाउ“ने कार्यमा निरन्तरता
थपिदैछ । जस्तो कि एकातिर, राज्य माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क
बनाउ“ने भनेर लागिरहेको देखाउ“दै आएको छ भने अर्कोतिर, केही मात्रामा
भएपनि सरकारी लगानीमा सञ्चालित सरकारी विद्यालयहरूलाई सामुदायीकरणका
नाममा कालान्तरमा निजीकरण गराउ“ने कार्यमा उद्यत देखिन्छ । अर्कोतर्फ,
राज्यले निजीस्तरमा र सरकारीस्तरमा विद्यालय सञ्चालन हुने दुवै
प्रावधान निर्माण गर्नुले पनि एउटै देशमा दुईथरि नागरिक उत्पादन गर्ने
र हुने खाने र हु“दा खानेबीचको वर्गीय खाडललाई झन् गहि¥याउ“दै गइरहेको
प्रष्टै देखिन्छ ।
ख) पाठ्यक्रमिक समस्या ः कुनै पनि विषयको पुस्तक (कोर्स) बनाउ“दाखेरी
सबैभन्दा पहिले त्यस विषयभित्र आवश्यक पर्ने पाठ्यक्रम समावेस गर्न
सकिएन भने उक्त नामधारी पुस्तकले सार्थकता प्राप्त गर्न सक्दैन । जस्तो
कि हाम्रो देशको प्रारम्भिकदेखि उच्च तहसम्मको शैक्षिक पुस्तक र
पाठ्यक्रहरूलाई निया“लेर हेर्ने हो भने यहा“को भु–राजनीतिक अवस्थास“ग
मेल खाएको कमै मात्रामा पाइन्छ । यहा“को भु–भाग, रहनसहन रितीरिवाज, भाषा,
धर्म, संस्कृति, सद्भावसहितको भावनालाई राष्ट्रिय शिक्षा नीतिले
अनिवार्यरूपमा पक्रन सक्नुपर्दछ ।
ग) दृष्टिकोणको समस्या ः एकातिर, राज्य आफैमा अन्यौल र अलमलपूर्ण
दृष्टिकोणले गा“जिएको छ भने अर्कोतिर, आम जनतामा पनि स्वाभाविकरूपमा
उक्त समस्याले जकड्दै घर जमाएर बसेको पाइन्छ । निजी विद्यालयमा आफ्ना
छोराछोरीहरmलाई भर्ना गर्न सकिएको खण्डमा मात्र आफ्नो सन्तानलाई
सुयोग्य शिक्षा वा गुणस्तरीय शिक्षा प्रदान गरियो भनेर आत्मदम्भ गर्ने
प्रवृति पनि एउटा ठूलो गम्भीर समस्या बनेको छ । वास्तवमा अभिभावकमा
सचेतना बढ्ने हो भने सरकारी शिक्षाभित्रबाटै गुणस्तरीय शिक्षा प्राप्त
र प्रदान गर्ने आधार तयार गर्न सकिनेछ । जस्तो कि सरकारी विद्यालयको
उन्नति र प्रगतिका लागि विद्यालयको रेखदेख गर्ने, शिक्षक र विद्यार्थीका
समस्यालाई बुझेर त्यसको समाधानका लागि परिचालित हुने र विद्यालय र घरको
वातावरण अध्ययनका लागि सन्तुलित बनाउन भुमिका निर्वाह गर्न सकियो भने
नेपालको निजी शिक्षाको भन्दा सरकारी शिक्षाको पढाई पद्धतिलाई फलदायी
बनाउन सकिनेछ । तर हामी नेपालीहरूले दुई सन्तानमध्ये निजी विद्यालयमा
अध्ययन गर्ने विद्यार्थी वा आफ्नो नानीका लागि हामी बढी चिन्तित र
गम्भीर हुने गर्दछौ“ भने सरकारी विद्यालयमा अध्ययन गर्नेतर्फ हामी खासै
प्रवाह गर्ने गर्दैनौ“, जसका कारण विद्यार्थी स्वयंमा पनि भावनात्मक
प्रतिकुलता पैदा हुने, उसमा निराशा, कुण्ठा र पराइपनाले छु“दै जान्छ,
जसका कारण उसको तिक्ष्ण दिमाग भुुत्तेपनामा परिणत हुने गर्दछ ।
अर्कोतिर, सरकारी विद्यालयका शिक्षकहरू क्षमतावान, विद्वत र विषय
विशेषज्ञ हु“दा–हु“दै पनि उनीहरूमा आत्म स्वाभिमानी चरित्र नरहनु ठूलो
समस्या हो । उनीहरू आफैले अध्यापन गराइरहेको शिक्षण कार्यप्रति
विश्वस्त नभएरै आफ्ना सन्तानहरूलाई निजी विद्यालयमा पढ्न पठाउ“ने
प्रवृत्ति व्याप्त छ । यसो हुनुको अर्को कारण उनीहरूमा मौलाएको चरम तलवी
मानसिकता पनि जिम्मेवार छ । उनीहरूले विद्यालयमा आफ्नो क्षमतानुसारको
परिश्रम लगाव लगाएर नपढाउ“नु र मात्रै आफ्नो समयतालिकानुसार कक्षा
परिवर्तन गर्नमा दत्तचित्त हुनुले पनि निजी विद्यालयले मलजल प्राप्त
गरेको तितो यर्थाथता हाम्रासामु छर्लङ छ र यसर्थ पनि आम जनता, शिक्षक,
अभिभावक, विद्यार्थीमा सकारात्मक भावना जागृत भएको खण्डमा निजीकरणको
अभियानबाट राज्य विवश भएर पछाडि हट्न बाध्य हुनेछ ।
अर्कोतिर, जसरी राज्य माध्यमिक शिक्षालाई निजीकरण गर्दैछ, त्यसैगरी
उच्च शिक्षालाई पनि एक–पछि–अर्को बहानामा जबर्जस्त सामुदायिकीकरणकै
नाममा विश्व बैङ्कको इच्छा र स्वार्थअनुरूप अनुदान आयोगका नाममा करौडौ
रुपिया बा“डिरहेको छ र सरकारले उच्च शिक्षाको लगानीबाट क्रमशः हात
झिक्दैछ । यसरी प्रारम्भमा शिक्षा क्षेत्रमा अकुत लगानी गर्न तम्सिएका
साम्राज्यवादीहरूले क्रमशः हाम्रो देशको समग्र शिक्षालाई नै आफ्नो
नियन्त्रणभित्र राख्ने गुरूयोजना बनाइरहेका छन् । कालान्तरमा उनीहरूले
यहा“को शैक्षिक जनशक्ति आफ्नो इच्छानुरूप परिचालित होस् भन्ने मनसुवा
पालेका छन । यदि यो विषयलाई समयमै चिरेर जान सकिएन भने यहा“को समग्र
शैक्षिक पाठ्यक्रम र वातावरण साम्राज्यवादीहरूको निर्देशन र नियन्त्रण
हुने कुरा निश्चितप्रायः छ ।
शिक्षा कुनै पनि देश विकासको आधार–स्तम्भ हो । जुन देशले शैक्षिक
क्षेत्रमा युगसापेक्ष शिक्षा क्षेत्रको समग्रतामा विकास गर्न सक्दैन,
त्यो देशले अग्रगामी परिवर्तन गर्नु पनि असम्भव हुन्छ । किनभने शिक्षा
प्राप्त गर्नु भनेको नागरिकहरू राष्ट्रियता, जनतन्त्र र जनजीविकाका
सवालहरूप्रति सचेत र सवल बन्नु हो । राज्यले उनीहरूलाई शिक्षा प्रदान
गर्नु भनेको न्याय र अन्यायको चिरफार गर्दै सामाजिक जागरण पैदा गराउन
दृढ सङ्कल्पित पार्नु पनि हो ।
यसर्थ जसरी सन् १९४९ मा जनवादी क्रान्ति सम्पन्न हु“दा चीनमा रहेको साठी
करोड जनसङ्ख्यामध्ये करिव ८० प्रतिशत निरक्षर जनतालाई र सन् १९१७ मा
रूसमा समाजवादी क्रान्ति हु“दाका वखत त्यहा“का पनि झण्डै ८० प्रतिशत
निरक्षर जनतालाई क्रान्ति सम्पन्न भइसकेपश्चात् सर्वप्रथम राहतस्वरूप
साक्षर बनाउ“ने अभियानको थालनी गरिएको थियो । त्यो कुराबाट पनि पुष्टि
हुन्छ कि शिक्षा मानवीय जीवनका लागि अनिवार्य र आधारभूत विषय हो । यसरी
हाम्रो देशको वर्तमान शिक्षा क्षेत्रभित्र मौलाउ“दै गएका विद्यमान
समस्याहरूको अन्त्य त्यति बेला मात्र सम्भव हुनेछ, जति बेला आम जनता
उच्च मनोवलका साथ एकाकार भएर त्यसप्रकारको जननियन्त्रित जनसत्ताको
स्थापना गर्न सवल र सक्षम हुनेछौ“ अर्थात् आजैदेखि हामीहरू हरेक अन्याय,
अत्याचारका विरुद्ध सामाजिक आर्थिक, सांस्कृतिक र राजनीतिकरूपमै
मुकाविला गर्दै अगाडि बढौ“ । यसैमा हाम्रो सुनौलो, अग्रगामी भविष्य
सुनिश्चित हुनेछ ।
(लेखकः अनेरास्ववियु(छैठौ“)का केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ)