विश्व नेपाली
वर्ष ः 11, 2068 फाल्गुन
1,
-Febuary
13, 2011_
ताजा समाचार
राज्यपुनर्संरचनाबारे मसालको प्रस्ताव सार्वजनिक
काठमाडौ“ । ने.क.पा.(मसाल)ले राज्य पुनर्संरचना
आयोगका दुवै प्रतिवदेनहरुलाई अस्वीकार गर्दै राज्यपुनर्संरचनासम्बन्धी आफ्नो
प्रस्ताव सार्वजनिक गरेको छ । माघ २४ मा उपलब्ध पी.बी.एम. र
सी.सी.एम.हरुसहित बसेको ने.क.पा.(मसाल) केन्द्रीय कार्यालयको बैठकले पारित
गरेको उक्त प्रस्तावलाई महामन्त्री मोहनविक्रम सिंहले मंगलबार नै
प्रकाशनार्थ सार्वजनिक गर्नुभएको छ ।
महामन्त्री सिंहद्वारा सार्वजनिक गरिएको उक्त प्रस्तावको पूर्णपाठ यसप्रकार
रहेको छ–“राज्य पुनर्संरचना सुझाव उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन –
२०६८ को बहुमत र अल्पमत पक्षका सुझाव प्रतिवेदनहरू माथि विचार गरी ने.क.पा.
(मसाल) को उपलब्ध पी.वी.एम. र सी.सी.एम.हरू सहितको
(पूरा समाचार)
नगर सम्मेलनका मिति जारी, सम्वलपुरबाट
उद्घाटन हुने
‘शान्ति, संविधान, गणतन्त्र मूल प्रवाहको पहिचान,
संघीयता खारेजी हाम्रो अभियान’
दिल्ली । मूल प्रवाह अखिल
भारत नेपाली एकता समाजको निकट भविश्यमा सम्पन्न गरिने भारत व्यापी नगर
सम्मेलन षान्ति,
(पूरा समाचार)
भारत व्यापी एरिया सम्मेलनका रमझम
हैदरनगर दक्षिण । मूल प्रवाह अखिल भारत नेपाली
एकता समाज नगर समितिद्वारा संचालित 4 एरिया समितिका संयुक्त वार्शिक
सम्मेलन
(पूरा समाचार)
राष्ट्रिय जनमोर्चाद्वारा काठमाडौंमा
फागुन 5 गते विशाल प्रदर्शन
समय सन्दर्भ
“मर्ज” सम्बन्धी विवाद
मोहनविक्रम सिंह
प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल कुनै छिमेकी
देश चीन वा भारतमा “मर्ज” हुन सक्दछ भन्ने अभिव्यक्तिका विरुद्ध
संविधानसभा भित्र र बाहिर पनि तीब्र प्रतिक्रिया देखापरेको छ । उनले
त्यस प्रकारको अभिव्यक्ति कुन प्रकारको परिपेक्षमा दिए ? त्यो भनाईलाई
कसरी बुझ्ने ? त्यस प्रकारको कुनै औचित्यता छ वा छैन ? यी प्रश्नहरुबारे
केही विचार गर्नुपर्ने आवश्यकता छ । वास्तवमा त्यस प्रकारको प्रश्नहरुले
भट्टराईसित कम, तर सम्पूर्ण देशसित बढी महत्व राख्दछन् ।
यही माघ १ गते वालुवाटारमा प्रधानमन्त्रीले पत्रकारहरुसित कुरा गर्दै
भनेका थिए ः “हामी बफर स्टेट मेन्टालिटीबाट माथि उठ्न सकेनौं भने छिमेकी
मुलुक चीन र भारतले खाइरहन्छन् । त्यस्तो अवस्थामा नेपाल दुई मुलुकमध्ये
एउटातिर मिसिन पुग्छ ।” (नेपाल, २०६८ माघ १५) त्यही नेपालमा प्रकाशित
लेख
(पूरा समाचार)