|
गोर्खाल्याण्डप्रति भारतका सरकारहरूको श्टिकोण सकारात्मक कहिल्यै रहेन । भारतीय
संविधानले राज्यहरूको गठन/पुनर्गठनको अधिकार केन्द्रलाई दिएको छ तर केन्द्र सरकारले
पनि श्टिकोण सकारात्मक रहेको पाइन्न । यहाँ राज्य गठनसम्बन्धी दुईवटा नजरियाका
बारेमा चर्चा गरौँ :
पहिलो नजरिया राज्य गठनको सवालमा आम धारणासित सम्बन्धित छ । खासगरी मैदानी इलाकामा
राज्य गठन गर्ने सवालमा त्यति मतभिन्नता वा बिवाद देखा पदैर्न । त्यही कारणले 14
राज्य र 7 केन्द्र षासित सङ्घबाट सुरू भएको भारतका राज्यको सङ्ख्या अहिलेसम्म 28
राज्य र 7 केन्द्र षासित सङ्घमा पुगेको छ । नोभेम्बर 1, 1956 मा भारतमा 14 राज्यहरू
थिए : आन्ध्र प्रदेष, बिहार, बम्बई, जम्मु–कष्मीर, केरला, मध्य प्रदेष, मद्रास,
मैसुर, उडिसा, पंजाब, राजस्थान, उत्तर प्रदेष र पष्चिम बङ्गाल । त्यसैगरी
केन्द्रषासित सङ्घहरू थिए : अण्डमान निकोबार, दिल्ली, हिमाचल प्रदेष, लक्षद्विप,
पाण्डीचेरी (पुदुच्चेरी), त्रिपुरा र मणिपुर । वर्तमान समयसम्म उपयुर्क्त
सङ्ख्यामा बृद्धि भएर आन्ध प्रदेष, अरुणाचल प्रदेष, आसाम, बिहार, छत्तिसगढ, गोवा,
गुजरात, हरियाणा, हिमाचल प्रदेष, जम्मु–कष्मीर, झारखण्ड, कर्नाटक, केरला, मध्य
प्रदेष, महाराश्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, पंजाब, राजस्थान,
सिमि, तमिलनाडु, त्रिपुरा, उत्तराखण्ड, उत्तर प्रदेष र पष्चिम बङ्गाल गरी
राज्यहरूको सङ्ख्या 28 पुगेको छ भने केन्द्र षासित सङ्घमा अण्डमान निकोबार,
चण्डीगढ, राश्ट्रिय राजधानी क्षेत्र दिल्ली, दादर नगर हवेली, दमन दिव, लक्षद्विप र
पाण्डीचेरी गरी 7 नै कायम रहेका छन् ।
उपयुर्क्त
(पूरा समाचार) |