शिक्षामा माक्स्रवादी-
लेनिनवादी चिन्तन
दुर्गानाथ खरेल
विद्यालयहरु राजनीतिबाट बाह्र हात टाढा रहनु पर्छ भनेर
बुर्जुवाहरुले आफ्नो आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रको
रुपमा खुम्च्याउने प्रयत्न गर्छन् । उनीहरुले पूंजीको सेवा गर्ने दास
तथा साधनमा झार्न चाहन्छन् । जनतालाई सचेत सङ्गठित र अनुशासित बनाउनको
लागि विद्यालयहरुले श्रमिक तथा शोषित जनतासँग नङ र मासुको सम्बन्ध
राखेको हुनुपर्दछ । शिक्षकहरुले आफ्नो ज्ञान र विवेकलाई सम्पन्न तथा
शोषकहरुको स्वार्थ रक्षाका लागि नभै श्रमजीवी र शोषित जनताको मुक्तिका
लागि हतियार बनाउनुपर्छ । पूंजीवादी शिक्षाको आधारभूत कमजोरी शिक्षालाई
कामबाट अलग्याउनु हो । पूंजीपतिहरुको लागि तालिम प्राप्त शिक्षित
आज्ञाकारीर अनुशासित कामदार मात्र तयार पार्नको लागि उनीहरुको अथक
प्रयत्न रहन्छ । पूंजीवादी समाजमा सामाजिक श्रम तथा शिक्षणको बीचमा कुनै
सम्बन्धै हुँदैन । पूंजीवादी समाजमा हुर्केका कार्यकर्ताहरुको पुस्ताले
गर्न सक्ने सबभन्दा ठूलो काम नै शोषणमा अधारित पुरानो पूंजीवादी
व्यवस्थाको जग भत्काउनु हो । मानिस मानिसका बीचमा शोषणको सम्बन्ध
समाप्त भैसकेको नयाँ अवस्थामा र नयाँ वातावरणमा हुर्केका नयाँ पुस्ताले
सर्वहारा र श्रमिक जनतालाई सत्ता आफ्नो हातमा राखेर साम्यवादको जग तयार
गर्न मद्दत गर्ने छन् । साथै साम्यवादको निर्माण कार्य पूरा गर्नेछन् ।
व्यवहारिक जीवन र किताबी ज्ञानबीचको गहिरो खाडलले गर्दा ज्ञानको समुचित
प्रयोग गर्न असमर्थ बनाउँछ । कम्युनिस्टहरुका वक्तव्य र लेखहरु दैनिक
तथा सर्वतोमुखी कामसित सम्बन्धित हुनुपर्छ । समाजवाद-साम्यवादका निम्ति
आवश्यक कुरा मात्र पुरानो शिक्षा प्रणालीबाट छानेर लिनुपर्छ ।
सर्वहारा सांस्कृतिको कुरा गर्दा मानव जाति सम्पूर्ण विकासक्रमद्वारा
निर्मित संस्कृतिको आधारमा मात्रै सर्वहारा संस्कृतिको निर्माण गर्न
सकिन्छ । व्यक्तिगत सम्पत्ति जम्मा गरेका सम्पन्न वर्गले बनाउको जुवामा
नारिएर शोषित भएको महशुस गरेका सम्पूर्ण युगका श्रमजीवी जनताले सिर्जना
गरेको संस्कृतिबाट सिक्ने प्रयत्न गर्नुपर्छ । वर्गसङ्घर्ष र सर्वहारा
क्रान्तिको दिशामा अहिलेसम्मका सम्पन्न वर्गका समाजको जुवामुनि नारिएर
सिर्जना गरेको ज्ञानरासीले सर्वहारा संस्कृति डोर् याएका छन् ।
कम्युनिस्ट बन्न आफूलाई सारा ज्ञानको सम्पत्तिले सम्पन्न तुल्याउनुपर्छ ।
त्यही ज्ञानले सम्पन्न तुल्याउनु पर्छ जुन ज्ञान मानव जातिले आर्जन
गरेको थियो । आलोचनात्मक ढंगले मनन गरेर किसंगर हटाउनु पर्छ ।
हामीले मजदुर र किसानहरुको चेतनशील अनुशासन कायम गरेर लाखौं करोडौं
जनताको इच्छालाई साझा आकांक्षामा परिणत गर्ने उद्देश्यले साम्यवादको लग
बलियो पार्ने छौं । हाम्रो अध्ययनले साम्यवाद आफै सोच विचार गरेर
निकालिएको निष्कर्ष बनाउनुपर्छ । त्यो निस्कर्ष आधुनिक शिक्षाको
दृष्टिकोणद्वारा नै अनिवार्य रुपमा विकसित हुन्छ । उद्योग र कृषिको
पुननिर्माण विज्ञानको नविनतम सिद्धान्त अनुसार निर्मित आधुनिक आधारमा
गरिनुपर्छ । पुरानो बुर्जुवा वर्गलाई सत्ताबाट हटाउनुपर्छ । समाजवादी
समाजको निर्माण गर्नु पर्छ र त्यसको लागि मजदुर किसानको सत्ता सुरक्षित
राख्न पुंजीपति वर्गको हमला विरुद्ध आुप्नो सारा शक्ति एकताबद्ध
पार्नुपर्दछ । त्यसकोलागि उनीहरुको चेतनास्तर उकास्न जरुरी हुन्छ ।
आफूलाई कम्युनिस्टको रुपमा अनुशासित तुल्याउन अध्ययन सङ्गठन र सङ्घर्षमा
एकता स्थापना गर्दै युवाहरुको अनुशासनशिक्षा र अध्यापनको सबै काम उसलाई
साम्यवादी नैतिकताकेाशिक्षा दिक्ष दिने उद्देश्यले गरिनु पर्छ । हाम्रो
दाचार सर्वहारा वर्गको वर्गसङ्घर्षको हितहरुबाट नै उत्पन्न हुन्छ ।
हामीले जमिन्दार र पुंजीपति वर्गलाइृ सत्ताबाट बाहिर हटाउनको लागि आपसमा
र किसान मजदुरसँग एकता कायम गर्न ईश्वरले सजिलो पार्दैन । त्यसैले
धर्मलाई स्वीकार गर्दैनौं । सर्वहारा वर्गले मात्र श्रमिक जनसमुदायलाई
एकजुट हुन मद्दत पुर् याउन सक्छ । त्यसैले सर्वहारावर्गको क्रान्तिकारी
नैतिकतटालाई स्वीकार गछौं ।
वर्गलेसमाजको एक हिस्सालाई अर्को हिस्साकोश्रम हड्प्ने सम्भावना दिन्छ ।
वर्गहरुलाई निर्मूल पार्ने काम सामन्त र पूंजीपतिलाई हराउने भन्दा
ज्यादै कठिन काम हो । पुरानो समाजले कि अरुलाई आफ्नो दास बनाउ कि तिमी
नै अरुको दास बन भन्ने शिक्षा दिन्छ । हाम्रो सदाचार भनेको मानव समाज
हो । दैनिक जीवनका गतिविधिबाट अलग गरेर स्कूलमा मात्र सीमित अध्ययन
अनुशासन र शिक्षाको आफ्नो प्रत्येक पाइलालाई शोषकहरु विरुद्ध सम्पूर्ण
श्रमिकहरुको आम सङ्घर्षसित एकताबद्ध र सम्बन्धित पारेर सार्थक
तुल्याउनुप र्छ । कम्युनिस्ट सामुहिक स्वामित्वमा भएको र सबै मान्छे
मिलिजुली गरेर सामुहिक श्रम गर्ने समाज हो । तुरुन्तै सामुहिक श्रम लागु
गर्न सकिन्न सङ्घर्षको क्रममा त्यसको सिर्जना हुन्छ । युवक संघको सदस्य
बन्नुको अर्थ आफ्नो श्रम र शक्ति सामुहिक हितका लागि लगाउनु हो । यसै
कामको सिलसिलामा मात्र युवक युवतीहरु सच्चा कम्यिुनस्ट बन्न सक्छन् ।
युवा शक्तिको सजिव व्यवहार र कि्रयाकलापबाट मजदुर र किसानहरुले आफूलाई
सही बाटो देखाइरहेका छन् भन्ने विश्वासका साथ अनुभव गर्नसक्ने
बनाउनुपर्छ ।
माक्स्रवादी विश्व दृष्टिकोणले मात्र क्रान्तिकारी सर्वहारावर्गको
स्वार्थ उद्देश्य निश्चितगथर्ने दृष्टिकोण रसंस्कृतिको उचित अभिव्यक्ति
दिन सक्छ । माक्स्रवादले दुईहजार वर्षभन्दा लामो मानव विचारधारा र
संस्कृतिको विकासको दौरानमा जे जति अमूल्य उपलब्धिहरु भए ती सबैलाई
स्वीकार गरेर परिष्कृत तुल्यायो । सबै प्रकारका शोषण विरुद्ध सर्वहारा
वर्गको अन्तिम सङ्घर्षको भावी कार्यक्रमलाई मात्र वास्तविक सर्वहारा
संस्कृतिको विकास मान्न सकिने छ । बुर्जुवा समाजले जनसमुदायलाई धर्म र
व्यक्तिगत स्वामित्वका सम्पूर्ण व्यवस्थाद्वारा तालिम दिइरहेको हुन्छ ।
प्रशिक्षण राजनीतिसँग सम्बन्धित नभै रहन सक्दैन । पार्टीले
सर्वहारावर्गलाई शिक्षक सङ्गठनकर्ता तथा नेताको आफ्नो भुमिका निभाउन
मद्दत गर्छ । त्यो बिना पूंजीवादको पतन असम्भव छ । पूंजीपतिहरुको सबै
प्रतिरोध पनि महत्वपूर्ण हुन्छ । वैचारिक प्रतिरोध सबभन्दा गहिरो र
शक्तिशाली हुन्छ । त्यसैले यसैबाट दबाउने हाम्रो उद्देश्य हो । राजनीति
भनेकोवर्गहरुबीचको सङ्घर्ष हो । यसको विकास भौतिक र वैचारिक दुवै
हतियारको प्रयोगबाट मात्र सम्भव हुन्छ । जनतालाई आम आर्थिक जीवनको
निर्माण कार्य सँग सम्बन्धित तुल्याउन आवश्यक छ । प्रत्येक प्रचार
कार्यमा यस कुराले प्रमुख स्थान ओगटेको हुनुपर्छ । जब उसले यो कुरा
बुझ्ने छ तव उसको कामको सफलता सुनिश्चित हुनेछ ।
शिक्षाका तीनवटै रुपहरु नैतिक बौद्धिक र शारीरिक शिक्षा उत्तिकै
महत्वपूर्ण हुन्छन् । हामीले शारीरिक शिक्षाको थालनी व्यक्तिबाटै
गरिनुपर्छ । शारीरिक शिक्षाले हाम्रो शरीर फुर्तिलो र सुगठित बनाउनुको
साथै ज्ञान बृद्धि गर्न सघाउँछ । यसले ज्ञानको विस्तार गर्दै भावनात्मक
संवेगलाई पनि सौहार्द बनाउँछ । शारीरिक शिक्षाको उद्देश्य मांसपेशी र
हड्डी बलियो बनाउनु हो । त्यसले गर्दा ज्ञान सुदृढ होस भावनाहरु
सौहार्द होउन र इच्छाशक्ति बलियो होस । मांसपेशी र हड्डी हाम्रो
शरीरसँग सम्बन्धित छन् । रुची कसरतको मुल हो भने आनन्द कसरतको परिणाम
हो । कसरत गर्दा दिमागले कसरतलाई मात्र ठाउँ दिनुपर्छ । कसरत गर्दा
हामीले ध्यान दिनैपर्ने तीनवटा कुरा छन् क धैर्यता -ख पूर्ण एकाग्रता र
ग कठोरता । थुपै्र कुराहरुले हाम्रो ध्यान आकर्षण गर्दछ । त्यसो
हुँदाहुँदै पनि हामीले प्रयत्न गर्ने हो भने ध्यान केन्द्रित गर्न सक्छौं ।
संसारका सबै बस्तुहरु मध्ये एच्चतम विकसित बस्नु मानव मष्तिष्क हो ।
त्यो पनि तब मात्र स्वस्थ रहन सक्छ जब शरीर स्वस्थ हुन्छ । अस्वस्थ
शरीरमा स्वस्थ मष्किष्क रहन सक्दैन र त्यसैले शारीरिक र मानसिक दुवै
हिसाबले स्वस्थ रहन आवश्यक छ त्यसको लागि अध्ययन र व्यायम दुवै आवश्यक
छन् ।
शिक्षामा निहित साहित्यीक भावको ठाउँमा वैज्ञानिक भावले स्थापित गर्नु
आवश्यक छ । विज्ञान संकाय सँगै कारखानालाई पनि जोडेको हुनुपर्छ । किनभने
विद्यार्थीहरुले किताब र काम दुवैबाट सिक्नुपर्दछ । त्यस अन्तर्गत
उत्पादनका केन्द्रहरु शिक्षण संस्थाका अभिन्न अग बन्नुपर्छ । त्यसको
लागि उत्पादनका केन्द्रहरु जग्गा र उद्योग तथा पा्रकृतिक स्रोत साधनहरु
सराज्यको स्वामित्वमा हुन र शिक्षण संस्था पूर्ण सरकारी हुन अत्यावश्यक
हुन्छ । त्यसो भएर पनि हामीले कला संकायका लागि भने छुट्टाछुट्टै
कारखाना बनाउन सक्दैनौं । यो संकायका विभिन्न विभागहरुको लागि सम्पूर्ण
समाज नै कारखाना हो । समाजभित्रै अभ्यास र अध्ययन गर्न गराउनु आवश्यक
हुन्छ । हामीले मानसिक श्रमलाई पाण्डित्याईँमा सीमित नगरी बुद्धिसंगत
शारीरिक श्रममा परिणत गर्न चाहन्छौं । यो श्रम अहिलेको संसारको
अवस्थालाई हेर्दा आफ्नो उच्चतम रुपमा मेसिनद्वारा गरिने श्रम र
फेक्ट्रीको श्रममा फेरिएको छ । स्कूलभित्र वा बाहिर अथवा केन्द्रीय
रुपमा केही विद्यालयका लागि राम्रा वर्कशप खोल्नुपर्छ ।
ग्रामिण विद्यालयमा बगैंचा तरकारीबारी प्रारम्भिक पशुपालन स्थापना
गर्नाले त्यसले विस्तृत तथा उन्नत कृषि अर्थव्यवस्था तर्पुको यात्रालाई
सम्भव तुल्याउँछ । प्रकृतिसँगको सङ्घर्षका क्रममा प्राप्त जीवन्त तथा
गतिशील यथार्थ महशुस गर्न नसक्ने प्राविधिक बृद्धिजीवीहरुको विचार नत
समाजवादी सङ्घर्ष नत समाजवादी व्यवहार सँगै नै मेल खान्छ । किताबहरुमा
विचार व्याख्या शब्द मात्र हुन्छ तर त्यसबाट अनुभव प्राप्त हुँदैन ।
अनुभवले सङ्घर्षहरुलाई भौतिकवादी बनाउँछ । सांस्कृतिक पछौटेपनका कारण
धार्मिक पनि हुन सक्छन् तर वस्तुप्रति सही दृष्टिकोण भएका साथीहरुको
सम्पर्कमा आउनासाथ त्यस्ता गलत कुरा गायव हुन पुग्छन् । सिपालु मिस्त्री
जसले आफ्ना मांसपेशीहरु बलिष्ट र निपूर्ण बनाउने कुरा मात्र होइन
त्यस्ता उपलब्ध औजारहरु राम्ररी चलाउन जान्ने कुरा संग पनि सम्बन्धित
छ । अब यस्ता औजारहरु महत्वपूर्ण सावित हुन पुगेका छन् । औजार र
मेसिनहरुले मानव समाजलाई आफ्नो बसमा पारेको छ। हाम्रो कार्य भार मानव
जातिलार्य वर्गमा विभाजित हुन बाध्य पार्ने साधनहरु र बुर्जुवा र्गको
हातमा सत्ता सुम्पनेसाधनहरु मानवको नियन्त्रणमा ल्याउनु हा ।
फ्याक्ट्रीको सामुहिक उत्पादनले हाम्रा मजदुरहरुलाई किसानहरुको काम
गराईमा रहेको ढिलाढाला पनको अवशेषबाट मुक्त गरिदिने छ । मेसिको सहायता
विना गति र यथार्थता का दृष्टिकोणले नयाँ मान्छे बन्न सक्दैन ।
ठीक ढंगले प्रस्तुत प्राकृतिक विज्ञानले आफ्ना शाखाहरु सहित आफूलाई
माक्स्रवाद तर्फ लैजान्छ । त्यसै भएर बुर्जुवा चिन्तनले डार्विनवादमाथि
हमला गर्छ । प्रविधिगत जीवविज्ञानमाथि हमला गर्छ । वुर्जुवाहरुलाई डर छ
कि प्रकृति विज्ञानभित्र माक्स्रवादको फूल नफूलोस् । त्यसैले हामीहरुले
बच्चाहरुलाई प्रकृतिमा मानिसको स्थान मानव समाजको ऐतिहासिक विकासमानव
समाजमा व्याप्तट अन्याय सर्वहारा क्रान्तिको अर्थ अक्टोबर क्रान्तिको
अर्थ हाम्रो देशमा निर्मित परिस्थिति आदि सम्पूर्ण समस्याका बारेमा
निश्चित धारणा निर्माण गर्न सरल रुपमा शुरु गरेर विस्तारै समग्रका
बारेमा चकि्रय ढंगले पढाउनुपर्छ । कलात्मक शिक्षाको मूल ध्येय
बालबच्चाहरुको भावनामा प्रभाव पार्ने कम्युनिस्ट प्रवृत्ति कम्युनिस्ट
गुण परिवर्तनको भावनामा अत्यन्त शक्तिशाली र स्थायी ढंगले प्रशिक्षित
गर्ने साधनको खोजी गर्नु हो । कलाको मुख्य काम मानिसलाई पुनर्शिक्षण
गर्नु हो ।