|
यो साइट संसारभरी
छरिएर रहेका नेपालीहरुको साझा मञ्च हो । त्यसो त यसलाई विश्वभरीका
जनताको साझा मञ्च बनाउँने हाम्रो प्रयत्न रहनेछ तर तत्काल हाम्रो मुख्य
जोड विभिन्न कारणले विश्वका कुनाकाप्चामा रहेका नेपालीहरुलाई एकै ठाउँमा
ल्याउने हुनेछ । हामीले नेपालका राष्ट्रियस्तरका समस्याबारे बढी–भन्दा–बढी
प्रकाश पार्ने प्रयत्न गर्नेछौं । त्यसका साथै नेपालको प्रजातान्त्रिक,
वामपन्थी र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनसित जोडिएका राजनीतिक,
वैचारिक समस्याहरुमाथि पनि प्रकाश पार्न उत्तिकै प्राथमिकता दिनेछौं ।
आन्दोलनसित जोडिएका समाचार, फिचरहरूलाई लगातार अवडेट गर्ने हाम्रो
प्रयत्न रहनेछ । त्यसका अतिरिक्त भारतमा नेपालीहरुले भोग्नुपरेका
समस्याहरुबारे बढी–भन्दा–बढी सामग्रीहरु दिने, उनीहरुका सामाजिक,
राजनैतिक, साँस्कृतिक कृयाकलापहरुबारे सूचना प्रेषित गर्न पनि हामी
उत्तिकै प्रयत्न गर्नेछौ । अन्तर्राष्ट्रिय तहका समस्या, विश्व
कम्युनिष्ट आन्दोलन, त्यसका वैचारिक समस्याहरुबारे पनि सक्दो सामग्री
उपलब्ध गराउनेतफर् हाम्रो प्रयास रहनेछ । ती सबैका अतिरिक्त प्रगतिशील
साहित्य, सङ्गीतसित जोडिएका सूचना, विचार संप्रेषण गर्नेतफर् पनि
हाम्रो ध्यान जानेछ । महिला, दलित, जनजातिहरुका प्रश्नलाई समेत स्थान
दिन हाम्रो नीति रहनेछ । त्यसो भन्नुको अर्थ विश्वका अन्य भागमा रहेका
नेपालीहरुको उपेक्षा गनुर् कदापि होइन । हामीले संभव सबै विकल्पहरूको
प्रयोग गरेर विश्वभरी रहेका नेपालीहरुका समस्याहरुबारे बढी–भन्दा–बढी
आवाज उठाउने, उहाँहरुका आवाजहरुलाई वाणी दिने प्रयत्न त गर्नेछौं नै,
त्यसका साथ साथै माथि उल्लेख गरिएका विभिन्न विषयहरूमा उहाँहरूको
प्रतिक्रिया जान्ने, उहाँहरुसित छलफल अन्तक्रिया गर्ने प्रयत्न पनि
हामीले गर्नेछौ । त्यसो गनुर्को तात्पर्य यो हो कि मातृभूमिबाट टाढा
रहेपनि आफ्ना देशका समस्याहरुबारे उहाँहरुलाई बढी सजग, सचेत गर्न
सकियोस् ।
हुन त आजको युग सूचना सम्राज्यको युग हो । विश्वको कुनै पनि कुनामा
बसेपनि एउटा बटन दबाएर हजारौं–लाखौं सूचाना प्राप्त गर्न सकिन्छ । ती
सूचनाहरु आफैमा सान्दर्भिक, सत्य, वैज्ञानिक र क्रान्तिकारी हुन्छन्
भनेर दाबी गर्न सकिन्न । कम–से– कम नेपाली भाषाका सन्दर्भमा त त्यो
सत्य हो । त्यसप्रकारको आवश्कताको महसूश गरेर नै पाँच वर्षपहिले सन्
अप्रैल 24, 2001 देखि भारतबाट हामीले विश्व नेपाली साप्ताहिक शुरुवात
गरेका थियौं । जुन अहिलेसम्म निरन्तर प्रकाशित भैरहेको छ र भारतका सबै
राज्य, नेपाल, मलेशिया, हङकङ, अरबको खाडी, बहराइनलगायत संसारभरि नै जाने
गरेको छ । यो साइट मूलरुपमा त्यसैको इन्टरनेट संस्करण नै हो । तर
इन्टरनेटको विश्वव्यापी पहुँच, तीब्रता र व्यापकतामाथि ध्यान दिदै
हामीले यसलाई अन्तक्रियात्मक मञ्चसमेतका रुपमा प्रस्तुत गर्ने जमर्को
गरेका छौं । हाम्रो त्यसप्रकारको प्रयत्नले विश्वभरी छरिएर रहेका
देशभक्त, प्रजातान्त्रिक, वामपन्थी र क्रान्तिकारी नेपालीहरुलाई आफ्ना
समस्या, विचार, प्रतिभा, भावना पोख्ने चौतारी प्रदान गरेर थोरै भएपनि
सहयोग पुयाउने सक्यो भने हामीलाई खुशी लाग्नेछ । |