तपाइ पढ्दै हुनुहुन्छ उत्पीडित
आवाज
बुझेर संघीयताको टुंगो गरौं
प्रदीप नेपाल
राज्य पुनर्संरचना आयोग, शब्द संरचनाका हिसाबले एउटा
स्वतन्त्र निकाय हो र त्यो आफूले गर्नुपर्ने कामका बारेमा राम्रो जानकारी
राख्छ भनेर विश्वास गर्नुपर्छ । तर हाम्रो संविधानसभाका केही सभासद् महोदयले
तिनको स्वतन्त्रतामाथि अंकुश लगाउन एउटा गम्भीर सन्देस जारी गरे–हामी
संविधानसभाका माननीय सदस्यबाहेक संघीयताका बारेमा बोल्ने अधिकार अरू कसैलाई
दिन सकिंदैन । हामीले भनेअनुसार ग¥यौं भने त्यो संविधानसभाका लागि मान्य
हुन्छ, अन्यथा तिमीहरूले जे लेखे पन हामी महात्मा गान्धीका तीन बा“दर भएर
टुसुक्क बस्नेछौं । यस्तो डा“को पाइसकेको हुनाले राज्य पुनर्संरचना आयागेका
विद्वानहरू कुहिराका काग हुन बाध्य भएका छन् । आयागेका विचरा अध्यक्षले एउटा
छलफलमा आफ्नो मनको कुरो बोल्ने हिम्मत मात्रै के जुटाएका थिए, सातो पुत्लो
उडाउन गरी उनलाई हुंकियो । हाम्रो सभासद्हरूले बेलैमा काम गरिदिएको भए यो
आयोग बनाउनैपर्ने थिएन । दुई वर्षमा सिध्याउनुपर्ने काम चार वर्ष पुग्दा पनि
अलपत्रै हुने अवसथा आएपछि राज्य पुनःसंरचना आयोग गठन गरिएको हो । यो आयोगको
जन्म हाम्रा सभासद्को अयोग्यताका कारण भएको हो । अरूलाई डा“कोले हु“क्ने
सभासद्हरूले गाली गर्नु अघि आफ्नो अनुहार भित्ताको ऐनमा हेर्नु राम्रो होला
कि ¤
संघीयता निरंकुशता भएको छ नेपालमा । संघीयतालाई स्वीकार गर्नु या नगर्नु
नागरिक अधिकारको विषय हो । तर नेपालमा लोकतान्त्रिक गणतन्त्र संघीयता
अस्वीकार गर्नेहरूले संघीयताका उन्मादीहरूबाट कुटाई खाएका छन् । उनीहरूले
आयोजना गरेका कार्यक्रमहरूमाथि आक्रमण भएको छ । लेख्नेले धम्की खानुपर्ने
चलन त सामन्तवादको अनिवार्य निर्देशन भइहाल्यो । त्यो पनि पाइरहिएकै छ,
खाइरहिएकै छ ।
तर पनि यो एक्काइसौं शताब्दीमा नबोल्नका लागि आफ्नो मुखमा पट्टी लाउन
सकिन्न, नलेख्नका लागि कलम फाल्न सकिन्न । धम्कीस“ग डराउने हो भने
बराहक्षेत्रतिर मौनव्रतसहित तपस्या गर्न गए हुन्छ । आ“खै अगाडिको विनास
कसैलाई नदेखाउने हो भने ‘पढी लेखी ज्ञानी बने’ भनेर मातापिताले दिएको
अर्तीलाई तिरस्कार गरे हुन्छ । धम्की एउटा कुरा हो सत्य अर्को । सत्यले
धम्की दिंदैन, त्यसैले त्यसले धम्की सह“दैन पनि । नेपालको राजनीतिक,
सामाजिक र आर्थिक अवथा संघीयतास“ग मेल खाने खालको छैन । त्यसमाथि अहिले
संविधानसभामा चर्चा भइरहेको जातीय प्रदेशले त नेपाललाई द्वन्द्वको अन्तहीन
खाडलमा लगेर मुलुकलाई चिराचिरा पार्नेछ, हजारौं वर्षदेखि बा“चिआएको नेपाल
वा हिमवत्खण्डको परिचयलाई नै समाप्त पार्ने छ । बिचरो नेपाल भूतपूर्व
युगोस्लाभिया हुनेछ ।
उसै पनि संघीयता नेपाली जनताको माग होइन । नेपालमा अहिले तीनखाले मानिसले
संघीयताको विषयलाई अनावश्यक रूपमा उठाएका छन् । पहिलो तिनीहरू, जो आफ्नो
समुदायका ‘एलिट’ हुन् र प्रादेशिक प्रणाली आरम्भ भएपछि आफू मुख्यमन्त्री या
गभर्नर हुन पाइन्छ भन्ने सपनामा रमाएका छन् । दोस्रा तिनीहरू जसको निष्ठा
नेपाल राष्ट्र र नेपाली राष्ट्रियतास“ग जोडिएको छैन । तेस्रा ती कमजोर
मानसिकताका राजनीतिक नेताहरू, जोस“ग गलतका विरूद्ध संघर्ष गर्ने हिम्मत छैन
।
संघीयताको सार विखण्डन नै हो । चाहे राज्य प्रणाली भन्नुस् चाहे पार्टी
व्यवस्थापन । अहिले जे छ, संघीयतामा त्यो रहनेछैन । अहिले एउटा केन्द्रीय
सत्ता छ । अहिलेकै विखण्डनका आधारमा हिसाब लगाउने हो भने संघीयतामा गएपछि
केन्द्रीय सत्ता घटीमा सात बढीमा पन्ध्र टुक्रामा बा“डिन्छ । संघीयतामा
प्रदेशहरू नै सत्तामा रूपान्तरित हुन्छन् । व्यवहारमा गइसकेपछि त्यो विघटनले
अहिलेका संघीयताविरोधीलाई बोल्दै नदिने निष्कर्षलाई निरन्तरता दिनेछ । तर
दमनको शासन टिक्दैन । यो बाहिरी पाटो भयो । संघीयताका पक्षधरहरूले अहिले नै
बुझ्नुपर्ने समस्या भनेको अन्तरसंघीय अन्तरविरोध हो । हिंसाको जगमा उभिएको
संघीयतामा समस्याको समाधान पनि हिंस्रक द्वन्द्वबाटै हुनेछ ।
आजको नेपाली सामाजिक चेतना कतैबट विश्लेषण गर्दा पनि संघीयताको उचाईमा
पुग्न सक्ने देखिंदैन । एउटा सानो उदाहरण नै यसका लागि पर्याप्त हुन्छ–अहिले
साह्रै मिलेका जस्ता देखिने जनजातिहरूकै बीचमा यो द्वन्द्व बढ्नेछ ।
चारैतिर ताम्सालिङबाट घेरिएको उपत्यकाको नेवा प्रदेशस“ग न खाल्टो छोडेर
बाहिर जाने कुनै बाटो हुनेछ, न काकाकुल अवस्थामा पुगिसकेको काठमाडौंले
मेलम्चीको पानी खान पाउनेछ । अहिले नै स्रोतमाथि समुदायको अधिकार सुनिश्चित
गरिनुपर्छ भन्ने माग उठिसकेको छ । जब कि केन्द्रीय सत्ता भएको मुलुकमा
प्राकृतिक स्रोतमाथि राज्यको अधिकार हुन्छ । भोलि ताम्सालिङको निगाहमा
मात्रै नेवा प्रदेशले मेलम्चीको पानी खान पाउ“छ । उपत्यकास“ग आफूलाई खान
पुग्ने अन्न छैन, सागसब्जी छैन, फलफूल पनि छैन । उपत्यकास“ग छ निर्जीव
सिमेन्ट र छड्को शहर । सिमेन्ट र छड टोकेर मान्छे बा“च्न सक्दैन भन्ने
ज्ञान त सबैमा हुनुपर्ने हो । नेवा राज्यका प्रवक्ताहरूले बाल्नुभन्दा अगाडि
जिउने बारेमा सोचुन गम्भीर भएर ।
हाम्रो नेपालमा धेरे कुरा सापटीमा आउने गरेका छन् । पञ्चायती सत्ता
पाकिस्तानको सैन्य नियन्त्रित गाइडेड डेमोक्रयासीको नेपाली अनुवाद भएर आएको
थियो । कांग्रेसको प्रजातान्त्रिक समाजवाद र कम्युनिस्टको समाजवादी
प्रजातन्त्र पनि आयातीत नै हुन् । ने.क.पा.एमालेका मदन भण्डारीले
माक्र्सवादी ज्ञानचेतनालाई जनताको बहु“दलीय जनवादका नाममा नेपाली बनाएर
नेपालमा स्थापित गर्ने कोसिस गरेका हुन् । तर तिनी अकालमा मारिए र तिनकै
पार्टीले प्रजातान्त्रिक प्रतिस्पर्धाको सिद्धान्त, जनताको बहु“दलीय
जनवादलाई नौलो जनवादको सत्ताकब्जाको सिद्धान्तमा परिवर्तन गरिदियो ।
उहिलेदेखि अहिलेसम्म स्थायी भएर बसिरहेको एमाले स्थायी कमिटीले जनताको
बहु“दलीय जनवादलाई खोपाको देउता बनाएर शुद्ध रामनामीले छोपिदियो र त्यसको
तल लुकाएर राखेको नया“ जनवादको सत्ताकब्जालाई आफ्नो व्यवहारमा उतार्ने काम
ग¥यो । हुन त नया“ जनवाद पनि नेपालको मौलिक चिन्तन होइन, त्यो चीनबाट आयात
गरिएको सिद्धान्त हो ।
संघीयता पनि नेपालमा पश्चिमका समृद्ध पु“जीवादी मुलुकहरूबट आयातीत
सिद्धान्त हो । युरोपको व्यवहारले के पुष्टि गरिसकेको छ भने संघीयता
पु“जीवादको उन्नत अवस्था हो । जहा“ पु“जीवादले सम्पन्नता ग्रहण गरिसकेको छ,
संघीयता त्यहा“ सम्भव हुन्छ । नेपालका धेर नेताहरू स्वीटजरल्याण्डको उदाहरण
दिन्छन् । तर स्वीटजरल्याण्डको आर्थिक सम्पन्नता र सामाजिक चेतनास“ग नेपालको
तुलना हुन सक्छ ? सक्दैन । स्वीटजरल्याण्ड नेपालको दाता राष्ट्र मध्येको
एउटा हो ।
हाम्रो संविधानसभाका सदस्यहरूमा संघीयतासम्बन्धी सही ज्ञान छैन । संघीयताको
जग समुदाय हुन्छ । तर अहिले संविधानसभामा रहेका पा“च सय असीभन्दा बढी
सभासद्हरूलाई यस्तो लाग्दैन । संविधानसभाबाहिर रहेका नेताहरूमै पनि यस्तो
बुझाई छैन । समुदायको शासनलाई त उनीहरू अराजकता ठान्छन् । उनीहरूको सोचमा
नेपाली संघीयतामा केन्द्र बलियो हुनुपर्छ । त्यस्तो संघीयतामा जाने हो भने
अहिले नेपाल जस्तो छ, त्यस्तै राखिदिए हुन्छ ।
संघीय संरचना राजनीतिक विभाजनको रेखा होइन । त्यो बौद्धिक चिन्तनको
निष्कर्ष हो । नेपालमा संघीयता जोगाउने हो भने सबैभन्दा पहिले नेपालको सिंगो
भूभाग आर्थिक रूपमा सम्पन्न हुनुपर्छ । कम्तीमा पनि त्या आत्मनिर्भर
हुनुपर्छ । तिब्बतबाट समेत हामीले सहयोग स्वीकार गर्नुपर्ने आजको अवस्था
अन्त्य हुनुपर्छ । अन्यथा संघीयता समाधान होइन, समस्याको पोको बनेर हाम्रा
टाउकोमा बज्रिनेछ ।
संघीयताको सार भनेको समुदाय हो । स्वीटजरल्याण्डको गीत गाउने नेताहरूलाई यति
ज्ञान हुनुपर्ने हो । त्यहा“ फेडरल होइन, कम्युन बलियो हुन्छ । नेपालमै पनि
समुदायको जिम्माको वन जोगिएको छ, समुदायको व्यवस्थापनमा गएका विद्यालयहरूको
उत्तिर्णाङक प्रतिशत माथि छ । (कान्तिपुर,१७ पुसबाट)