संस्कार वस्तुगत पक्ष हो भने चिन्तन
आत्मगत पक्ष । संस्कार परम्परा र सामाजिक पक्षका आधारमा बनेको हुन्छ जबकि
चिन्तन व्यक्तिको सोचाईका आधारमा बनेको हुन्छ । ती बेग्ला-बेग्लै
पक्षहरु भएपनि तिनीहरु बीचमा घनिष्ट सम्बन्ध पनि हुन्छ । संस्कारको
भुमिका कुनै व्यक्तिलाई पराधिन बनाउँने हुन्छ जबकि चिन्तन
स्वतन्त्रतातिर उन्मुख हुन्छ । अर्का शब्दमा संस्कारले कुनै व्यक्तिलाई
पछाडिबाट तान्छ र यथास्थितिमा राख्ने प्रयत्न गर्दछ भने चिन्तनले अगाडि
बढाउँने प्रयत्न गर्दछ । दुवैका बीचमा त्यसप्रकारका परस्परविरोधी
प्रवृत्तिहरु भएपनि उनीहरुका बीचको सम्बन्ध वा सन्तुलन कसरी कायम हुन्छ
त्यो कुरा अन्ततः चिन्तनको विचार पक्षमा कति शक्ति छ त्यो कुराले
निर्धारित गर्दछ । चिन्तन पक्ष शक्तिशाली भयो भने त्यो संस्कारको
प्रभावको घेराबाट धेरै टाढा जान वा बाहिर निस्कन सक्दछ नत्र त्यो
संस्कारको घेराभित्र नै घुमिरहन्छ । पृथ्वीको गुरुत्वाकर्षणले सबै
चीजहरुलाई आफूतिर तान्दछ । त्यसबाट बाहिर निस्कन बढी विपरित शक्तिको
आवश्यकता पर्दछ । कुनै चीजमा विपरित शक्ति जति बढी हुन्छ त्यसमा त्यति
नै बढी गुरुत्वाकर्षणको प्रभावबाट टाढा निस्कने वा त्यसबाट मुक्त पनि
हँुने क्षमता हुन्छ । पृथ्वीको गृरुत्वाकर्षणबाट निस्कने अत्यधिक
विपरित शक्तिका कारणले नै रकेट वा अन्तरिक्ष यानहरु पृथ्वीको
गुरुत्वाकर्षणबाट पूरै बाहिर जान सफल हुन्छन् । नदी वा खोलाको भुमरीले
पनि प्राणीलाई आफूतिर तान्दछ । त्यसबाट निस्कन बढी विपरित प्रयत्नको
आवश्यकता पर्दछ नत्र त्यो प्राणी त्यहीँ घुमिरहन्छ वा त्यसको मृत्यु पनि
हुन्छ । त्यही कुरा संस्कारका सन्दर्भमा पनि सत्य हो । संस्कारबाट
बाहिर निस्कनका लागि त्यस्तै उच्च विपरित वा विरोधी शक्तिको आवश्यकता
हुन्छ । त्यो शक्ति कुनै व्यक्तिको स्वतन्त्र चिन्तन वा व्यक्तिगत
क्षमताबाट पनि उत्पन्न हुन सक्दछ वा बाह्य दर्शन र विचारधारको आधारमा
पनि हुन सक्दछ ।
देवकोटाका धार्मिक मान्यताहरुका सन्दर्भमा मोहनराज शर्माको ूनेपाली
साहित्यको नैतिक अनीश्वरवादी व्यक्तित्व ः देवकोटा ूलेखू विशेषरुपले
उल्लेखनीय छ । त्यस लेखमा लेखकले वाराणसीमा प्राप्त देवकोटाको ूईश्वरवाद
र अनीश्वरवादू शीर्षकको एउटा अप्रकाशित लेखको उल्लेख गरेका छन् । त्यस
लेखमा देवकोटाको उक्त लेखबाट यी भनाईहरु उद्धृत गरिएका छन् ः ूईश्वरवादसँग
निरङ्कुश राजतन्त्रको भूत देवतन्त्रको भूत थिचाइ-मिचाइ अत्याचार र
नादिरशाही तथा जाति-लुट चलेकाले ईश्वरवाद आधुनिक संसारका नाकमा धेरै
गनाएको छ । ईश्वरवादको मुख्य वस्तु ईश्वर नै कलहशील छ । … ईश्वर छ भन्ने
स्वयं सिद्ध तŒवमा अगाडि बढाइएको ईश्वरवाद धेरै कि्रयात्मक क्षेत्रमा
गएर ठक्कर खान्छ र अतिक्लेशका साथ निष्फलतातिर दौडेको देखिन्छ ।
ईश्वरवादको घृणित्व पुरोहितत्व र गुरुत्वबाट जाहेर भइरहेछ । ईश्वरवादी
कृतिहरु साधारण अवस्थामा जत्तिकै सुन्दर कोमल या विकाशशील भएपनि
असाधारण अवस्थामा उग्र प्रचण्ड िहंसात्मक र अतिक्लेशकारी देखिन्छ ।ू२८
देवकोटाका ती विचारहरु अत्यन्त महŒवपूर्ण छन् । ती विचारहरुको चर्चा
गर्दै मोहनराज शर्मा लेख्दछन् ः ूमाथिका पङ्क्तिहरुबाट के प्रस्ट हुन्छ
भने देवकोटाले ईश्वरवाद वा आस्तिकताको विरोध विरोधका लागि मात्र नगरेर
त्यसको ठोस सामाजिक धरातलबाट मूल्याङ्कन गरेर युगौँदेखि धर्मले लगाएको
कालो मुकुण्डो च्यातेर त्यसको समाज-शोषक र जाति-नाशक रुपलाई
देखाउँने-चिनाउँने प्रयास गरे । धर्मका नाउँमा बगाइएको रगतको भल जसको
साक्ष्य संसारको इतिहास छ उनको यथार्थवादी दृष्टिमा आस्तिकताको सबभन्दा
कुहिएको र संहारे रुप थियो ।ू२९
त्यस सिलसिलामा देवकोटाको यो भनाईलाई पनि उद्धृत गरिएको छ ः
ूईश्वरवादका अनावश्यक चलाकीहरु छन्- एक दृष्टिकोण पूरा गर्नका लागि
अनन्तक्लेश र गडबडसमेत यसमा पाइन्छन् …। ईश्वरवादले गर्दा
स्वध्वंसात्मक वृत्तिहरु पैदा गरेको जस्तो अति कट्टरता आत्महत्याका
भावहरु कायाक्लेश र असम्भव निर्देशहरु । अचेल गोमांस ग्रहण हिन्दूलाई
मुसलमान या कि्रस्तान या केही बनाउँछ भन्ने मूल विचार जस्ता भयङ्कर
भूतसमेत धार्मिक कि्रयामा उपहासजनक काम गर्दछन् । यी नाटीकुटी कट्टरता
जाति सङ्गठक सङ्कीर्णता पनि विकासक छैनन् । यी विनाशक नै हुन् । न त
हिन्दूले म्लेच्छको हातमा पानी पार्दैमा हिन्दूत्व त्याग गर्न उचित या
आत्महत्या भन्ने हास्यास्पद सिद्धान्तहरु… मूल कपीमा नै एउटा शब्द
मेटिएको छ-मोहनराज शर्मा जति उद्धारक हुन् । सबले गर्दा हामीहरु
आत्मध्वंसक शठब्रतिका आत्मअवज्ञ बनेर परप्रभुत्व स्वीकार गर्न थाल्दछौँ ।
यस्तै किसिमले ईश्वरवाद हामीलाई सङ्कष्टजनक छ ।ू३०
त्यो लेख पछि कतै प्रकाशित भयो वा भएन त्यसबारे केही बताइएको छैन ।
तैपनि ईश्वरवाद र अनीश्वरवादबारे लेखकका जे-जति विचारहरु त्यस लेखमा
दिइएका छन् तिनीहरुले धेरै महŒव राख्दछन् । ती पङ्क्तिहरुले देवकोटालाई
पूरै अनीश्वरवादी वा भौतिकवादी ता सावित गर्दैनन् तर ईश्वर र धर्मबारे
उनका मनभित्र चलेको अन्तद्वन्द्र्व वा हलचललाई बताउँछन् । यस कुरामा
कुनै शङ्का छैन कि उनी देवकोटा मूलरुपमा ईश्वरवादी र अध्यात्मवादी थिए ।
तैपनि उनले आफ्ना कविताहरुमा धर्म मन्दिर आजा-पूजा जातपात आदिबारे
प्रकट गरेका विचारहरुबाट उनी कट्टरपन्थी धार्मिक व्यक्ति थिएनन् भन्ने
कुरा प्रस्ट हुन्छ । मोहनराजले देवकोटाको लेखबाट उद्धृत गरेका
विचारहरुबाट के प्रस्ट हुन्छ भने उनको देवकोटाको आस्तिकतामा नास्तिकता
पनि अन्तरनिहित थियो । त्यस सन्दर्भमा त्यस लेखमा उद्धृत गरिएको
देवकोटाको यो भनाई पनि विशेषरुपले उल्लेखनीय छ ः ूउच्च जाति र कर्तव्य
चेतनामा सम्मिलित निरीश्वरवाद ईश्वरवाद भन्दा बलियो छ ।ू
जगदीश घिमिरेले देवकोटाको ईश्वरसम्बन्धी धारणाहरुको चर्चा गर्ने
सन्दर्भमा लेखेका छन् ः ूदेवकोटाको अचेतनले ईश्वर उपासना वर्वराए पनि ँएक
शब्दमा मैले सबै भगवानहरुलाई घृणा गर्दछु एचयुभतजभगक स् ब्भकअजथगिक’
भन्ने प्रमिथसलाई बिसे्रनन् ।ू यहाँ लेखकको सङ्केत आफ्नो मृत्युशैय्यामा
भएको बेलामा भनेको ूमैले प्रमिथस पीडा भोगिरहेको छुू हो । त्यस
सन्दर्भमा घिमिरे अगाडि भन्दछन् ः ूत्रासले उपासना गराउँछ कहिलेकाहीँ ।
तर अरुले देवकोटाका अन्तिम उपासनात्मक कविता भनेकोमा म देवकोटाको
ईश्वरप्रति घृणाको अभिव्यक्ति पाउँछु ।ू देवकोटाको अन्तिम समयको
उपासनात्मक कविताले उनको ूईश्वरप्रतिको घृणाको अभिव्यक्तिू नै थियो त्यो
भन्न मुश्किल पर्दछ । तैपनि एक शब्दमा सबै भगवानलाई ूघृणाू गर्ने
प्रमिथसप्रति देवकोटाले देखाएको अदर र उनका विषयमा नै लेखिएको
महाकाव्यले एक हदसम्म उनको देवकोटाको नास्तिकताप्रतिको झुकावलाई व्यक्त
गर्दछ ।
चूडानाथ भट्टरायले पनि देवकोटा ूखानपिनमा स्वतन्त्रू भएको कुरालाई
स्वीकार गर्दछन् । उनले देवकोटाले ूजातिपाति मूर्तिपूजा इत्यादि कुराहरुू
मा ूकेही आक्षेपू गरेको कुरालाई पनि स्वीकार गर्दछन् । त्यस कुराले उनी
देवकोटा कट्टरपन्थी हिन्दू नभएको कुरालाई उनले पनि स्वीकार गरेको
देखिन्छ तर संस्कारगतरुपमा उनी ईश्वरवादी भएपनि उनको चिन्तन लगातार
अनीश्वरवादी वा भौतिकवादी बन्दै गएको कुरा उनको चिन्तनसित सम्बन्धित
कैयौँ तथ्यहरुले बताउँछन् । वास्तविकता यो हो कि उनी प्रधानरुपमा
ईश्वरवादी र आध्यात्मवादी थिए तर उनको त्यसप्रकारको सोचाइमा
अन्तद्र्वन्द्व थियो । उनको ईश्वरवादी चिन्तनमा अनीश्वरवादी विचार पनि
समाविष्ट थियो । हामीले देवकोटाको ईश्वरवादी वा अनीश्वरवादी चिन्तन वा
आस्तिकतालाई त्यहीप्रकारको द्वन्द्वात्मक अर्थमा नै बुझ्नुपर्दछ ।
उनलाई एकतर्फीरुपमा ईश्वरवादी वा अनीश्वरवादी भनेर व्याख्या गर्नु सही
हँुनेछैन ।
चूडानाथले आफ्नो लेखमा यो पनि लेखेका छन् ः ूयिनको देवकोटाको भौतिकवादी
वा जडवादी पक्षलाई लिएर कुनै विचार नै प्रस्तुत भएको पाइँदैन ।ू सायद
भट्टरायको त्यस विचारमा सत्यताको अंश छ किनभने देवकोटाले कहिल्यै पनि
भौतिकवादी दर्शनको विचारलाई अपनाएनन् तर त्यो विचार भट्टराईको विचार
पूरै सत्य पनि छैन किनभने देवकोटाले ूभौतिकवादी वा जडवादी पक्षमाू ूविचार
नै प्रस्तुतू गरेनन् भन्ने होइन । २०११ सालमा लेखनाथ पौड्यालको ूतरुण-तपसीू
को समालोचना गर्दै देवकोटाले आफ्नो लेख ूतरुण-तपसीू मा लेख्दछन् ः ूउहाँमा
पौड्यालमा म द्वन्द्वात्मक भौतिकवादको नाम निशान पनि देख्तिनँ …। उहाँको
साम्यवाद आदर्शवादी साम्यवाद छ† जसले बाघको नङ्ग्रा छ भन्ने कुरा
मान्दैन बोको लाचार छ भन्ने स्वीकार गर्दैन बाज र भँगेरा त्यहाँ मितेरी
लाउँने कत्र्तव्यतिर प्रवृत्त गराइन्छन् मजदुर या किसानको श्रम शोषणको
महापाप र पुँजीको पाजी प्रवृत्ति देखेर आँसु चुहाउन खोज्नु कविको
स्वाभाविक भावुकतामात्र हो । यसलाई आधुनिक दर्शन या भावशैली भन्ने
नामकरण गर्न असमर्थ छु ।ू३१ यहाँ देवकोटाले भौतिकवादमात्र होइन
द्वन्द्वात्मक भौतिकवाद वर्ग-सङ्घर्षका पक्षमा समेत विचार प्रकट गरेका
छन् । त्यहाँ देवकोटाले बाघ र बाख्रो बाज र भङ्गेराका बीचमा
वर्गसमन्वयको विचारको आलोचना गर्दछन् । मजदुर वा किसानको श्रम शोषणलाई
ूमहापापू बताउँछन् र ूपुँजीको पाजी प्रवृत्तिू को आलोचना गर्दछन् । उनले
प्रकट गरेका उपर्युक्त विचारहरु माक्स्रवादीप्रकारका नै हुन् । निश्चय
नै माक्स्रवादी-लेनिनवादी होइन तर माक्स्रवादी-लेनिनवादी ूप्रकारकाू ।
मेरो टोपी
माचमा दौरा सुरुवाल इष्टकोट र ढाकाको
टोपी पहिरिएका सात÷आठ जना व्यक्तिहरु यताउता डुल्दै टोपीको बारेमा
एक-आपसमा कुरा गर्दै गोलाकारामा घुम्छन्
प्र। व्यक्ति ः
१- टोपी हाम्रो गौरव हो ।
२- हाम्रो पहिचान हो ।
३- हाम्रो देशको सान हो ।
४- टोपीद्वारा मातृभुमिको सन्देश छरिरहेका छौँ ।
५- सगरमाथासरी अग्लो टोपीको महिमा अपरम्पार छ ।
६- टोपी छ र त हामी छौँ ।
७- हो । टोपी छ र हाम्रो देश नेपाल छ ।
१ - यो टोपीको रक्षाको लागि ढाल बनेर पहाडले छेक्नुपर्दछ ।
२- यो टोपीको पहिचान गुम्न नदिन मधेश तराईले पर्खाल बनेर उभिनुपर्दछ ।
३- यो टोपीको महत्व फैलाउँदै हिमालले खोला छहरा पहरा नदी हुँदै
सागरसम्म अविरल बगिरहनुपर्दछ ।
एकछिन सबै टक्क अडिन्छन्
प्र।s। १- कसै-कसैले यो टोपीको असाध्य इष्र्या गर्दछन् ।
२- भित्र-भित्रै डाहले तड्पिइरहन्छन् ।
३- टोपीको अस्तित्व समाप्त पार्न नयाँ-नयाँ जाल बुनिरहन्छन् ।
४- सकुनीले पाशा चाले झै नयाँ-नयाँ चाल चलिरहन्छन् ।
५- त्यसैले टोपीका पहरेदारहरु अब झनै चनाखो बन्नुपरेको छ ।
गोलाकारमा उभिएर हातमाथि माथि उज्याएर सबैले एक स्वरमा भन्दछन्
सबै- हो ¤ हो ¤¤ हामी सबैले यो टोपीलाई प्राणभन्दा पनि प्यारो
ठान्नुपर्दछ । शीरको सम्मान हृदयको टुक्रालाई सधै-सधै कोखिलामा साँचेर
राख्नुपर्दछ । खाँचो परे प्राणको पनि उत्सर्ग गर्नुपर्दछ ।
१- आजैदेखि टोपीको मायाँलाई प्रगाढ बनाऔँ ।
२- होइन ¤ होइन ¤ अहिल्यै देखि टोपीको महिमा गाउँ ।
पाश्र्वमा गीत बज्दछ …।मेरो टोपी हो …।मेरो टोपी मैलो …।
माचको एउटा कुनाबाट शुत्रधारको प्रवेश
शुत्रधार- संसारको अग्लो शिखरका वासिन्दाका लागि सबैभन्दा प्यारो छ यो
टोपी । जाडोमा जाडो छल्छ यो टोपीले । घाममा घाम छल्छ यो टोपी । पौरख
गरेर निस्केको पसिना सोस्छ यो टोपी । यो टोपीको महिमा अपरम्पार छ । यो
टोपीमा नालापानीको वीरताको लडाई कुंदिएको छ । यसभित्र ३ करोड नेपालीको
मायाँँ साँचिएको छ । नेपाली नेपालीबीचको एकताको बलियो डोरीको एकताको
भावना गाँसिएको छ । त्यसैले यो टोपीको महिमालाई कसैले कमजोर बनाउन खोजे
हामी सबै जाग्नुपर्दछ ।
माचको एउटा कुनाबाट १ जना विदेशी पाहुनाको प्रवेश हुन्छ पाहुनालाई आर।एन।सि।पी।sाे
पात्रले एन।डि।आई। का पाहुनलाई स्वागतमा शीर निहुर् याएर नमस्ते गर्दछ
आर।एन।सि।पी।-
रेभ्यूलस्नरी। नेकपा- नमस्कार नमस्कार- हम आपका तहे दिल से स्वागत करते
हैँ आपका स्वागत करने का जो सौभाग्य हमे मिला है । हम बहुत प्रशन्न
है ।
एन।डि।आई।- धन्यवाद ¤ धन्यवाद ¤¤ तथास्तुः आपकी मनोकांक्षा पूर्ण हो ।
अच्छा भाई साहब ये कुछ लोग टोपी टोपी क्या बोल रहे है मै कुछ समझा नहीं ।
आर।एन।सि।पी।- यो लोग नेपाली टोपी का बात कर रहे हैं ।
एन।डि।आई।- मन्टो हल्लाउँदै अच्छा अच्छा वो जो राजा लोग पहने रहते थे
वही ना
आर।एन।सि।पी।- हाँ॥ हाँ …॥ । वही टोपी जैसा ।
एन।डि।आई।- यी सवकी क्या जरुरत है । जब राजशाही खतम टोपीका महब्रमी
खत्म । अब दे टोपी तो जनताका बहुत बडा दुश्मन है । राजशाही ने टोपीका
कवाज बनाकर जनताका अधिकार छिनकर जनताको दास बनाया और बढी टोपीसे ये
लोगको इतना प्यार क्यों है ये सबको जरा नेपाली मे सम्झाओ ।
आर।एन।सि।पी।- अच्छाजी आपको जो आज्ञा । टोपीको गीतमा नाँच्ने
गाउँनेहरुतिर फर्किएर उनीहरुलाई सम्झाउँदै
आर।एन।सि।पी।- हेर्नुहोस् ¤ साथीहरु म एउटा क्रान्तिकारी क्रान्ति मेरो
उद्देश्य ¤ क्रान्तिको नशा मेरो शिराशिरामा बगिरहन्छ । त्यसैले अब
हामीले फेरि अर्को नयाँ क्रान्ति गर्नुछ । वहाँलाई तपाईले चिन्नुभो । …
सबै नकारात्मक जवाफमा मन्टो हल्लाउँछन् त्यसो भए मैले चिनाउँछु-वहाँ
हाम्रो असल छिमेकी… सदैव हाम्रो भलो चाहने ¤… वहाँको सहयोग बिना हामी
एकदल पनि जिवित रहन सक्दैनौँ । त्यो नेता देखि जनतासम्म बरावर ।
वहाँहरुको सहयोग बिना हामी साँझ-बिहान छाक पनि टार्न सक्दैनौँ ।
आर।एन।सि।पी।- नुन पनि उतैबाट…
सबैले- एकै स्वरमा- उतै …बाट…।
आर।एन।सि।पी।- चिनी पनि उतैबाट…
सबैले- एकै स्वरमा … उतैबाट…
आर।एन।सि।पी।- बाल्ने तेल खाने तेल घस्ने तेल वास्ना आउँने अत्तर
स्याम्पु लुगाफाटो उतैबाट ¤
सबैले- … हो उतै बाट…
आर।एन।सि।पी।- जनतालाई ठीक पार्न आफ्नो दुनो सोझो पार्न गोला-बारुद पनि
उतैबाट… । वहाँहरुसँगको हाम्रो सम्बन्ध रोटी-बेटीको जस्तै छ ।
सबैले- साँच्चिकै त हो क्यारे ¤॥हामीले त भुसुक्कै बिसे्रका सबै
मुखामुख गरेर संवाद गर्दछन
आर।एन।सि।पी।- वहाँले हामीलाई सदैव उत्तम सुझाव दिने गर्नु हुन्छ ।
त्यसलाई अन्यथा नलिऔँ । हो कहिलेकाहीँ सीमामा खचपच हुन्छ २-४ हेक्टर
जमिन यताउता हुन्छ ¤ यस्तो कहाँ हुन्न र वहाँहरुको दिल ठूलो भएर नत्र
हामी त उहिल्यै… ।
सबैले- अँ हो त क्यारे ¤…
प्र।व्यक्ति ः
१- यो टोपीले हामीलाई वर्षौंसम्म शोषणमा पार् यो ।
२- यो टोपी पहिरिएर हामीले के पायौँ
३- भोक रोग शोक अनि गरिबी ।
४- यो टोपीले हामीलाई सदैव दास बनाएर राख्यो ।
५- अब कतिसम्म हामीले यो टोपीको मायाँ गर्ने
६- अब हामीले केही-न-केही सोच्नैपर्दछ ।
सबैले- एक स्वरमा- हो ¤ हो ¤¤ हामीले केही सोच्नैपर्दछ ।
माचमा एकजना विदेशी लाग्ने व्यक्तिको प्रवेश उनलाई आर।एन।सि।पी।
पात्रलॆ स्वागत गर्दछ ।
आरएनसिपी।- वेलकम वेलकम नमस्ते नमस्ते…
विदेशी क्यू।एनएन- थ्याङ्क्यू थ्याङ्क्यु नमस्ते ¤ नमस्ते ¤ उनको
छातीमा ठूलो साइनबोर्ड आकारको प्लेकार्ड टाँसिएको छ । जसमा आईएलओ-१६९
का केही धाराहरु लेखिएको छ
क्यूएनएन- तपाईहरुलाई कस्तो छ
आर।एन।सि।पी।- राम्रो छ राम्रो छ । बहुत अच्छा बहुत अच्छा …। ।
क्यूएनएन - गुड गुड- भेरी गुड ¤ ह्वाट ह्यापन । टोपिज टोपीज ।
आर।एन।सि।पी।- नेपाली टोपीको कुरा भैरहेको छ ।
क्यूएनन- टोपी आफ्नो टोपी छाम्दै ओ ¤ आई डोन्ट लाइक टोपी ओ ¤ नो ¤ आई
एम फाइन आई लाइक आईएलओ-१६९- दिश इज आवर एण्ड योर गाइज लिङ्क ओके ओके
थ्याङ्क्यू दिस इज अ टोपी मोनासर्ी टोपी सबैले पालेपालो आइएलओ -१६९ का
धाराहरु पढ्छन् र रमाउँदै खुशी हुँदै उप्रुन्छन् ।
आर।एन।सि।पी।- हेर्नुस् साथीहरु हो हामीले २००७ सालदेखि अहिलेसम्म निकै
ठूला-ठूला लडाईहरु लड्यौँ । अहिले गणतन्त्र स्थापना गरेर नयाँ नेपाल
बनाउँनुछ तर त्यो गर्न नयाँ सोचका साथ नयाँ विचारका साथ अगाडि बढ्नुछ ।
अब आफ्नो लागि केही गर्नुछ अर्थात् वर्षौंबाट दविएका पछाडि पारिएका
जात÷जातिाहरुले आफ्नो हक लिएर छाड्नुछ । जातीय राज्य बनाउँनुछ ।
राष्ट्रिय एकता कायम गर्नुपर्दछ ।
सबैले- हो हो हामी सबैले आ- आफ्नो अधिकार लिनैपर्दछ । सङ्घीय राज्य
जिन्दबाद ¤
क्यूएनएन- हो ठीक कुरा पहिले तपाई लिम्बु त्यसपछि नेपाली
पहिले तपाई थारु त्यसपछि नेपाली पहिले तपाई मगर त्यसपछि नेपाली एवं
रितले सबैलाई आ-आफ्नो जातीय राज्य निर्माणको लागि उत्साहित गर्दछन् ।
सबै पात्रहरुले आ-आफ्नो टोपी पालैपालो आगोमा पोल्दछन् । आगो
झन्-पछि-झन् दन्किरहन्छ । उनीहरु केही बेर आगोको वरिपरी घुम्छन् ।
शुत्रधारको प्रवेश- बलिरहेको आगोको छेउबाट टोपीको एउटा टुक्रा थुतेर
बलिरहेको टोपी सबैलाई देखाउँदै- हेर्नुस् साथीहरु हाम्रो राष्ट्रिय
स्वाभीमान कसरी जलिरहेको छ ¤
हेर्नुस ¤ हेनुस ¤¤ दुःखीत मुद्रामा वर्षौंबाट नेपालीबीच रहेको एकताको
डोरीलाई कसरी कमजोर पार्न खोजिएको छ । श्रीपेच र टोपीलाई एउटै ठानिएको
छ । इतिहासको कति धेरै मजाक । उफ ¤ शाहवंशीय राजाहरु नेपाल नआउँदै
यहाँका स्थानीयवासीले भादगाउँले टोपी लगाउँथे । त्यसकारण श्रीपेचसँग
टोपीको कुनै साइनो छैन ।
आज कसैको इशारामा अधिकारको नाममा जातीय राज्या बनाएर द्वन्द्व बढाउँने
र आफ्नो दुनो सोझ्याउन केही मान्छेहरु लागिरहेछन् । जसको हामी सबैले
कडा प्रतिवाद गरौँ । नेपाली नेपालीबीचको एकतालाई कायम राखौँ । सङ्घीय
राज्यको निर्माण सम्भव नभएको बारेमा शुत्रधारले थप व्याख्या गर्दछ ।
विधवाको परिवारलाई देखेर भाव विह्वल भएर दिदी ¤ दिदी ¤¤ यो के भयो के
भयो तपाईलाई ¤ कसले गरायो यो सबा ¤ भन्नुहोस् दिदी ¤॥
विधवा- आँशु झार्दै हामी बसेको ठाउँ त हाम्रो जातिको राज्य परेन रे ¤
हाम्रो त्यहाँ केही पनि हक नलाग्ने रे ¤ भनेर लखेट्न थाले । तिम्रो
भिनाजुले नमान्दा ठहरै पारे ¤ उ झक्कानो छोडेर रुदै हुँ… हुँ तिम्रो
राज्य त तिमी जन्मेको जहाँ माइत छ त्यही हो भने । वहाँलाई पनि त्यस्तै
गरेर सास्ती दिएरै मारे ¤ फेरि रुन्छिन् ।
पात्र ३- यो के भयो मामा माइजु खै ¤… सानो बच्चालाई सोध्दै मम्मी खै
बाबु ¤ मम्मी खै किन किन बोल्दैनौँ तिमी किन बोल्दैनौँ । बाबु छोरा
भक्कानो छाडेर रुन्छन्
पात्र ४- तिमीहरु यो राज्यका मानिस होइनौँ भनेर हामीलाई रातारात लखेटे
¤ त्यही बेला यसको आमा कहाँ हराई थाह छैन । जीउँदै छ कि छैने थाह छैन ।
रुदै हामी त बर्बाद भयौँ भााजा ¤ सर्वस्व भयो ¤ अब हामी कहाँ जाने कसरी
जीवन धान्ने के यस्तो रोग लाग्यो यो देशमा किन यस्तो हुँदैछ…॥
पात्र-३- नरुनुहोस मामा धैर्य गर्नुहोस् ¤ यो सबै सङ्घीयताको विष हो
त्यसैले यस्तो गरायो । सबै ठीक हुन्छ सबैलाई ढाडस दिन्छ
एउटा परिवार झिटी झाम्टो बोकेर भाग्दै गरेको अर्कोले लखेट्दै गरेको
दृश्य- सीमा विवादको दृश्य
सङ्घीयताका पक्षपातीहरु सबै एक ठाउँ भेला हुन्छन् र वार्तालाप गर्दछन्
।
१- मेरो त भिनाजुलाई ठहरै पारेछन् । ऊ दिदीको यस्तो हालत छ ।
२- मेरो माइजु लापत्ता हँुनुहुन्छ । मामा बच्चाहरु लिएर आउँनुभएको ।
३- मेरो दाई भाउजुहरु हराउँनुभएको एक साता भयो । केही अत्तोपत्तो छैन ।
४- यो सबै सङ्घीयताको दोष हो । सबैले एक स्वरमा हो ¤ हो ¤ त्यसैको दोष
हो ।