|
तपाई पढ्दै हुनुहुन्छ : विचार
शान्ति, संविधान र
संघीयताको प्रश्न
सन्तबहादुर नेपाली
गत २०६२÷०६३ को जनआन्दोलनको
उद्देश्य थियो - मुलुकमा जारी द्वन्द्वको अन्त्य गरी शान्ति स्थापना
गर्नु संविधानसभा मार्फत् नयाँ संविधान निर्माण गर्नु र नयाँ संविधान
मार्फत् गणतन्त्रलाई सुदृढीकरण गर्नु । नेपालको इतिहासमा पहिलो पटक
संविधानसभाको निर्वाचन भइ संविधानसभाको गठन भएको छ । संविधानसभाको पहिलो
बैठकबाट नेपाललाई गणतन्त्र घोषणा गरिएको छ । विस्तृत शान्ति सम्झौता
मार्फत् राज्य र माओवादी पक्षबीचको युद्धको अन्त्य भएको घोषणा गरिएको छ
तर शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउने र गणतन्त्रलाई सुदृढ गर्ने
तथा नयाँ संविधान निर्माण गर्ने कार्य अर्थात् जनआन्दोलनको उद्देश्य
पूरा गर्न अझ बाँकी नै छ ।
अहिले हामी संक्रमणकालीन परिस्थितिबाट गुजि्ररहेका छौं । २०६२÷०६३ को
जनआन्दोलनको उद्देश्यहरु पूरा गर्नका निम्ति जनआन्दोलनकारी शक्तिहरु
बीचको एकता अहिले पनि अपरिहार्य छ । नयाँ संविधान निर्माणको प्रकि्रया
सँगसँगै वामपन्थी शक्तिहरु एक हुनु पर्छ वा लोकतान्त्रिक शक्तिहरु एक
हुनु पर्छ जस्ता विचारहरु आएका छन् । यो गलत कुरा हो । गत जनआन्दोलनको
सफलता कुनै एक पक्षको एकताले सम्भव भएको हैन । लोकतान्त्रिक र वामपन्थी
दुवै शक्तिको एकताले नै राजतन्त्रलाई घुँडा टेकाउन र गणतन्त्रको घोषणा
गर्न सम्भव भएको हो । जनआन्दोलनको उद्देश्यहरु पूरा नहुँदासम्म त्यो
एकतालाई टुट्न दिनु हुंदैन ।
जहाँसम्म सरकार निर्माणको प्रश्न छ । हाम्रो पार्टी राष्ट्रिय
जनमोर्चाले प्रधानमन्त्री माधव नेपालले आफ्नो पदबाट राजीनामा दिनु भन्दा
पहिले शान्ति संविधान र सहमतिको सरकारबारे सहमति कायम हुनु पर्छ भन्ने
मान्यता राख्दै आएको थियो । उपरोक्त विषयमहरुमा सहमति कायम नगरी
प्रधानमन्त्रीले राजीनामा दिँदा देश अन्यौलमा फस्ने र संविधान निर्माण
कार्यमा व्यवधान पुग्ने छ भन्ने हाम्रो स्पष्ट मत थियो । आज देशले त्यही
स्थिति भोगिरहेको छ । सरकार कसको नेतृत्वमा हुने भन्ने गौण कुरा हो ।
आज देशको मूल कार्यभार नयाँ संविधान निर्माण गर्नु हो । सहमतिको आधारमा
वा बहुमतीय प्रणालीको आधारमा छिटो भन्दा छिटो सरकार निर्माणको विषय
टुंग्याएर राजनीतिक दलहरुले संविधान निर्माण तर्फ ध्यान केन्द्रीत गर्नु
पर्दछ ।
गत जेठ १४ गतेसम्म नयाँ संविधान निर्माण भइसक्नु पर्ने थियो । कथित ठूला
दलहरुको सत्ता स्वार्थको लडाइका कारण बेलैमा संविधान निर्माण हुन सकेन
। दलहरु मध्ये पनि मुख्य रुपले माओवादीको गलत नीति र कार्यप्रणालीका
कारण नै बेलैमा संविधान निर्माण हुन सकेन । संविधानसभामा प्रतिनिधित्व
गर्ने सबैभन्दा ठूलो दलको नाताले माओवादीले संविधान निर्माणप्रति
सबैभन्दा बढी जिम्मेवार भूमिका खेल्नु पथ्र्यो । त्यसको उल्टो उसले
नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधीनताको नाममा अनावश्यक आन्दोलन
गरेर संविधान लेखन कार्यलाई बाधा पुर् याउने काम गर् यो । संविधानसभाको
एक वर्ष अवधि थपिएको साढे दुई महिना पुगिसक्दा समेत संविधान निर्माण
प्रकि्रया पूरै अवरुद्ध भएको छ । संविधान लेखन जस्तो महत्वपूर्ण कार्य
छाडेर दलहरु सरकार निर्माणको विषयमा अल्झिरहेका छन् । प्रधानमन्त्रीले
राजीनामा दिएको डेढ महिना पुगिसक्दा समेत नयाँ सरकार गठन गर्न दलहरु
असमर्थ भएका छन् । सहमतीय प्रणालीबाट सरकार गठन गर्न सम्भव नभएपछि
बहुमतीय प्रणाली अपनाउँदा पनि चार-चार पटकसम्मको चुनाव परिणाम बिहीन
भएको छ । आगामी भाद्र २ गते हुने भनिएको चुनाव पनि परिणाम विहीन नै
बन्ने सम्भावना बढेर गएको छ । कांग्रेस र माओवादीका दुवै उमेदवारले
प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिएर पुनः सहमतीय प्रणालीमा फर्कैनु
पर्छ भन्ने विचार पनि आएको छ । सरकार निर्माण सम्बन्धी ठोस सहमति कायम
नगरी त्यसरी सहमतीय प्रणालीमा फर्कदा फेरि पनि सरकार निर्माणको कार्य
झन् अन्योल बन्ने र देश अनिश्चयताको खाडलमा भािसंदै जाने छ ।
बहुमतीय प्रणालीबाट सरकार निर्माण गर्ने प्रकि्रयामा गइसकेपछि एमाले र
मधेशवादी दलहरुको तटस्थताका कारण सरकार निर्माणको कार्य अवरुद्ध भएको छ
। सहमतीय सरकार नबनीकन संविधान लेखन कार्य पूरा हुंदैन भन्ने एमालको
धारणा गलत हो । संविधान लेखनको जिम्मेवारी संविधान सभाको हो । सरकारको
काम संविधान लेखनमा केवल एउटा सहजीकरण गर्ने मात्र हुन्छ । सहमतीय
आधारमा सरकार गठन गरिए पनि संविधानसभामा संविधान निर्माण गर्न दुई
तिहाइ सभासदहरुको सहमति जुट्न सकेन भने संविधान लेखिदैन । अहिलेको
आवश्यकता सहमतीय आधार वा बहुमतीय आधारमा सरकार बनाउने भन्दा पनि
संविधान निर्माणप्रति इमान्दार बन्ने कि नबन्ने भन्ने हो । यदि दलहरु
संविधान लेखनप्रति जिम्मेवार र इमान्दार बन्ने हो भने जुनसुकै
प्रणालीबाट सरकार बनाए पनि हुन्छ ।
मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको माग तेसा्रएर सरकार निर्माणको
कार्यलाई अवरोध गर्नु देश विरोधी कार्य नै हो । एक मधेश एक प्रदेशको
माग विखण्डनवादी सोचबाट प्रेरित छ । त्यसप्रकारको मागलाई अन्य दलहरुले
अस्वीकार गरेर स्वागत योग्य काम गरेका छन् । मधेशवादी दलहरुले
संविधानसभाबाट टुंग्याउनु पर्ने एक मधेश एक प्रदेशको मागलाई सरकार
निर्माणको विषयसँग जोडेर अड्को थाप्नु अत्यन्त गलत हो ।
गत जनआन्दोलनमा जनतामा ठूलो उत्साह थियो । राजनीतिक दलहरुले आफ्नो
जिम्मेवारी बिसर्िएर सत्ता स्वार्थको लडाइमा अल्झिरहेको देखेर आम जनता
निराश भएका छन् । जनताको निराशाको बीचमा प्रतिगामी तत्वहरु र वैदेशिक
शक्तिहरु चलखेल गर्ने अवसर पाएका छन् । राजनीतिक दलहरु यसरी नै असफल
हुंदै जाने हो भने निश्चित रुपमा मुलुक प्रतिगमनतर्फ जाने वा बैदेशिक
हस्तक्षेप निम्तिने खतरा रहने छ । माओवादीको पछिल्लो अवधिमा राजावादीहरु
सित बढ्दै गएको सांठगांठले कतै प्राप्त लोकतन्त्र नै गुम्ने हो कि भन्ने
स्थिति पनि सृजना गर्दै गइरहेको छ । यतिबेला आम जनता निराश नभइ
राजनीतिक दलहरुलाई बेलैमा संविधान निर्माण गर्न दवाव दिनु सिवाय अर्को
विकल्प छैन ।
देशको शान्ति स्थिति झन पछि झन् बिगि्रदै गइरहेको छ । हत्या िहंसा
अपरहण बेपत्ता डकैतीका घटनाहरुले मुलुक आक्रान्त बनिरहेको छ । जारी
शान्ति प्रकि्रयालाई टुंगोमा नपुर् याउने हो भने मुलुक फेरि द्वन्द्वको
चपेटामा पर्ने छ । शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउन राज्य पक्ष र
माओवादी पक्षका बीचमा सम्पन्न विस्तृत शान्ति सम्झौतालाई कार्यान्वयन
गरिनु पर्दछ । नयाँ संविधान घोषणा अगावै क्यान्टेनमेण्टमा राखिएका
माओवादी लडाकुहरुको पुनः स्थापना र व्यवस्थापन गरिनु पर्छ । माओवादी
लडाकुहरुलाई नेपाली सेनामा सामूहिक प्रवेश गराउने बारे छलफल हुने गरेको
छ । योग्यता पुगेका लडाकुहरु व्यक्तिगत रुपमा नेपाली नागरिक भएको
हैसियतले नेपाली सेनामा भर्ना हुन पाउनु पर्दछ । तर राजनीतिक निर्णयको
आधारमा उनीहरुलाई नेपाली सेनामा सामूहिक प्रवेश गराउंदा गलत मान्यता
स्थापित हुने छ । विधिन्न सशस्त्र समूहहरुलाई पनि सेनामा सामूहिक
प्रवेश गराउनु पर्ने बाध्यता सृजना हुन सक्छ । त्यसबाट नेपाली सेनाको
चरित्र र संरचना ध्वंश भई देशको राष्ट्रिय सार्वभोमिकता नै धरापमा पर्न
सक्ने छ ।
संयुक्त राष्ट्रसंघको संस्था अनमिनले शान्ति प्रकि्रयाप्रति सकारात्मक
भूमिका खेल्न सकिरहेकेा छैन । हाम्रो दलले शुरु देखिनै अनमिनको
उपस्थितिलाई विरोध गर्दै आइरहेको छ । र अबिलम्ब अनमिनलाई फिर्ता गर्नु
पर्छ । नेपालीहरुले शान्ति निर्माणको कार्य आफै पूरा गर्नुपदर्छ ।
द्वन्द्व पीडितहरुले यथोचित क्षतिपूर्ति पाउनु पर्दछ । द्वन्द्वकाल र
विस्तृत शान्ति सम्झौता पछि पनि जनताका लुटिएका सम्पत्तिहरु फिर्ता
गरिनु पर्दछ । राजनीतिक दलहरुको युवा दस्ताका नाममा देशमा श्रृजना
गरिएको आतंक बन्द गरिनु पर्दछ । राज्यको प्रशासनलाई सबल र सक्षम बनाइ
अशान्तिको स्थिति नियन्त्रण गर्नु पर्दछ ।
बेलैमा संविधान निर्माण हुन सकेन भने न त शान्ति स्थापनाको लक्ष्य पूरा
हुन सक्छ न त गणतन्त्र नै सुदृढ गर्न सकिन्छ । प्रतिगामी तत्वहरु
संविधानसभा भंग होस् संविधान निर्माण नहोस्् देशमा अशान्ति र भांडभैलो
रहिरहोस् भन्ने चाहेका छन् । देशको अस्तव्यस्तताको बीचमा उनीहरुले आफ्नो
प्रतिगामी महत्वकांक्षा पूरा गर्न चाहेका छन् । प्रतिगामीहरुको कुनियत
पूरा हुन नदिन राजनीतिक दलहरुले व्यक्तिगत गुटगत दलगत स्वार्थभन्दा माथि
उठेर राष्ट्रिय सोंच र चिन्तनका साथ गणतन्त्रलाई संस्थागत र सुदृढ गर्न
तर्फ ध्यान दिनु पर्दछ ।
नयाँ संविधान निर्माणसंगै राज्य पुनः संरचनाको कार्य पनि पुरा गर्नु
पर्ने छ । राज्यको पुनः संरचना गर्दा एकात्मक प्रणालीका आधारमा गर्ने
कि संघीय प्रणालीका आधारमा गर्ने विवाद देशमा चलिरहेको छ । संविधानसभामा
प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु मध्ये राष्ट्रिय जनमोर्चाले मात्र
संस्थागत रुपमा संघीयताको विरोध गर्दै आइरहेको छ । बेग्लै पहिचान
देखाउने वा कुनै मनोगत धारणाबाट प्रेरित भएर संघीयताको विरोध गरिएको
हैन । नेपालको सन्दर्भमा संघीयता औचित्यहिन हुने भएको हुँदा बस्तुगत
आधारमा उभिएरै संघीयताको निर्णय खारेजीको माग गरिएको छ । संघीयताका
पक्षपातीहरुको बीचमा संघीय प्रणाली के का आधारमा निर्माण गर्ने विषयमा
गम्भीर विवादहरु छन् । जो सुल्झि नै नसक्ने प्रकारका छन् । जातीयताको
आधारमा संघीयताको वकालत गर्नेहरुले मगर थारु तामाङ राई लिम्बु लगायतका
समुदायहरु राष्ट्र भएकाले उनीहरुलाई राज्य दिइनु पर्दछ भन्ने
सैद्धान्तिक आधार प्रस्तुत गरेका छन् । राष्ट्र भनेको मानव समुदायको
विकासको चरण वा स्तर हो । सामान्तवादको उन्मुलन हुंदै पूँजीवादको
विकासको क्रममा फरक फरक भाषा संस्कृतिका मानव समुदायको समिश्रणबाट
निर्मित नयाँ मानव समुदाय नै राष्ट्र ल्बतष्यल हो । नेपालका राई लिम्बु
गुरुङ मगर थारु लगायतका समुदायहरु त्यस प्रकारका मानव समुदायहरु हैनन्
। उनीहरुमा अझै पनि जनजातीय विशेषताहरु कायमै छन् । त्यसैले जातीय
राज्यको सैद्धान्तिक आधार नै गलत भएपछि व्यवहारिक रुपमा जातीय राज्य
गलत हुने निश्चित छ । बरु सबै जाति जनजातिहरुको समष्टिगत रुप नेपाली
राष्ट्र हो । नेपाल बहुजातीय एकल राष्ट्र हो बहुराष्ट्रिय राज्य हैन ।
विभिन्न जाति जनजातिहरु नेपाली समाजमा मिलिजुली बसेका छन् । प्रस्तावित
जातीय राज्यहरुमा भन्दा ठूलो संख्यामा राज्य बाहिरै सम्बन्धित जातिको
जनसंख्या रहने स्थिति छ । प्रस्तावित जातीय राज्यमा सम्बन्धित जातिको
जनसंख्या अत्यन्त अल्पसंख्यामा रहने र निकै ठूलो बहुमतमा अन्य समुदायहरु
नै रहने अवस्था छ । त्यो स्थितिमा जातीय मुक्ति हुने कुरा त सम्भव नै
छैन । त्यसले मुलुकमा जातीय कलह र द्वन्द्व श्रृजना गरी देशलाई विखण्डन
र विघटनको दिशामा लैजाने छ ।
अहिलेसम्म विभिन्न पक्षबाट प्रस्तावित जातीय राज्यहरुको अध्ययन गर्दा
करिब एक दर्जन जातीय समुदायलाई मात्र राज्य दिने कुरा गरिएको छ । तर
नेपालमा एक सय भन्दा बढी जातीय समुदायहरु छन् । जातीय राज्य दिइसकेपछि
गलत मान्यता कायम हुनेछ । र अन्य समुदायले पनि राज्य माग्ने क्रम बढ्ने
छ । नेपाल जस्तो बहुजातीय र भौगोलिक रुपमा सानो मुलुकलाई जातीय राज्यको
अवधारणाले मुलुकमा अनिष्ट मात्र निम्त्याउने छ ।
मधेशवादी दलहरुले एक मधेश एक प्रदेशको माग गरिरहेका छन् । मधेशवादी
दलहरुले एक मधेश एक प्रदेश भएन भने एक नेपाल पनि रहने छैन भनेर संसद र
सडकमा भन्दै आएका छन् । यसबाट नै स्पष्ट हुन्छ कि एक मधेश एक प्रदेशको
अवधारणामा सर्वियाबाट कोसोभो टुक्राउन खोजे जस्तै कुनियत लुकेको छ ।
मधेशलाई ूकोसोभोू बन्न नदिन एक मधेश एक प्रदेशको अवधारणालाई सम्पूर्ण
रुपले अस्वीकार गर्न पर्दछ । मधेशका शोषित पीडित जनता मधेशी र पहाडीया
दुवै खालका शोषक सामन्तहरुबाट उत्पीडित हुंदै आइरहेका छन् । मधेशको यो
वर्गीय समाजिक अवस्थालाई आँखा चिम्लिएर एक मधेश एक प्रदेशको नाममा मधेशी
र पहाडी बीचको वैरभाव सृजना गर्नाले मुलुक साम्प्रदायिक द्वन्दमा फस्ने
छ । सम्पूर्ण देशप्रेमी नेपालीहरु त्यसप्रति सचेत हुनु पर्छ । मधेशी
समुदायका समस्याप्रति राज्यले यथोचित ध्यान दिनुपर्छ ।
राज्य छुट्टाउन पाउने आत्मनिर्णयको अधिकारलाई सम्पूर्ण रुपले अस्वीकार
गर्नु पर्दछ । संयुक्त राष्ट्रसंघ वा आइ।एल।ओ। महासन्धि नं। १६९ ले
व्यवस्था गरेको आत्मनिर्णयको अधिकार आदिबासी जनजातिहरुको मानव अधिकार
हो । त्यसलाई मानव अधिकारको रुपमा स्वीकार्न सकिन्छ । अग्राधिकारको
नाममा जातीय वैमनस्यता सृजना हुने खतराप्रति सचेत हुन जरुरी छ ।
भूगोलको आधारमा पनि संघीयतामा गए भारतीय विस्तारवादले विभिन्न राजनीतिक
दलहरुको बीचमा द्वन्द सृजना गरी आफ्नो स्वार्थसिद्ध गर्न कोशिस गरे
जस्तै राज्यहरुको बीचमा द्वन्द्व सृजना गरी देशलाई नै विघटनको दिशामा
लैजाने सम्भावना रहने छ । राज्यहरुको सीमा प्राकृतिक स्रोत साधन र
आयश्रोतको स्वामित्वको विषयलाई लिएर राज्य-राज्य र केन्द्र र राज्यको
बीचमा द्वन्द चलिरहने छ । भूगोलको आधारमा राज्य कायम गरिए पनि त्यसले
जातीय राज्यको रुप ग्रहण गर्दै जाने सम्भावना रहने छ । भूगोलकै आधारमा
संघीयतामा गए पनि विभिन्न क्षेत्र उपक्षेत्रले राज्य माग्ने क्रम बढ्ने
छ ।
संघीयताका दुष्परिणामहरुलाई न्यूनिकरण गर्न जातीय राज्य र एक मधेश एक
प्रदेशका विरुद्धमा जान सक्ने संघीयताका पक्षधरहरु सित समेत मिल्न सक्ने
हदसम्म सहकार्य गरेर जाने नीति हुनु पर्दछ । एकात्मक र केन्द्रिकृत
निरंकुश व्यवस्था भनेको एउटै हो लोकतन्त्र शान्ति विकेन्द्रीकरण र
पिछडिएका समुदायको अधिकारका निम्ति संघीयता चाहिन्छ जस्ता
संघीयतावादीहरुको गलत धारणालाई पर्दाफास गरिनु पर्दछ ।
राज्य पुनस्ररचना गर्दा प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय
स्वशासनमा आधारित एकात्मक शासन कायम गरिनु पर्दछ । मानव विकास सुचकांकका
आधारमा दलित जनजाति लगायतका पिछडिएका समुदायको सूचि तयार पारिनु पर्दछ
। सूचिकृत समुदायहरुको अत्याधिक बाहुल्यता भएको ठाउँहरुमा जातीय
स्वशासनको व्यवस्था गरिनु पर्दछ । राज्य साचालन रोजगारी शिक्षा लगायतका
सामाजिक अवसरहरुमा उनीहरुलाई आरक्षण समानुपातिक प्रतिनिधित्व विशेष
व्यवस्था आदि गरिनु पर्दछ । स्थानीय स्वशासनलाई मौलिक अधिकारको रुपमा
संविधानमा उल्लेख गरिनु पर्दछ । राज्यको सेवा र सुविधालाई जनता समक्ष
सहज र सरल ढंगले पुर् याउन तथा स्थानीय निकायलाई बलियो बनाउने तर्फ
ध्यान दिइनु पर्दछ ।
२०६७ श्रावण २९ गते विराटनगरमा राजमो मोरङद्वारा आयोजित अन्तरकि्रया
कार्यक्रममा प्रस्तुत आधार पत्र
सैद्धान्तिक विचलन र
विखण्डनमुखी गाइजात्रे राजनीित
अपत्य शर्मा
एउटा वर्ग सचेत जन्मभूमिको सपुत देशप्रेमी आफ्नो
राष्ट्र वर्ग सिद्धान्त र संस्कृतिको रक्षाका लागि एक थोपा रगत भएसम्म
लडिरहन्छ । जुन व्यक्ति समूह जाति जनजाति आदिवासी तथा धार्मिक समुदाय
जे भए पनि आफ्नो राष्ट्र वा राष्ट्रियता विहीन हुन्छ भने त्यो यौटा
ज्यादै पीडादायी अस्तित्वविहीन झारपात समान हुनेछ आजको पूंजीवादी
व्यक्तिवादी शोषण वर्गीय एक ध्रुवीय साम्राज्यवादी युगमा ।
साम्राज्यवादीका बहुराष्ट्रिय कम्पनीहरु आफ्ना औद्योगिक तथा व्यापारिक
स्वार्थसिद्ध गर्न गरीब विकासोन्मुख मुलुकहरुमा आफ्ना नरभंक्षी राक्षसी
दाह्रा गाड्ने जातिवादी क्षेत्रियतावादी सांस्कृतिक तथा
साम्प्रदायिकतालाई उत्तेजित पार्न आफ्ना धनको पोको आइएनजिओ एनजिओ तथा
इसाइ मिसनरीद्वारा स्वास्थ्य शिक्षा आदिको माध्यम पनि प्रयोग गरिरहेछन्
। गरीब विकासोन्मुख मुलुकहरुलाई आर्थिक महाजालभित्र पार्न आर्थिक
समृद्धिको लागि भनेर अन्तर्राष्ट्रिय मुद्राकोष विश्व बैंक एसियाली
विकास बैंक र विश्व व्यापार संगठनको प्रयोग पनि गर्दै छ ।
आज नेपालको अवस्था यति ह्रासोन्मुख भैरहेछ कि औषधिको अभावमा सामान्य
रोगले मर्ने लाखौं नेपालीको ठोस तथ्यांक कसले राखोस् । नेपालमा गरीबी
३१ प्रतिशतबाट घटेर २४ प्रतिशतमा झरेको दावी नेपाल सरकारको छ । तर
बेलायती अक्सफोर्ड विश्व विद्यालयले यो दावी गलत भएको भन्दै गरीबी
घट्नुको साटो बढेर ६५ प्रतिशत पुगेको बताएको छ । गरीबी रोग र भोकमरीले
जीवनदेखि निरार भएर एकल आत्महत्या गर्ने र सामुहिकरुपले आमा छोरा छोरी
र बाबु समेतले पनि आत्महत्या गरेका समाचार आइरहेछन् । अर्कोतिर कृषि
उत्पादन बढाउन िसंचाइका कैयौं योजनाहरु बनाइन्छन् । तर दश वर्ष बीस
वर्ष हुंदा पनि पूरा गिरंदैनन् । औद्योगिक उत्पादनका लागि साना ठूला
उद्योग धन्धाहरुको विकास भएका छैनन् । जे जति लगानी वित्तिय संस्थाहरुले
गरेका छन् । ती सबै अनुत्पादक क्षेत्रहरुमा मात्र लगानी भइरहेका छन् ।
आयात दिन प्रतिदिन बढ्दो छ भने निर्यात घट्दो छ । महंगी २० प्रतिशत
भन्दा बढी भैसक्यो नियन्त्रण र अनुगमन गर्ने लगनशील इमान्दार सरकारी
निकाय नै छैन । शायद बजारको नियन्त्रण बजारले प्रतिस्पर्धाको आधारमा
हुन्छ । सरकारले नियन्त्रण गर् यो भने व्यापारीहरु तथा उद्योगपतिहरुको
पूँजीवादी अधिकारको अन्त्य र प्रगतिको बाटो अवरुद्ध हुन्छ भन्ने
पूँजीवादी प्रजातान्त्रिक सिद्धान्तलाई लागू गरिएको हुन सक्छ ।
व्यापारीहरुलाई निर्वाध रुपले आम उपभोक्ताको क्रुरतापूर्वक शोषण गर्न
कालो बजारी र तस्करी गर्ने मौका दिनु तस्कर भ्रष्टाचारी अपहरणकर्ता
जघन्य हत्याराहरुलाई राजनैतिक संरक्षण दिनु बेपत्ता पारिएका
नागरिकहरुप्रति कुनै चासो नराख्नु नयाँ नेपालको लोकतान्त्रिक गणतन्त्रको
विशेषता बनेको छ ।
नेपालको आर्थिक दुरावस्था हुनुमा नेपालका ठूला पार्टीका तथाकथित
राजनेताहरु नै विशेष रुपले जिम्मेवार छन् । नेपालका राजनैतिक पार्टीहरु
र तिनका नेताहरुले देखाउने विस्तारवादी र साम्राज्यवादीप्रतिको
स्वामीभक्ति र दासानुदास प्रवृत्तिले नेपालको राष्ट्रियता अखण्डता र
सार्वभौमसत्ता नै धरापमा परेको छ । किनभने भारतमा मजदूरी गरेर फर्किने
मजदूरहरुलाई नेपाल भारत सीमा क्षेत्रमा लुटिनु कुटिनु पिटिनु बलात्कार
र हत्या गर्नु भारतीय सीमा सुरक्षाबल एसएसबीको नियमित दिनचर्या बनेको छ
। नेपालका मजदूर र दलितहरु मारिनु लुटिनु र अपमानित गर्दा नेपालका शासक
वर्गका लागि त विशेष महत्वको विषय नबन्नु अनौठो होइन शायद नेपाली मजदूर
र दलित मानिस होइनन् । गरिमामय पदका एमाओवादी मधिसे सभासद् रामकुमार
शर्मालाई भारतीय दुतावासका एक जना सुव्रतदास भन्ने कर्मचारीले फोनमा
अपमानित गर्ने अपहरण गर्ने र ज्यानमार्नेसम्मको धम्की िदंदा पनि
सम्पूर्ण सभासद एक भएर भारतीय विस्तारवादको कालो आपराधिक खालको
कुटनीतिको विरोध नगर्नुले उनीहरुको देशप्रेम र राष्ट्रियताप्रति गम्भीर
शंकास्पद प्रश्न तेसर्िन्छ । छिमेकी मुलुकहरु भारत चीन पाकिस्तान वा
बंगलादेशमा यसरी धम्क्याउने हिम्मत नै गर्दैन । यदि गरेमा वा गरेको भए
सम्पूर्ण सांसद तथा आम जनता विरोधमा उत्रिएर माफी मागाउने थिए ।
राष्ट्रियताको ढोल पिट्ने राष्ट्रिय एकताको दुहाइ दिनेहरुको वास्तविकता
यसले प्रष्ठ पार्छ । यस भारतीय विस्तारवादीको हेपाहा अमर्यादित
कुटनीतिले गर्दा आम नेपाली आक्रोशमा हुनुका साथै अपमानबोध र लज्जाबोधले
निहुरिनु परेको छ । भारतीय विस्तारवादी शासक र उनीहरुका प्रतिनिधि
पात्रहरु कति निर्लज्ज अमर्यादित छन् भन्ने कुरा मधेशवादी दलका
नेताहरुलाई मात्र श्यामशरणले भारतीय राजदूतावासमा रात्री भोज दिनु
विशेष निर्देशन दिनु तथा नेपाल सरकारसँग परापर्श नै नगरी नेपालका
विभिन्न क्षेत्रहरुमा गएर विभिन्न खालका सहायता गर्नु नै पर्याप्त
प्रमाणहरु हुन् । यस्ता गतिविधि गर्ने हिम्मत विस्तारवादीमा आउनुको
अर्थ नेपालका सत्ता संचालक दलहरुका नेता तथा अरु साना दलहरुका
दासतापूर्ण हीन मनोवृत्ति तथा आत्मसमर्पणवादी चिन्तनको परिणाम हो ।
ठूला पार्टीका नेता एक आपसमा लडिरहेका छन् । चारौं पटकको प्रधानमन्त्री
चुनिने प्रतिस्पर्धामा एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड र अर्का
प्रतिद्वन्दी नेपाली कांग्रेसका संसदीयदलका नेता तथा उपसभापति
रामचन्द्र पौडेल दुवैले आवश्यकीय ३०१ मत प्राप्त गर्न सकेका छैनन् ।
पाँचौं पटक पनि करीब करीब परिणाम नकारात्मक हुने निश्चित छ । यसरी
बहुमतीय पद्धतिबाट प्रधानमन्त्री छान्ने काम असफल हुनुमा मधेशवादी दलहरु
र विशेष गरेर नेकपा एमाले तटस्थ बस्नाले बहुमतीय सरकार बन्न नसकेको हो
। नेकपा एमाले सहमतीयताको आधारमा सरकार गठन गर्ने पक्षमा जोड िदंदै छ ।
सहमतीयताको आधारमा सरकार बन्नुको विकल्प छैन भन्ने कुरामा आम जनता र
साना दलहरुको पनि मत छ जतिसकेको छिटो भरपर्दाे विश्वासिलो सरकारको गठन
र संविधानको निर्माण ।
नेपालमा धेरै खालका जात्राहरु प्रचलनमा छन् । यी जात्राहरु मध्ये
विशिष्ट किसिमको राजनैतिक महत्व बोकेको जात्रा चािहं गाईजात्रा हो । यो
जात्राको प्रचलन प्रताप मल्लले ३ सय वर्ष पहिले प्रारम्भ गरेका हुन् ।
यसको प्रचलन हुनुमा प्रताप मल्लको छोरा मरेपछि शोकमग्न रानीलाई
सान्त्वना दिन अरु मरेका दुनियाँका आफन्तको सम्झनामा वर्ष दिन भरी मरेका
घरहरुबाट गाईजात्रा दरबारबाट लानु पर्नेले पनि सान्त्वना नमिलेपछि
रंगीचंगी पहिरन र हाँसो ठट्टा गरिने गरी सिगारिने हास्य जात्रामा परिणत
गरियो । यसलाई्र राजनैतिक नेता उच्च पदका शासकहरुमाथि व्यङ्ग गर्ने
स्वतन्त्रताको रुपमा पनि मनाइन्छ । तापनि विशेष गरेर असन्तुलित पहिरन
असन्तुलित भावा भङी व्यक्त गर्नुलाई लिइन्छ । यस्ता अमिल्दा
प्रदर्शनलाई गाइजात्रे चलन वा गाईजात्रा भनिन्छ । नेपालका राजनैतिक
दलहरुले पनि आफूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा गाईजात्रे
प्रहसनकर्ताका रुपमा प्रदर्शित गर्दैछन् । अर्को शब्दमा भन्नु पर्दा
नेपालका राजनैतिक पार्टीहरु जुट्ने फुट्ने लड्ने राष्ट्रियताको खोक्रो
नारा दिने वा नाटक गर्ने काम आफ्ना स्वविवेकले गर्दैनन् । नेपालका
राजनैतिक पार्टीहरुलाई त विदेशी शक्तिले कठपुतलीलाई नचाएको जस्तै
नचाउँदै आएका छन् । उदाहरणका लागि सम्पूर्ण पासपोर्ट मेसिनले पढ्न सकिने
एमआरपी हुनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठन आइकाओले २४
नोभेम्बर २०१५ पछि प्रयोग गर्ने निर्णय लागू गर्न नेपाल सरकारले टेन्डर
आव्हान गर् यो । डेढ महिना पछि सुजाता कोइरालाले परराष्ट्र सचिवलाई
टेन्डर रद्ध गर्ने निर्देशन दिइन् । किनभने भारतीय राजदूत राकेश सुदले
एमआरपी भारले नै छाप्ने पाउनुपर्छ भन्ने माग राखेका थिए । सुदले मंसिर
१९ गते एउटा गोप्य चिठी पठाएर सुरक्षा चासोका कारण एमआरपी भारतलाई
छाप्न दिन परराष्ट्रमन्त्री सुजातालाई भनेका थिए । यसबाट भारतीय
विस्तारवादीको कुनियत र त्यसको तावेदारी गर्ने कठपुतली सुजाताको कुनियत
पनि प्रष्ट भएको छ ।
कुनै पनि सिद्धान्तलाई आफ्नो आदर्श मान्ने दलले त्यस सिद्धान्त अनुसार
व्यवहार गर्नु र सिद्धान्तलाई बलियोसँग समात्नुका साथै शुरुदेखि
अन्त्यसम्म त्यसप्रति अटल भएर रहनु नै विशेषता हो । यसकारण आम वर्ग
सचेत सर्वहारावादीहरुले नक्कली राष्ट्रवादीको मुखुण्डो च्यातेर जातिवादी
क्षेत्रीयतावादी तथा साम्प्रदायिकतावादी चिन्तन गर्नेहरुको भण्डाफोर
गर्नु जरुरी भैसकेको छ । किनभने एकातिर मुठीभर तथाकथित ठूला
बुद्धिजीवीहरु जो साम्राज्यवादी तथा विस्तारवादीद्वारा शिक्षित दिक्षीत
पालित पोषितहरु नेपाललाई सिक्किमीकरण वा भुटानीकरण गर्ने अभियानमा
लागेका छन् भने अर्कोतिर राष्ट्रियदेखि क्षेत्रीय जातिवादी राजनैतिक
पार्टीहरु पनि जातिवादी क्षेत्रीयतावादी मागका साथ आत्मनिर्णयको पक्षमा
वकालत गर्द्रै छन् ।
युरोप र एसियाको नाता ब्युँझाउने
शब्दकृित
मोदनाथ प्रश्रित
अपि्रुका पुर्वीएसिया युरोप र दक्षिण एसियाबासीका थरिथरी
अनुहार छालाको रंग नाक आँखा रौं आदिको विविधता देख्दा पहिले धेरैलाई
लाग्थ्यो यिनीहरु छुट्टाछुट्टै मूलबाट विकसित सन्तान होलान् । धार्मिक
कथाहरुले बनाएका थिए - संसारका सबै मानिस मनु र शतरुपा वा एडम र इभका
सन्तान हुन् तर यो धेरैलाई पत्यार लागेको थिएन । जब बिज्ञानले आर्य
मंगोल आस्ट्रिक द्रविड सबका आदिम पुर्खाका जोडी एउटै हुन् भन्ने
प्रमाणित गर् यो ँवसुधैव कुटुम्बकम्’ विश्वका सबै मानिस एकै परिवार हुन्
भन्ने पूर्वजको भनाइमा सबैको विश्वास जाग्न थाल्यो । ँसमान प्रसवात्मिका
जातिः’ समान प्रजनन प्रकि्रया हुने समुदाय एउटै जाति हो भन्ने
शास्त्रीय परिभाषा विज्ञानसम्मत ठहर् यो । आफ्नो पुख्र्यौली नातागोता
सम्बन्ध पत्ता लगाउन हामीकहाँ थर वंश जात जाति गोत्र प्रवर आदिको लहरो
पहिल्याउने परम्परा छ । यी कुराले दुई चार सय या दुई हजार वर्षको आंशिक
संकेत दिन सक्दछन् । ँथर’ प्रायः गाउँ देश आदिका आधारमा र ँजात’
वर्णव्यवस्थाको श्रम विभाजनका आधारमा छुट्टिन्छ । ँजाित’ भाषा
संस्कृतिले छुट्टयाउँछ । वेद पुराण आदिका प्रमाणद्वारा गोत्र र प्रवरले
तीन चार हजार वर्षसम्मको पुख्र्यौली साइनोका संकत जुटाउँछन् । तर
त्यस्ता चिनारीले प्रायः दक्षिण एसियाको नेटो काट्न सक्दैनन् ।
भाषा र शब्दहरुबाट पत्ता लाग्ने पूख्र्यौली सम्बन्धले विश्वकै सेरोफेरो
छिचोल्दो रहेछ । संस्कृत व्याकरण महाभाष्यको भनाइ छ ँएउटा शब्दलाई
राम्ररी केलाएर बुझियो र सही ढंगले प्रयोग गरियो भने त्यसैले सबै लोकमा
कामधेनुको भूमिका खेल्छ ।’ अहिले शब्दकै आधारमा मानिसको विश्वव्यापी
नातागोता पहिल्याउने त्यही जंगी कामका ज्ञान भिडाउँदै छन् । संस्कृतका
प्रखर युवा विद्वान् जनार्दन घिमिरेले । उनको लामै समयको शोध सधानाबाट
प्रकाशित भएको छ - ३३६ पृष्ठको गहकिलो ग्रन्थ ँशब्द सन्दोह ।’ अर्थात्
शब्दरुपी कामधेनुबाट के के कुरा दुहुन सकिन्छ भनी प्रमाणित गर्ने
पुस्तक । यसमा संस्कृत मूलका भाषा र युरोपेली भाषाका शब्दहरुको
तुलनात्मक अध्ययन गरी यी सबैको आदिम माउ भाषा एउटै भएको तथ्य प्रस्तुत
गरिएको छ ।
दक्षिण एसिया र युरोपमा फैलिएका भाषाहरुमा सबभन्दा पुराना बैदिक गि्रक
र ल्याटिन भाषा देखिएका छन् । ती मध्ये सबभन्दा प्राचीन कम्तीमा पनि
चार हजार वर्ष पुरानो ऋग्वेदमा प्रयोग भएको पुरानो संस्कृत भाषा
प्रमाणित रुपमा भेटिएको छ । यी भाषाको तुलनात्मक अध्ययन गर्दा तीनको
एउटा माउ भाषा रहेको स्पष्ट त हुन्छ तर त्यो कुन भाषा थियो भन्ने किटान
नभएकोले त्यसको संयुक्त नाम दिइयो - ँभारोपेली भाषा ।’
भारोपेली भाषा ँशतम्’ र ँकेन्टुम्’ दुई हाँगामा बांडिएका छन् । ँशतम्’
हाँगामा इरानी डार्किक र संस्कृतसहित दक्षिण एसियाका माथिल्लो भागका
संस्कृतसहित दक्षिण एसियाका माथिल्लो भागका भाषा पर्दछ् । ँकेन्टुम्’
हाँगामा गि्रक ल्याटिन अंग्रेजी प्रुान्सेली जर्मन रुसी आदि भाषा पर्छन्
। जनार्दनजीको मूल उद्देश्य बैदिक संस्कृत मूलका भाषा र युरोपेली भाषाका
शब्दहरुको तुलनात्मक विवेचनाका आधारमा यिनको प्राचीन सम्बन्ध एवं भाषाको
आदिम सम्बन्ध पत्ता लगाउनुको लाभ र परिणाम दक्षिण एसिया र युरोपका
बासिन्दाका आदिम पुर्खाहरुको मूल वंशावली गोत्र प्रवरहरुको उद्गम स्थिति
पत्ता लगाउने भर् याङ तयार गर्नु हुन जान्छ ।
मानव जाति पशुपालन युगमा प्रवेश गर्नु अघि अर्थात् फल कन्दमूल र सिकारको
आहार संग्रहको आदिम युगमा ससाना परिवार र समुहको रुपमा रहन्थ्यो ।
त्यसैले उसको भाषा साँगुरो थियो र शब्द सीमित हुन्थे । नेपालमा हामी
त्यसको एउटा रुप लोप हुन लागेको कुसुण्डा र जीवीत अवस्थामा रहेको राउटे
समुदायमा देख्छौं । राउटे तीन ँगुण’ भएको एउटा ँजन’ जहान हो । त्यो
फल-कन्द र सिकार संग्रहको घुमन्ते युगमै छ । पशुपाल र कृषि युगमा
प्रयोग हुने शब्द राउटेहरुको मूल भाषामा छैनन् ।
नेपालमा भाषा र शब्दको तुलनात्मक अध्ययनका दृष्टिले मंगोल र आग्नेय
मूलका मगर गुरुङ तामाङ चेपाङ लाप्चे सुनुवार राई लिम्बु सेर्पा आदि
जनजातिमा आदिम आहार संग्रह र सिकारी युगको चरणमा प्रयोग हुने १५-२० वटा
शब्दमात्र मिल्दा जुल्दा पाइन्छन् । ती हुन् -आगो दाउरा धुवाँ आँखा आँसु
रुख माछा मासु बाटो घुएँत्रो गुलेली आमा कुकुर आदि । पशुपालन र कृषि
युगका गाई भैंसी घोडा कोदालो हलो जुवा गोरु खेत बारी अन्न पुस्तक आदि
शब्दमा उनीहरुमा समानता पाईदैन ।
भारोपेली समुदायका भाषाका शब्दहरुमा त्यो भन्दा भिन्न स्थिति छ । यिनमा
पशुपालन व्यापार कृषियुगका पनि अनेक शब्दमा समानता पाइन्छ । केही
उदाहरण
संस्कृत -मातर पितर भ्रातर गौ सूर्य त्रि ।
अंग्रेजी - मदर फादर ब्रदर काउसन थ्री ।
रुसी - माच …।ब्रात …। त्रि ।
इटाली - माद्रे पाट्रे प्रुातेलो… सोरे …।
स्पेनी - माद्रे पाद्रे …। सोल … ।
संस्कृत नेपाली हिन्दी र अंग्रेजीमा शब्द समानता एकम् एक एक ए÷एन ।
मुखम् मुख मुह माउथ ।
हस्तम् हात हाथ ह्यान्ड ।
नासिका नाक नाक नोज ।
ँशब्द-सन्दोह’ का लेखक जनार्दनले संस्कृतका कुन-कुन ग्रन्थमा प्रयोग
भएका शब्दहरु भारोपेली भाषामा मिल्दाजुल्दा छन् भनी िसंगो ग्रन्थभरि
उदाहरण सहित प्रस्तुत गरेका छन् -
संस्कृत नेपाली हिन्दी - विधवा
अंग्रेजी - बिडो ल्याटिन - बिडुवा
स्पेनिस - विउडा जर्मन - विहवे
संस्कृत - क्रुर अंग्रेजी - क्रुयल
संस्कृत - कर्कट अंग्रेजी - केंकर
संस्कृत - अग्र अंग्रेजी - एगो
संस्कृत र अंग्रेजीको शब्दार्थ समानताको लामो सूची दिइएको छ । यस कृतिमा
एक - ए दान - डोनेट दमन - डोमिनेट बमन - भोमिट द्वार - डोर न - नो कफ -
समिति - कमिटी दन्त - डेन्ट अन्त - इन्ड अन्तर - इन्टर मध्य - मिड सम -
सेम शत - सेन्ट इत्यादि ।
ँशब्द सन्दोह’ मा शब्दहरुको सोझो अर्थ र भावार्थ व्यक्त गर्ने
चित्रहरुसमेत दिइएको छ । ँपात्र’ वा ँभाँडा’ शब्दमा डिप्ची तसला कराही
ँरात्री’ शब्दमा जून र तारा ँचारु’ शब्दमा िसंगारिएकी युवती ँआदर’
शब्दमा शिष्यले गुरुलाई अभिवादन गरेको आदि सुन्दर रेखांकित चित्र दिइएका
छन् । यसमा चित्र बनाएका छन् प्रसिद्ध चित्रकार रविन कोइरालाले ।
चित्रहरुले वस्तुको आकार वा विषयको भाव बुझ्न सजिलो तुल्याएका छन् ।
चित्र र शब्दको भाव बुझ्न सजिलो तुल्याएका छन् । चित्र र शबदलको भाव
बुझाउने सम्बन्धमा रविनले भनेका छन् ँनितान्त उक भित्रले अर्के
मित्रप्रतिको भित्रताको कारणले कुँदिएका चित्रहरु यहाँ प्रस्तुत गरिएका
छन् …। । संस्कृत शब्दका भावनात्मक पक्षहरुको चित्रांकन गर्नु मेरा लागि
कम चुनौतिको विषय थिएन । यस्ता धेरै भावनात्मक पक्षमा मैले कलम चलाएको
छु । वास्तवमा जनार्दनजीको कलम र मुरो कुचीको ँफ्युजन’बाट प्रस्तुत
पुस्तकको जन्म भएको छ ।’
अहिले संसारमा जतिसुकै रुपरंग जुनसुकै भाषा बोली बोल्ने जुनसुकै महाजेश
वा राष्ट्र सहर वा गाउँ महल वा छाप्रामा बस्ने जुनसुकै जात जाति थर
गोत्र वा राष्ट्रियताका जस्तोसुकै खानपान गर्ने जुनसुकै धर्म मान्ने वा
नमान्ने मानिसहरु भए पनि मूलरुपमा ती सबै एउटै पुर्खाका सन्तान हुन् ।
सबका अंगप्रत्यंग उस्तै छन् उस्तै रुपले काम गर्छन् । आआफ्ना सन्तान
बन्धुवान्धवहरुप्रति स्नेह आदर लगभग सबैमा उस्तै खालका हुन्छन् । सबलाई
सम्मान र मित्रता मन पर्छ अपमान र वैरभाव मन पदैृन । मानिसलाई बुद्धि
भएको विवेकशील प्राणी भनिन्छ तैपनि एउटाले धन कमाएको गरीबलाई हेपिरहेको
छ । ठूलो र सम्पन्न राष्ट्रले सानो र अविकसित राष्ट्रलाई हेपिरहेछ ।
किन एउटै मूलका सन्तानलाई एउटै पृथ्वीमा बस्ने अर्को देशको मानिसले
अशिक्षित असभ्य भनेर हेपिरहेको छ । एउटाले अर्काको शोषण-दमन गरिरहेको छ
। एउटा मानछेले अर्को मान्छेलाई दास बनाउन वेश्या बनाउन बेचिरहेको छ ।
एउटा जातिको नाममा अर्को जातिमाथि दमन चलिरहेको छ । एउटै पुर्खाका
सन्तानमा यस्तो भयंकर विभेद असमानता र अपमान किन चलिरहेछ यस पुस्तकले
सायद यस्ता कुरातिर आंशिक रुपमै भए पनि ध्यानाकर्षण गर्न केही मात्रामा
प्रेरित गर्छ होला ।
शब्दहरुका माध्यमबाट भाषा विस्तार र मानिसको विश्वव्यापी फैलावटको कथा
बुझ्न बुझाउन यस पुस्तकले सघाउने छ । भाषा विषयकै अध्ययन गर्ने भाषा
पठाउने भाषाबारे अनुसन्धान गर्नेहरुलाई यो पुस्तक निकै उपयोगी हुनेमा
कुनै सन्देह छैन ।
संसारका सबै मानिस समान पुर्खाका सन्तान हुनाले नेपालीले युरोपेलीलाई
भयंकर विकसित र बुद्धिमान ठानेर उनैका शब्द र रहनसहनको नक्कल गर्दै
आफ्नो भाषा-संस्कृतिको अपमान गर्ने आफ्ना ँआमा’ ँबा’ जस्ता शब्दलाई ठहरै
मारेर ँड्याडी’ ँमम्मी’ भन्दा आफूलाई सभ्य ठान्ने जस्ता हिनताबोध र
अविवेक हटाउन र कम गर्न पनि यस कृतिले मनोवैज्ञानिक रुपमा केही काम
गर्न सक्नेछ । विश्वव्यापी भाषाहरुको अन्तस्रंम्बन्ध बुझाएर
देशदेशान्तरका मानिसको परस्पर समझादारी र मित्रता बढाउन पनि यो कृति
सहयोगी हुने ठानें मैले । हाम्रा विश्वविद्यालय र महाविद्यालयहरुले
यस्तो महत्वपूर्ण पाठ्य विषय भएको कृति सम्बन्धित विषयका पाठ्यक्रममा
समावेश गर्ने पनि आशा सकिन्छ ।
लेखक स्वयंले स्विकारे झै विशाल भाषिक क्षेत्रको ज्ञान आफूमा सीमित
हुंदाहुंदै पनि मेहनत गरी नेपालीमा यस्तो कृति तयार गरी बाङ्मयको
श्रीवृद्धि गरेकोमा सबैतिरबाट लेखकले जस पाउनेमा विश्वस्त छु । लेखकमा
यस्तो काम गर्ने जाँगर उत्तरोत्तर बढेमा नेपाली बाङ्मयको शिर अल्लिदै
जानेछ ।
|